शुक्रबार , बैसाख ७, २०८१

चैत्र ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएको भन्दै सरकारमा नजाने स्पष्ट पारेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि अगुवाई नगर्ने स्पष्ट पारे ।

उनले भने–‘कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जाने कुरा हुँदैन् ।’ देउवाले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारेमा पनि आफ्नो पार्टीले अगुवाइ नगर्ने बताए ।

त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याईदिनुपर्ने हो ? जसपाले ल्याईदिनुपर्ने हो कि ? भनेर एक पत्रकारले सोधेको प्रश्नमा देउवाले भने–‘यो त हामीलाई थाहा नै छैन नि ।’ देउवाले झोक्किँदै कांग्रेस विपक्षी पार्टी भएको भन्दै पाँच÷छ पटकसम्म विपक्षी पार्टी भन्दै नाम लिए ।

कांग्रेस सरकारमा जाँदैन्, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाई गर्दैन् : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएको भन्दै सरकारमा नजाने स्पष्ट पारेका छन् ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि अगुवाई नगर्ने स्पष्ट पारे । उनले भने–‘कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जाने कुरा हुँदैन् ।’ देउवाले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारेमा पनि आफ्नो पार्टीले अगुवाइ नगर्ने बताए । त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याईदिनुपर्ने हो ? जसपाले ल्याईदिनुपर्ने हो कि ? भनेर एक पत्रकारले सोधेको प्रश्नमा देउवाले भने–‘यो त हामीलाई थाहा नै छैन नि ।’ देउवाले झोक्किँदै कांग्रेस विपक्षी पार्टी भएको भन्दै पाँच÷छ पटकसम्म विपक्षी पार्टी भन्दै नाम लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय