बिहिबार , बैसाख ६, २०८१

राजनीति
चल्यो प्रहरीको डण्डा, अपहरणको नाटक गरि फिरौती लिन आफै आएका यिनलाई घिसार्दै हाले जेल

प्रकाशित: २०७९ माघ २५ गते, बुधबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

अपहरणमा परेका व्यक्ति नै मोटरसाइकल चढेर फिरौती लिन आएपछि…

काठमाडौ । अपहरणको नाटक गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ६ जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्टबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चन्द्रागिरि-१३ बस्ने ४७ वर्षीय बिदुर बस्नेत, चितवन घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही घर भई बालाजु बस्‍ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेका ४२ वर्षीय जगतबहादुर भोलान, ५३ वर्षीय कान्छामान जिम्बा र धादिङ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा छन्।

एसपी राठौरका अनुसार जगतबहादुर भोलान, कान्छामान जिम्बा र आशमान लामा अपहरणमा परेको खबर थियो। उनीहरू तीनै जनाले आ-आफ्नो परिवारलाई फोन गरी अपहरणमा परेको जानकारी दिएका थिए। आफूहरू अपहरणमा परेको र साढे तीन लाख नबुझाइकन फुत्किन सम्भव नभएको बताएका थिए।

पैसा लिएर कलंकीमा आउन भनिएको थियो।

यसरी अपहरणमा परेको खबर पाएपछि परिवारले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जानकारी गराएका थिए। ‘पैसा नदिइ फुत्किन सम्भव भएन तुरून्त कलंकीमा पैसा लिएर आउनू भनेर उनीहरूले आफ्नो परिवारलाई खबर गरे। परिवारले हामीलाई जानकारी दिएपछि टोली खटिएको थियो,’ एसपी राठौरले भने।

जगतबहादुरकी श्रीमती र कान्छामानका ज्वाइँ पैसा पुर्‍याउन भनेर प्रहरीसँग कलंकीमा पुगेका थिए। प्रहरीले अपहरणकारी आउला भनेर कुरेर बसेको थियो। तर त्यहाँ अपहरण गर्ने व्यक्तिहरू आएनन्। बरू अपहरणमा परेको भनिएका जगतबहादुर नै मोटरसाइकलमा चढेर आइपुगेका थिए।

अपहरणमा परेकै व्यक्ति पैसा लिन आएपछि उनीमाथि थप सोधपुछ गरी अनुसन्धान अघि बढाएको एसपी राठौरले बताए। उनीमाथि सोधपुछ गरी प्रहरी फेरि रिसोर्टमा पुगेको थियो।

रिसोर्टमा पुग्दा अपहरणमा परेको भनिएका कान्छामान र आशमानसहित अन्य व्यक्तिहरू रक्सी खाएर बसेका थिए। उनीहरूले नाटक थाहा पाएपछि सबैलाई पक्राउ गरेको एसपी राठौरले बताए।

उनका अनुसार अपहरणमा परेको भनिएका व्यक्तिहरूले बिदुरबाट केही समयअघि घर जग्गाको कारोबार गर्न १० लाख रुपैयाँ लिएका थिए। तर लामो समय बित्दा पनि उनीहरूले उक्त पैसा फिर्ता गर्न सकेनन्।

फिर्ता नगरेपछि उनीहरूले नाटक गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। अहिले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले अभद्र व्यवहारमा म्‍याद थप गरेको छ। थप अनुसन्धानको लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।

यसैगरी स्लोभाकिया पठाइदिन्छु भनेर ठगेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना महिलालाई पक्राउ गरेको हो।

ठगी मुद्दामा मंगलबार लमजुङ घर भई काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने ३९ वर्षीया मधुमाया थापालाई पक्राउ गरेको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनले स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा फुड प्याकेजिङको काम लगाइदिन्छु भनेकी थिइन्। साढे एक लाख मासिक तलब हुने आश्वासन समेत दिएको एसपी राठौरले बताए।

त्यहाँ जान ९ लाख भए पुग्ने भन्दै विश्वासमा लिएर पीडितबाट पटकपटक गरी साढे ८ लाख लिएपछि सम्पर्कविहीन भएको आरोप छ।

यसरी ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेपछि कार्यालयलाई पत्राचार गरिएको थियो। पत्राचार गरेसँगै प्रहरीले उनलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको कार्यालयले जनाएको छ।

यसैबीचमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिले रूपन्देहीको भैरहवामा पाँचतारे होटल निर्माण गरेको छ। सिद्धार्थ इन्टरनेसनल होटल २०८० सालदेखि औपचारिक रूपमा सञ्चालन हुनेछ।

यो समूहले २५ वर्षअघि कैलालीमा सामान्य खाजा पसल सञ्चालन गरेर व्यावसायिक यात्रा सुरू गरेको थियो। २०५४ माघ २३ गते टीकापुरमा खाजा पसल खोलेको दिनका आधारमा मंगलबार समूहले २५ औं वार्षिक उत्सव मनायो। यही अवसरमा पाँचतारे होटलको उद्घाटन पनि गरिएको हो।

भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा नम्बर ८ मा छ यो होटल। चार विघा क्षेत्रफलमा फैलिएको होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन्।

समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार होटलमा लबी लाउन्ज, अल डे डाइनिङ, रूफ टफ रेस्टुरेन्ट तथा स्वीमिङ पुल, फिटनेस, स्पा, साउना, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, एउटा सानो र अर्को ठूलो सभा हल, ३ वटा कन्फरेन्स हल तथा क्यासिनो छ।

‘होटलमा साढे दुई अर्बभन्दा धेरै रूपैयाँ लगानी परेको छ। पूर्ण सञ्चालनपछि तीन सय जनाभन्दा बढीले रोजगारी पाउने छन्,’ उनले भने।

सुरूमा दुई वर्षमै निर्माण सक्ने र एक अर्ब रूपैयाँ बढी लागत अनुमान थियो। कोरोना महामारीका कारण योजनाअनुसार काम भएन। ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पूर्वाधार पनि थपिँदै जाँदा लागत बढेको न्यौपानेले बताए।

ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आगामी चैतभित्र सिद्धार्थ होटल तथा रिसोर्टका नाममा भैरहवासँगै, चितवनको सौराहा, दाङको लमही र विराटनगरमा पाँचतारेदेखि लक्जरी रिसोर्टसम्म सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए। भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उनको भनाइ छ। दाङको लमहीमा पनि यही महिनाभित्रै चारतारे होटल सञ्चालनमा ल्याउन लागेको उनले बताए।

भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ। ६० कोठासहितको लमहीको चारतारे होटलमा भने व्यवस्थापन मात्र हेर्ने गरी लिएको हो। सौराहाको रिसोर्टमा २५ र विराटनगरको होटलमा ४० वटा कोठा रहने अध्यक्ष न्यौपानेले बताए।

चार वटा होटल र रिसोर्ट थपिएपछि सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफेको संख्या ३० पुग्नेछ। होटल मात्र १९ वटा हुने छन्।

समूहले हस्पिटालिटी क्षेत्रको २५ वर्षे व्यावसायिक यात्रामा पाँचतारे होटल भने पहिलोपटक सञ्चालन गरेको हो। बाह्य पर्यटक लक्षित तीनतारे र चारतारे होटल भने यसअघिदेखि नै सञ्चालन गरिरहेको छ। कटेज तथा रेस्टुरेन्ट व्यवसायबाट यात्रा विस्तार गरेको समूहले बुटवलमा सिद्धार्थ कटेज तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ। समूहले हस्पिटालिटीसँगै विभिन्न सेवा तथा उत्पादनको क्षेत्रमा पनि लगानी गरिरहेको छ।

‘ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ बायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन गर्दै आएका छौं,’ अध्यक्ष न्यौपानेले भने।

यस्तै जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, काभ्रेको धुलिखेल, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको उनले बताए। आफ्नै दाजुभाइ, नजिकका आफन्त तथा अन्य व्यावसायिक साझेदार गरी १ सय २० जना सेयर सदस्य रहेको समूहका सबै शाखामा गरी हाल १ हजार ६ सय जनाले रोजगारी पाएका छन्।

२५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए।

‘अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र हो,’ मुख्यमन्त्री गिरीले भने, ‘निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिका प्रशंसनीय छ।’ प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको पनि उनले बताए। ठूला व्यावसायिक घराना र पूर्वाधारले मुलुकको आर्थिक क्षेत्रमा टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए। त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय