शुक्रबार , चैत्र १६, २०८०

Nepali rajneeti

छिमेकी देश भारतमा मा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

स्वस्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले एक बिज्ञप्ती जारी गर्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् ।

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्। स्वस्थ्य मन्त्रालको उक्त बिज्ञप्ती पश्चात नेपालमा पुःन कडा खालको लकडाउन हुन सक्ने भन्दै जनमानसमा त्रास फैलिएको छ ।

के नेपालमा अव फेरी सुरुवाति चरणमा जस्तै कडा खालको लकडाउन आवश्यक पर्ला ?

सबैले स्वस्थ्य मन्त्रालयले जारी गरेको स्वस्थ्यको मापदण्ड पुरा गरेको खण्डमा पक्कैपनि कडा लकडाउन आवश्यक नपर्ला ।

यदि यसलाई साधारण रुपमा लिर्यौ भने कोभिड को अर्को लहर नेपालमा पनि नआउला भन्न सकिन्न त्यसैले सबैजना सचेत हुनुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रालयले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेको छ ।

त्यसैले तँपाई हामी सचेत भएर स्वस्थ्यका मापदण्ड पालना गर्दै माक्स सेनीटाईजर पन्जा लगायतको प्रयोगलाई प्रभावकारी बनाउदैे र भिडभाड, सभा समारोह जस्ता मान्छेको बढि चहलपहल हुने कार्य रोक्न जरुरी छ ।

त्यसैले लकडाउनको अवस्थामा पुग्ने नपुग्ने हात तँपाई हामी मा नै छ । हामी बेलैमा सचेत भएमा पक्कै पनि कडा खालको लकडाउन आवश्यक पर्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय