मंगलबार , चैत्र ६, २०८०

रविको पक्ष लिएर गर्जिए विप्लव: आगो लगाउँछौँ, मिडिया दलालहरुको क’ब्जामा गयो, हामी लड्छौँBiplab – Rabi. काठमाडौँ — सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा सरोकारवाला पक्षले नेपाल सरकारको ध्यानाकर्षण गराएपछि सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा सरोकारवाला पक्षसँग छलफल गरिएको थियो ।

छलफलका क्रममा सूचना वर्गीकरण गर्दा नेपालको संविधान र सूचनाको हक सम्बन्धी प्रचलित कानुनको प्रतिकूल हुन नहुने र वास्तविक सूचना प्रवाहित गर्दा राजनीतिक प्रणाली र लोकतन्त्र बलियो हुनेमा सरोकार पक्षले सरकारको ध्यानाकर्षण गराएका थिए ।

छलफलमा नेपाल सरकारका मुख्यसचिव एवं समितिका संयोजक शंकरदास बैरागीले आफूहरुले सूचनाको हक कुण्ठित गर्न नभएर सूचना व्यवस्थित गर्न वर्गीकरणको प्रस्ताव अगाडि सारेको बताएका थिए । उनले सरोकार पक्षको मागलाई समेत ध्यानमा राखेर प्रस्ताव परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरे ।

छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक प्रणालीमा जनतालाई शक्तिशाली बनाउन सूचनाको हकको व्यवस्था गरिएकाले वर्गीकरणको प्रस्ताव फिर्ता लिएर नयाँ ढंगले छलफल गर्न नेपाल सरकारसँग आग्रह गरे ।

छलफलका क्रममा सरकारका प्रतिनिधि र सञ्चार क्षेत्रका प्रतिनिधिहरुबीच अहिले अगाडि बढाएको प्रस्तावलाई फिर्ता गरी सरोकारवाला पक्षसँगको समझदारीमा नयाँ प्रस्ताव लैजाने समझदारी भएको छ ।

मुख्यसचिवको अध्यक्षतामा भएको अनौपचारिक छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव, पत्रकार महासंघका प्रतिनिधिहरु र प्रधानमन्त्रीको प्रेस टीमका प्रतिनिधिहरु लगायत उपस्थित थिए ।

अयोध्या पुर्‍याइयो कालीगण्डकीको शिला

अयोध्या — भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि रामको मूर्ति बनाउन नेपालको कालीगण्डकी नदीबाट शिला (ठूलो पत्थर) ल्याइएको छ । शालिग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिला छनोट गरिएको हो । हिन्दुहरूले राम र सीतालाई भगवान्का रूपमा पुज्दै आएका छन् ।

म्याग्दीस्थित कालीगण्डकी नदीबाट शिला लिएर सयौं नेपाली अयोध्या आएका छन् । शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्‍याउनेसम्मका काम नेपाली नै गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र कार्यालयले कात्तिक १९ मा जनकपुरको जानकी मन्दिरलाई पत्राचार गरेर कालीगण्डकीको शिला मागेको थियो ।

पुस ३ मा नेपालको मन्त्रिपरिषद्ले जानकी मन्दिरमार्फत शिला पठाउने निर्णय गरेको थियो । केन्द्रको निर्णयमा गण्डकी प्रदेश सरकार हुँदै बेनी नगरपालिकासम्मले सहमति जनाएपछि शिला अयोध्या ल्याइएको हो । ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका दुईवटा शिला म्याग्दीबाट ट्रकमा ल्याइएको हो ।

धार्मिक पीठ हरिहर सेवा सदनका सञ्चालक सञ्जय शास्त्रीले हिन्दु धर्ममा साक्षात् नारायणको रूप मानिने शालिग्राम पत्थर नेपालबाट प्राप्त हुनुले एक खालको सकारात्मक ऊर्जा प्रवाह भएको बताए । ‘नेपालदेखि भारतसम्मका नागरिकलाई गण्डकीबाट आएको शालिग्राम शिलाले एक सूत्रमा बाँध्ने काम गरेको छ,’ उनले भने । राम र सीताले दुई देशलाई जोडेजस्तै शालिग्रामको आगमनले सम्बन्धलाई थप बलियो बनाउने उनले बताए ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका मुख्य आचार्य दुर्गाप्रसाद गौतमले नेपालबाट रामको मूर्ति निर्माणका लागि शिलाको आगमनले दुई देशबीचको नागरिक तहको सम्बन्धलाई थप कसिलो बनाएको बताए ।

लामो समयको विवादपछि अयोध्यामा राममन्दिर निर्माण गर्न थालिएको हो । अयोध्याको जमिन राममन्दिरको कि बाबरी मस्जिदको भन्नेमा हिन्दु र मुस्लिम समुदायबीच विवाद उत्कर्षमा पुगेको थियो । भारतको सर्वोच्च न्यायालयले २०१९ नोभेम्बर ९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएको थियो । विवादित जमिन मन्दिर निर्माणका लागि दिने र मस्जिदका लागि अन्यत्र जग्गा उपलब्ध गराउने फैसला अदालतले गरेको थियो ।

ब्लग : रवि लामिछानेलाई सुझाव पत्र

काठमाडौँ — रविजी नमस्कार !सबैभन्दा पहिले त नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी नयाँ नागरिकता लिनुभएकोमा हार्दिक बधाई ।

बेथिति, विसंगति, बेरोजगारी, भ्रष्टाचार, दण्डहीनताले जकडिएको देशको राजनीतिमा तपाईंको आगमनले खासगरी युवा वर्ग अनि घर र देश धान्न विदेसिएका नेपालीहरूमा परम खुसीको सञ्चार भएको थियो । त्यसैले तपाईंले त्यसलाई निराशा र दुःखमा परिणत हुन दिन पाउनुहुन्न ।

कांग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलको बेइमानी, सत्तालिप्सा र खिचातानी कारण नै तपाईंलाई राजनीतिमा प्रवेश गर्न र छोटो समयमै लोभलाग्दो सफलता हासिल गर्न सहज भएको हो । तिनै राजनीतिक दलका नेताले गल्ती गर्ने र उल्टो बाटोमा हिँड्ने छुट तपाईंलाई छैन । विल्कुल छँदै छैन ।

त्यसैले, देशको भलाइका लागि तपाईंको लामो राजनीतिक भविष्यको कामनासहित केही सुझाव दिन चाहन्छु ।

सबैभन्दा पहिले त तपाईंले नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतको फैसला स्वीकार गरिसक्नुभएको छ । र, नयाँ नागरिकता प्राप्त गरिसकेको हुनाले विगतमा जानी वा नजानी आफूबाट गल्ती भएकोमा सावर्जनिक रूपमा माफी माग्नुस् ।

देशको सर्वोच्च अदालतको आदेश स्वीकार गर्नुपर्नेमा ‘म अनागरिक’ भन्ने तपाईंको अभिव्यक्ति साह्रै आलोकाँचो थियो । त्यो अभिव्यक्तिमा तपाईंको मपाइँत्त्व झल्किन्थ्यो । खासमा नागरिकताको विषय तपाईंको कुनै ठूलो अपराध नभई सामान्य प्राविधिक त्रुटि थियो । त्यसैले उक्त त्रुटिप्रति क्षमायाचना गर्नुहोस्, सार्वजनिक रूपमा । थोरै झुक्दा सानो भइँदैन, उल्टै उचाइ बढ्छ ।

अर्को कुरा, अब तपाईंलाई पुनः सरकारमा जान तपाईंका शुभचिन्तक वा सकाउन खोज्ने दुवैले फेरि उचाल्नेछन् । त्यसबाट बच्नुहोला । सरकारमा जाने गल्ती पुनः नदोहोर्‍याउनुहोला । र, तपाईं यो गठबन्धनबाट बाहिरिनुहोला । किनभने यो पटकको चुनावमार्फत तपाईंहरूले सरकारमा जाने म्यान्डेट पाउनुभएकै थिएन ।

खासमा सरकार नै नबन्ने हकमा तपाईंहरूले कुनै गठबन्धनलाई मत दिनुपर्थ्यो । तर‚ बार्गेनिङ गरिगरी सरकारमा जानै हुँदैनथ्यो । त्यसमाथि तपाईंले आफ्नैबारे अनुसन्धान गरिरहेको निकायसँग सम्बन्धित मन्त्रालयको जिम्मेवारी खोजिखोजी लिएकाले तपाईंका विरोधीको आवाज चर्को मात्र भएको छैन कि तपाईंको नियत गलत थियो भन्ने आशंका गर्ने ठाउँ पनि प्रशस्त दिएको छ ।

अर्को, तपाईंमाथि लागेको दोहोरो पासपोर्टको विषयको अभियोगबारे प्रहरीले छानबिन थालिसकेको छ । सक्नुहुन्छ भने जान/अनजानमा के भएको हो खुलस्त पार्नुहोस् । बोलीले होइन, व्यवहारले छानबिनमा सघाउनुहोस् । अनि अभियोगको अन्तिम टुंगो नलागेसम्म उपनिर्वाचनमा उम्मेदवार बन्ने वा सार्वजनिक पदमा बस्ने गल्ती नगर्नुस् ।

बरू चितवन-२ मा हुने उपनिर्वाचनमा आफ्नो दलका तर्फबाट संसद्‌मा नेतृत्व लिन सक्ने, जनताका आवाज बोल्न सक्ने र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नसक्ने समाजका कुनै लब्धप्रतिष्ठित व्यक्ति वा आफ्नै दलको अन्य कोही नेतालाई उठाएर जिताउनुहोस् । र, आफू पार्टीको संगठन विस्तारका लागि देशव्यापी अभियानमा लाग्नुहोस् । समग्रमा ५ वर्षपछि हुने चुनावमा बहुमतको सरकार बनाउनका लागि तयारीमा जुट्नुहोस् । आम जनता, मतदाता र समर्थकलाई त्यही अनुरूप सम्झाउनुस् ।

यसैगरी नेतृत्वले जे गरे पनि ठिक भन्ने र देवत्वकरण गर्ने कार्यबाट बच्नुहोस् । सल्लाहकार या सहयोगी नजिककोलाई भन्दा पनि सही सल्लाह दिने, कहीँ, कतै गलत भयो भने सिधै भन्न सक्ने र समयमै सूचना दिने परिपक्व र राज्य संयन्त्र बुझेकोलाई राख्नुहोस् ।

समर्थक र फलोअर्सलाई अरूको अस्तित्व स्विकार्न र जथाभावी नबोल्न भन्नुहोस् । त्यसका लागि समर्थकलाई सामाजिक सञ्जाललगायतबाट गालीगलौज गर्ने, अशिष्ट भाषा बोल्ने, धम्की दिनेलगायत गतिविधि नगर्न सार्वजनिक रूपमै आग्रह गर्नुहोस् ।

अन्त्यमा, आफ्नो नामको सम्पूर्ण सम्पत्ति सार्वजनिक गर्नुहोस्, आयस्रोत खुलाउनुहोस् र राज्यलाई कर तिरेको प्रमाण देखाइदिनुहोस् ।

तत्काल यति गर्न सक्नुभयो भने तपाईं देश बनाउनै अमेरिका छाडेर आएकोमा कसैले दुई मत नराख्ला । त्यसमाथि समर्थकहरू पनि बढ्ने नै छन् । यति पनि गर्न सक्नुभएन भने ‘देशको राजनीति सफा गर्न र उच्च राजनीतिक संस्कार सिकाउन फोहोर पोखरीमै हामफालेको’ भन्ने तपाईंको अभिव्यक्ति हामीले किन पत्याउनुपर्ने ?

याद गर्नुस् रविजी, तपाईंले शंकाको सुविधा पाउनुहुन्न । हिजो तपाईंले प्रश्न धेरै सोध्नुभयो । अब तपाईंले पाइलापाइलामा उत्तर दिँदै अघि बढ्नुको विकल्प छैन ।

नत्र त उही ‘टुडिखेलमा लगेर नाकको डाँडीमै हान्न मन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय