शुक्रबार , बैसाख ७, २०८१

नआतिनुस भन्दै रबि लामिछानेलाई गगन थापा सुझाब: मलाई त बाख्रा चोर बनाए, खसी कराउद नि झस्कीन्छु

आफूलाई ‘अनागरिक’ भनाएर आममानसको सहानुभूति हासिल गर्ने प्रयास लामिछानेले गरे । जबकि, अदालतले लामिछानेलाई ‘अनागरिक’ मानेकै थिएन/छैन ।

सिङ्गै मुलुक यतिबेला रवि लामिछानेको नागरिकता विवाद तथा सर्वोच्च अदालतले सुनाएको फैसलाको विषयमा केन्द्रित भएको छ ।

फैसलाको पक्ष र विपक्षमा अनेक बहस, तर्क-वितर्क चलिरहेका छन् र, अब के होला भन्ने आँकलन-अनुमानमा अनेक प्रक्षेपण गरिएका छन् ।एक प्रकारले मुलुकको अमूल्य समयको फजुल खति भइरहेको छ । यसै पनि धमिलिएको राजनीति थप फोहोर बन्ने उपक्रम चलेको छ ! यतिका हङ्गामा हुनुपर्ने विषय नै थिएन यो । नेपाली भएर रहनुको साटो अमेरिकी नागरिक हुने इच्छा जाग्यो र उनले अमेरिकी नागरिकता लिए ।

आफ्नो स्वभावअनुसार अमेरिकी अनुशासनमा बाँधिएर बाँच्न असहज महसूस गरेर पनि हुन सक्छ, पछि पुनः नेपालतिरै उनको मन तानियो ।प्रोपोगण्डा मच्चाउने शैलीमा मिडिया क्षेत्रमा गरेको समय-लगानी उनका निम्ति फलिफापपूर्ण बन्न पुग्यो, पहिचान बनाए, व्यक्तित्व उकासे ।

तर, शुभेच्छुकहरू तथा राज्यका नियमनकारी निकायले ‘नेपाली नागरिकता लिएर मात्र काम गर्न’ समयमै दिएको सुझावलाई उनले अटेर गरे । दोहोरो नागरिकताको अवैधानिक प्रयोग गर्दै उनको सक्रियता जारी रह्यो । अमेरिका जाँदा अमेरिकी र नेपाल हुँदा नेपाली बनेर उनले राज्यलाई नै चुनौती दिइरहे, एक प्रकारले नेपाल र नेपालीलाई अल्मल्याइरहे ।

बेथितिविरुद्ध आवाज उठाउनु नराम्रो थिएन, तर अन्तरहृदयबाट सेवाका कर्म गर्नु र प्रचारका लागि सक्रियता देखाउनु फरक कुरा हो । उनका क्रियाकलापले पनि अत्यधिक मात्रामा ‘स्टन्ट’कै झल्को दिन थालेपछि सचेत नेपालीजनको ध्यान उनका गतिविधिप्रति तानिनु अस्वाभाविक थिएन ।

नेपालको राजनीतिमा रवि लामिछानेको उदय जति अस्वाभाविक ठानिँदैछ, उनमाथि उठेका प्रश्न र अदालतद्वारा गरिएको न्यायनिरुपणको कर्म उत्तिकै स्वभाविक तथा कानुनसम्मत रहेको छ ।नागरिकता विवाद-प्रकरणमा फैसला सुनाउँदै जब सर्वोच्च अदालतले नेपालको नागरिकता पुनर्प्राप्तिको प्रक्रियामा जानुपर्ने बाटो देखाइदियो, सञ्चारकर्मीसमक्ष प्रतिक्रिया दिँदै लामिछानेले आफू अब अनागरिक भएकोले प्रश्नको जवाफ दिन सक्ने अवस्थामा नरहेको बताए ।

‘अनागरिक’ शब्दलाई उनले विशेष जोड दिँदै पटक-पटक दोहोऱ्याए । आफूलाई ‘अनागरिक’ भनाएर आममानसको सहानुभूति हासिल गर्ने उनको उक्त प्रयास लुकाउन खोजेर पनि लुकिरहेको थिएन ।

जबकि, अदालतले लामिछानेलाई ‘अनागरिक’ मानेकै थिएन/छैन । फैसलामा फगत यत्ति औंल्याइएको थियो कि नेपाली भए पनि उनले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिकता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय