शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले साथ दिएको आरोप लगाएका छन् ।

५६ औं अन्तर्राष्ट्रिय जाति भेद उन्मुलन दिवसका अवसर आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘अहिले दुई धार छ । एउटा यो संविधानलाई कसरी च्यात्ने होला भन्ने छन्, माओवादी आन्दोलनले पैदा गरेको समावेशी समानुपातिक मान्यतालाई के गरी निस्तेज होला भनेर हिजो देशभित्र र देश बाहिरका गणतन्त्र विरोधी सामन्तवादका दलालहरु, यो संविधान स्वीकार गर्न नसकेकाहरु मिलेर एउटा समूह बनेको छ । उनीहरुले यो संविधानलाई निस्तेज पार्ने मान्छे खोज्दै जाँदा केपी ओली भेटेका छन् ।’

संविधान र गणतन्त्र सिध्याउन सक्ने पहा;डिया उच्च जातीय अहं;कारवादको प्रतिनिधि ओली भएको उनको आरोप छ । ओली विदेशीको अगाडि सजिलै लम्पसार गर्न सक्ने पनि प्रचण्डको दावी छ । ‘२० औं २५ औं वर्षदेखि विदेशीले हुर्काएको र पालित पोषित को हो भनेर हेर्दै जाँदा सबैले विचार गर्नु होला । केपी नै देखिए भनेका छन् र अहिले केपीलाई त्यो धारको प्रतिनिधिको रुपमा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न साथ लिएका छन् । कति दिन साथ दिन्छन् थाहा छैन ।’
केपीलाई विदेशीले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्न हुर्काएको उनको भनाइ छ ।

‘केपीले जालझेल, षड्यन्त्र र पार्टीभित्रै विधि पद्धतिको निर्मम ह;त्या गर्न थालेपछि विद्रोहको झण्डा कसले उठायो ? विद्रोहको झण्डा पनि त मैले उठाएँ । अब मलाई साथ दिने कि नदिने ? केपी ओलीले ठग्ने काम मात्रै गरेपछि मैले १९ पृष्ठ लामो दस्तावेज ल्याएको हो ।’ उनले ओली प्रवृत्ति आक्रोश पोख्दै भने । संविधानलाई मार्ने, क्रियाशील हुन नदिने, कार्यान्वयन हुन नदिने कसरत भएको पनि प्रचण्डले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय