मंगलबार , बैसाख ११, २०८१

रबि लामिछानेको बिरोध गर्ने द लाल मिडियालाई नेपालबाटै लखेट्नु पर्छ ! १२ भाईले खाएको प्रमाण देखाईदिए।

र यो पनि

आफुमाथि विभिन्न कम्पनीहरुको शेयर र ऋणपत्र निष्काशन गर्दा अतिरिक्त रकम मागेको आरोप लागेपछि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सोमबार दिउँसो पत्रकार अन्तरक्रिया कार्यक्रम राखे । खुमलटार स्थित आफ्नो कार्यालयमा स्थान अभाव भएको र अर्थ मन्त्रालयले खर्च कटौतीको नीति लिई होटेलमा कार्यक्रम गर्न रोक लगाएको भन्दै उनले ग्वार्कोमा रहेको एक कलेजमा कार्यक्रम तय गरे ।

अध्यक्ष हमालले आफ्नो भनाई र बोर्डमा आफु आएपछि भए गरेका सुधारका कामहरुको विवरण सहितको विज्ञप्ति बिहान नै सार्वजनिक गरिसकेका थिए। तर अन्तरक्रियामा पनि उनले बिहानै सार्वजनिक गरेका कामको विवरणलाई बुँदागत रुपमा थप विस्तृतमा जानकारी गराए। अध्यक्ष हमालले आफ्नोप्रस्तुतिको क्रममा हरेक नीतिले कोहि न कोहि दुखि नै हुने र राम्रो काम गर्न डराउनु नपर्ने बताए ।

हमालको प्रस्तुतिपछि बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले कसरी कम्पनीको सार्वजनिक निष्काशनको अनुमति बारे बोर्डले काम गरिरहेको छ भन्ने जानकारी दिए । मुक्तिनाथ श्रेष्ठ बोर्ड अध्यक्ष हमालको दाहिने र विनयदेव आचार्य हमालको देब्रेतर्फ बसेका थिए । बरियताको हिसाबमा आचार्य र श्रेष्ठ भन्दा सिनियर रहेका बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी भने कार्यक्रममा देखिएनन् । कार्यकारी निर्देशकको अनुपस्थितिको विषयमा पनि प्रश्न उठे पनि जवाफ भने आएन ।

त्यसपछि मर्चेन्ट बैंकर्सको पालो आयो। एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रियालाई ‘पेपर लेस’ बनाउन सकिएमा अनुमति प्रक्रिया केहि छिटो हुन्थ्यो कि भन्ने सुझाव दिए । मर्चेन्ट बैंकर्ससँग पनि अन्तरक्रिया कार्यक्रम भनिएपनि रायमाझी बाहेक अन्य कसैले केहि जिज्ञासा वा सुझाव राखेनन् । पत्रकारहरुले मर्चेन्ट बैंकर्सलाई पनि केहि प्रश्न उठाएको भए पनि कसैले पनि त्यसको जवाफ दिन आवश्यक ठानेनन्।

त्यसपछि पत्रकारको प्रश्नहरुको उत्तर दिने क्रममा बोर्ड अध्यक्ष हमालले बल्ल आफुमाथि लागेको आरोपबारे जवाफ दिए । जवाफको क्रममा उनले कानुनी राज्यमा हरेक कुराको कानुनबाट न्याय आउनु पर्ने बताए । उनले आफ्नो चरित्र हत्या गर्ने काम भएको बताए । उनले आफुले नेपाली नागरिकता बाहेक कुनै पनि देशको कुनै पनि कालखण्डमा अन्य कुनै पनि नागरिकता नलिएको बताए । उनले नागरिकता परको विषय भन्दै पीआर पनि नलिएको उल्लेख गरे । उनले आफुले नेपाल बाहेक अन्य कुन देशको नागरिकता लिएको भन्ने विषय पनि समाचारमा उल्लेख गर्न नसकिकेकोले आफ्नो चरित्र हत्या नगर्न आग्रह गरे । आज आफु ५६ वर्ष भएको र आफ्नो चरित्र बनाउन ५५ वर्ष लागेकोले यस बीचमा आफुले कुनै गलत काम गरेको भए सप्रमाण देखाउन उनले चुनौती दिए । उनले भने ‘यदि कसैले मबाट गल्ती गरेको भेट्टाउनु भए मलाई टुडिखेलमा लगेर झुण्ड्याए हुन्छ’।

उनले रवि लामिछानेको मुद्दाको स्मरण गर्दै सर्वोच्च अदालतले दोहोरो नागरिकता नहुने आदेश दिइसकेकोले कसैलाई आफ्नो नागरिकतामाथि शंका लागे अदालत जान आग्रह गरे । अदालतमा गए अदालतले एक दिन मै आदेश दिएर प्रष्ट पारिदिने उनको भनाई थियो । उनले आफ्नो छोरा थाईल्याण्डमा जन्मेको भए पनि छोराले नेपाली नागरिकता नै लिएको बताए । उनले भने ‘म मेरो मातृभूमिमा शौदा गर्दिन्न, मलाई विदेशमा काम गर्न दोहोरो नागरिकता लिनु पर्दैन’।

उनले विदेशमा रहंदा जहाँ जहाँ काम गरेको हो, त्यस समयमा काम गरेको संस्थाले नै आफ्नो भिसा, श्रम स्वीकृतिको ब्यबस्था गरिएकोले नेपाली नागरिकता बाहेक अन्य नागरिकता नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय