संसद तानातानको थलो भयो, सरकारलाई काम गर्न दिइएको छैनः प्रधानमन्त्री ओली

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद तानातानको थलो भएको बताएका छन् । उनले दलहरुका बलियो हुँ भन्ने केही नेताहरुको कारण संसद तानातानको थलो बनेको बताए ।

‘संसद तानातानको थलो भएको छ,’ प्रधानमन्त्री ओलीले मेलम्चीको पानी समुद्घाटनको अवसरमा भने,‘संसद न काम अगाडि बढाउन सक्छ, बलियो हुँ भन्नेहरुको तानातान संसद हुनुहुँदैन ।’

उनले अहिलेको प्रतिनिधि सभाप्रति वितृष्णा प्रकट गर्दै सरकारलाई काम गर्न नदिइएको बताए ।

प्रधानमन्त्री बन्न नपाएपछि प्रतिगमन भन्नेहरु देखिएको टिप्पणी गरे । उनले भने,‘प्रधानमन्त्री हुन अवैध बाटोबाट कुध्ने, प्रधानमन्त्री बन्न नपाए प्रतिगमन ?’ व्यक्तिको आकांक्षा पूरा नहुँदा असन्तुष्टि अभिव्यक्त गर्न थालिएको बताए ।

‘लोकतन्त्र, गणतन्त्र ध्वस्त पार्न आँट्यो भन्ने ?’ ओलीले प्रश्न गरे ।

२०७७ चैत्र २०, शुक्रबार १३:०७ गते 0 Minutes 141 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार