शुक्रबार , चैत्र १६, २०८०

निर्वाचनको सम्पुर्ण परिणाम आए सँगै सरकार गठनको कसरत सुरु भएको छ । राष्ट्रपति , प्रधानमन्त्री , सभामुख जस्ता महत्चपुर्ण पदमा को आउला भन्ने चासो र चर्चा सबैतिर चलिरहेका छन् ।

विभिन्न पार्टीहरुले राजनितिक जोड घटाउ गर्र्दैै आ आफ्नै दाउ हेरिरहेका बेला ज्योतिषिय दृष्टिकोणले कस्तो हुन्छ त अबको राजनितीक दृश्य , देशको राजनिती कसरी अघि बढ्ला ? प्रधानमन्त्री को बन्ला ? गठबन्धन कायम रहला की नरहला भन्ने बिषयमा चर्चित ज्योतिष दिगम्बर तिमिल्सिनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

सबैलाई ज्योतिषीय लेखाजोखामा विश्वास नलाग्न सक्छ तर देशका चर्चित मध्येका एक ज्योतिष दिगम्बर तिमिल्सिनाले नेपालको आगामी राजनितिक कोर्ष पनि त्यत्ति सरल र सहज रुपमा अघि नबढ्ने भविश्यवणी गरेका छन् । उनले अहिले भएको सत्ता गठबन्धन टुट्ने ठोकुवानै गरेका छन् ।

काग्रेस, माओवादी केन्द्र , नेकपा एस ,जनमोर्चा ,लोसपा लागायतका दलहरु मिलेर बनेको गठबन्धनको खराब दिन अब सुरु भएको र आपसी असमझदरी बढ्ने योग रहेको उनले भनेका छन् । अहिलेनै टुट्न सक्ने देखिए पनि केहि गरी जोगिएछ भने छिट्टैनै टुट्ने र सरकार फेरबदल हुने दाबी उनले गरेका छन् ।

अहिले गठबन्धन कायम रहेमा नेपाली काग्रेसबाट प्रधानमन्त्री बन्ने र गठबन्धन भित्रै विभाजन आएर फेरी पनि एमाले अध्यक्ष केपी ओलीकै हातमा देशको नेतृत्व आइपुग्ने ठोकुवा ज्योतिष तिमिल्सिनाले गरेका छन् । केपी ओलीको जन्म कुण्डली आफुले हेरेको भन्दै उनले फेरी एक पटक प्रधानमन्त्री हुने योग ओलीको रहेको उनले बताए ।

शेरबहादुर देउवा ७ चोटि प्रधानमन्त्री हुने भनेर कुनै ज्योतिषले भविश्यवाणी गरको कुरा झुटो र भ्रमपुर्ण रहेको पनि तिमिल्सिनाले बताए । ७ चोटि प्रधानमन्त्री हुने योग देउवाको नरहेको दाबी उनले गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भने अब ओरालो यात्रा मात्रै हुने भविश्यवाणी उनले गरे ।

ज्योतिष तिमिल्सिनाले आगामी दिनमा बरु राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेको दिन बलियो रहेको बताए । आफुले ३ बर्ष अघिनै रवि लामिछानेको जन्म कुण्डली हेरको भन्दै उनले त्यहि बेला एक दिन रवि यो देशको प्रधानमन्त्री हुन्छन् भनेर बोलेको दाबी गरे ।

रवि लामिछाने प्रधानमन्त्री हुन्छन् भनेर भविश्यवाणी गर्ने आफु पहिलो ज्योतिष भएको भन्दै उनले ३ बर्ष अघिनै दिपक बोहोरालाई साथमै राखेर आफुले रविलाई यो कुरा भनेको दाबी उनले गरे । रविले जे काम गर्यो जस पाइहाल्ने योग रहेको उनले बताए ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार प्रकाशमान सिंह राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गर्दै विजयी भए पछि राजनिति तरंगित भएको छ ।

कुनै पनि हालतमा प्रकाशमान सिंहलाई हराउनै पर्छ भनेर लागेकाहरुनै एक जुट हुन नसक्दा प्रकाशमानले सहज जित निकाल्न सफल भएका छन् । समग्रमा मत प्रकाशमानको विपक्षमा रहे पनि प्रथम हुने निर्वाचित प्रणालीमा प्रतिष्पर्धीको भन्दा धेरै मत ल्याएर सिंहले जित निकालेका छन् ।

काठमाडौँको क्षेत्र नम्बर १ उम्मेदवारी दर्ताका दिन देखिनै चर्चामा रहेको थियो । अघिल्लो पटकको निर्वाचनमा सिंहसँग थोरै मतले पराजित भएका मिश्र यस पटक बदला लिने दाउमा थिए तर सिंह विरोधी मतहरुनै एक ठाउँमा रहन नसक्दा प्रकाशमानकै भाग्य चम्किएको छ ।

निर्वाचनमा पराजित भए पछि आमा चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गरेका रमेश खरेलले भने आफ्नो हारको कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने भएको प्रतिक्रिया दिएका छन् । लामिछानेलाई आरोप लगाउँदै खरेलले आफ्नो हारको दोष थोपरेका छन् ।

खरेलले यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दोष देखाए । आफूले ३ महिना अगाडि नै सो पार्टीसँग सहकार्यका लागि प्रयास र समझदारी गरेको उनको भनाइ छ खरेलले भने, ‘मैले तीन महिना अगाडि एकै ठाउँमा उभिने भनेर प्रयास गरेको हुँ । उहाँहरूसँगको जेन्टलमेन्ट एग्रिमेन्ट ब्रेक भएको छ ।

दाहाल प्रधानमन्त्री

राष्ट्रिय राजनीतिको केन्द्रमा फर्कियो एमाले, ओझेल पर्‍यो कांग्रेस

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी दाहाललाई आइतबार साँझ नियुक्त गरेकी हुन् । शपथ सोमबार अपराह्न ४ बजे हुँदै छ ।

कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर आइतबारै दाहालले प्रधानमन्त्री पदमा दाबी पेस गरेका थिए । प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन् ।

उनको यो तेस्रो सत्तारोहण हो । दाहाल यसअघि २०६५ र २०७३ मा ९–९ महिना प्रधानमन्त्री बनेका थिए । यसपालि भने अढाई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि एमालेलाई छाड्ने सहमति छ ।

२०७४ को निर्वाचनपछि आलोपालो प्रधानमन्त्री बन्ने ‘समझदारी’ कार्यान्वयन नभएपछि केपी शर्मा ओलीसँग तिक्ततापूर्ण सम्बन्ध गुजारेका दाहाल ओलीकै साथले सत्ता नेतृत्वमा पुगेका छन् । प्रतिनिधिसभा विघटन, तत्कालीन नेकपा भंग र एमाले विभाजनका घटनाक्रमले ओली र दाहालबीच संवाद ठप्प मात्र थिएन, चर्को घोचपेच चलिरहेको थियो । आमनिर्वाचनको परिणामले बोलचाल खोलेको एक महिनामै उनीहरू सत्ता सहकार्यका लागि तयार भएका हुन् ।

चुनावमा कांग्रेससँग गठबन्धन गरेका दाहालले कांग्रेसबाट अपेक्षित मत नआएको गुनासो गरे पनि प्रधानमन्त्री पाए त्यसलाई मुद्दा नबनाउने रणनीति लिएका थिए । तर देउवा प्रधानमन्त्री दिन तयार नहुने देखेपछि दाहालले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनलाई एमालेसँग संवादमा खटाए ।

एमाले हरहालतमा गठबन्धन भत्काउने रणनीतिमा थियो । यसलाई मौकाका रूपमा उपयोग गरेर आफू प्रधानमन्त्री बन्न सकिने दाहालको बुझाइ थियो । देउवाको अडान कायमै रहँदा एमाले र माओवादीको सत्ता स्वार्थ मिल्न पुग्यो र बालकोटस्थित ओली निवासमा सहमति जुट्यो ।

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कांग्रेसको हठले विकल्प सोच्न बाध्य भएको बताए । ‘हामीले तत्कालीन परिस्थितिमा कांग्रेससँग गठबन्धन गर्नु र सरकार बनाउनु औचित्यपूर्ण थियो । चुनावमा पनि मिलेर नै गयौं । गठबन्धनले उसलाई लाभ दियो, हामीलाई बरु नोक्सान मात्रै दियो । त्यसकारण के गर्ने भन्ने प्रश्न थियो,’ उनले भने, ‘तर अझै पनि मिलेर जाने सम्भावना छ भने प्रयत्न गरौं भन्ने थियो । कांग्रेसले आफूले लाभ लिनेबाहेक केही नदेखेर हठपूर्ण अडान लिइसकेपछि हाम्रा लागि अर्को विकल्प थिएन ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको अहंकारका कारण नयाँ समीकरण बनेको बताए । ‘प्रचण्डजी र हामीबीचमा पहिलादेखि नै कुरा भइरहेकै थियो । निर्णायक घडीमा उहाँले समर्थन माग गर्नुभयो, हामीले गरिदियौं,’ उनले भने ।

दाहाललाई तत्काल प्रधानमन्त्री बनाउने विषयमा अन्तिम समयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि साथ नदिएको माओवादीका एक नेताले बताए । उनका अनुसार दाहालले निकटस्थसँग नेता नेपालबाट धोका भएको उल्लेख गर्दै उनीबिनै बहुमत जुटाउनेब्रिफिङ गरेका थिए ।

नेताहरूका अनुसार तीन कारणले यस पटक दाहालले मौका गुमाउन चाहेका थिएनन् । पहिलो, हरेक निर्वाचनमा शक्ति खुम्चिँदै गएका कारण अहिले प्रधानमन्त्री नभए भविष्यमा सम्भावना रहँदैन भन्ने भय उनमा थियो । दोस्रो, दुई पटक प्रधानमन्त्री हुँदा अनुभव र समयका हिसाबले काम गर्न नपाएको बुझाइ रहेकाले तेस्रो कार्यकालमा देखिने गरी अर्थतन्त्रमा सुधार ल्याई जनसेवा र विकासका काम गर्ने र कमजोर बन्दै गएको पार्टीलाई पुनर्जीवन दिने आकांक्षा छ । तेस्रो, लम्बिँदो संक्रमणकालीन न्यायलाई आफ्नै नेतृत्वमा टुंग्याएर शान्ति प्रक्रियालाई पूर्ण निष्कर्षमा पुर्‍याउन उनी चाहन्छन् ।

सात दल र स्वतन्त्र सांसद प्रभु साह, किरण साह र अमरेशकुमार सिंहको समर्थन जुटाएर प्रधानमन्त्री नियुक्त भएका दाहालका लागि यो गठबन्धन चुनौतीपूर्ण छ । पुराना दलहरूको औचित्य सकियो भनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी वा गणतन्त्रप्रति अनुदार राप्रपा पनि यही गठबन्धनमा छन् । माओवादी संसद्को तेस्रो ठूलो दल हो तर उसको संसद्मा हिस्सा करिब ११ प्रतिशत र गठबन्धनमा करिब १९ प्रतिशत मात्रै छ ।

‘सरकार बनाउन रवि लामिछानेदेखि राजेन्द्र लिङ्देन हुँदै सीके राउतसम्मलाई समेट्नुपरेको छ । सबैलाई चित्त बुझाउँदै ठूलो दल एमालेलाई सन्तुलनमा राखेर हिँड्न निकै चुनौतीपूर्ण छ,’ राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘पहिलो दिनदेखि नै परिणाम देखिने गरी हस्तक्षेप गर्न सकेनन् भने प्रचण्ड समस्यामा पर्छन् ।’

सरकारका हरेक निर्णयमा गठबन्धनको ठूलो दल एमालेमा भर पर्न दाहाल बाध्य हुनेछन् । यो उनका लागि सबैभन्दा ठूलो चुनौती बन्नेछ ।

आफू प्र्रधानमन्त्री भएका बेला दाहालले सहयोग नगरेको ओलीको बुझाइ छ । सबै दलको समर्थनमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि दाहाललाई सहज छैन । गत संसद्मा अन्तिम समयमा सत्य निरूपणसम्बन्धी कानुन निर्माण एमालेका कारण अवरुद्ध भएको थियो ।

दाहालका लागि अर्को चुनौती बलियो प्रतिपक्ष पनि हो । निर्वाचनमा ८९ सिट जितेर प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा देखिने भएको छ । कांग्रेस सभापति देउवालाई पनि विश्वासमा लिएर सरकार चलाउनुपर्ने बाध्यता दाहाललाई हुनेछ ।

दाहालले साढे दुई वर्षपछि सहजै सत्ता हस्तान्तरण गर्छन् भन्ने विश्वास एमालेले लिएको छ । दुई वर्षअघि ओली दाहाललाई सत्ता हस्तान्तरण गर्न तयार नहुँदा तत्कालीन नेकपामा विवाद चुलिएर पार्टी नै एकतापूर्वको अवस्थामा फर्किएको थियो । ‘सामान्य सहमति भएको छ, विस्तृत भइसकेको छैन । जे सहमति भएको छ, त्यसलाई कार्यान्वयन गर्नका लागि एमालेले सबैभन्दा बढी योगदान गर्नॅपर्छ । त्यसैअनुसार माओवादीले पनि योगदान गर्नॅपर्छ,’ एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने ।

विश्लेषक सुवेदी अहिले दाहाल देखिने काम गर्नैपर्ने बाध्यतामा रहेको बताउँछन् । उनी भन्छन्– ‘परिणाम दिने कुरामै अहिले प्रचण्डको परीक्षण हुने हो । २०६४ मा प्रधानमन्त्री हुँदा गोलमाल अवस्थामा थियो, २०७४ मा स्थानीय चुनाव गराए पनि उनले पूर्ण रूपमा काम गर्न पाएनन् । त्यो पनि ९ महिनाको कार्यकाल थियो । अहिले कम्तीमा पनि साढे २ वर्ष चल्छ भन्ने छ । त्यसैले काम गर्नैपर्ने बाध्यतामा उनी छन् ।’

सशस्त्र द्वन्द्वदेखि प्रधानमन्त्रीसम्म

अहिले संसद्को दोस्रो ठूलो दल एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पल्ट प्रधानमन्त्री भएका हुन् ।

शान्ति प्रक्रियामा आएपछि पहिलो पटक भएको संविधानसभा चुनावमा माओवादी ठूलो दल बनेपछि २०६५ प्रधानमन्त्रीभए, त्यो बेला उनको कार्यकाल नौ महिनाभन्दा बढी टिकेन ।

२०७३ मा दाहाल पुनः प्रधानमन्त्री बनेका थिए, त्यो बेला पनि नौ महिना मात्र ।

पहिलो र अहिले तेस्रो पटक प्रधानमन्त्री बन्दा दाहालको मूल सत्ता साझेदार एमाले बनेको छ । दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा उनको मुख्य सत्ता साझेदार दल कांग्रेस थियो ।

कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राखेका दाहाल २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए ।

२०४२ सालमा नेकपा मशालको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बने ।

२०५२ फागुन १ गतेबाट सुरू भएको तत्कालीन नेकपा माओवादीको ‘जनयुद्ध’को नेतृत्व गरेका दाहाल २०५८ मा नेकपा माओवादीको अध्यक्ष भए भने २०५८ मा ‘जनमुक्ति सेना’को सर्वोच्च कमान्डर पनि बने ।

त्यसयता लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ मा एमालेसँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष पनि बने ।

पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं–१० बाट निर्वाचित भएका दाहाल दोस्रो संविधानसभा २०७० मा सिरहा–५ बाट जिते ।

२०७४ मा प्रतिनिधिसभा सदस्यमा चितवन–३ बाट निर्वाचित भएका उनी यस पटक गोरखा–२ पुगेर जितेर आएका हुन् ।

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौँ — नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने भएको छ । सोमबार बिहान बसेको केन्द्रीय पदाधिकारीको बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको माओ‌वादीका सचिव गणेश साहले बताए ।

उनलाई परराष्ट्र वा गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । एमालेसँग ठोस सहमति नभएकाले मन्‍त्रालयको टुंगो पछि लाग्नेछ ।

श्रेष्ठ यसअघि परराष्ट्र र गृहमन्त्री भइसकेका छन् ।उनी राष्ट्रिय सभाका सांसद हुन् ।

उद्योग वा कृषि मन्‍त्रालय हामीले पाए राम्रो : सिके राउत

काठमाडौँ — सरकारमा सामेल हुने तयारीमा रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले उद्योग वा कृषि मन्त्रालय पाए राम्रो काम गर्न सक्‍ने बताएका छन् । सत्ता गठबन्धनको ११ बजे बस्‍ने बैठकमा राउतले यस्तो प्रस्ताव गर्ने तयारी गरेका छन् ।

इकान्तिपुरसित कुराकानी गर्दै अध्यक्ष राउतले भने, ‘अहिले ११ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ । हामीले आन्तरिक रुपमा उद्योग वा कृषि मन्त्रालय पायौं भने राम्रो हुन्छ भन्ने हो । ‘

सत्ता गठबन्धनको बैठकपछि आफ्नो पार्टीको आन्तरिक बैठक बसेर सरकारमा को सामेल हुने भन्ने बारेमा पनि निर्णय गरिने उनले बताए ।

प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टीले मधेस प्रदेशमा समेत सत्ता साझेदारीका लागि तयारी गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय