बिहिबार , चैत्र १५, २०८०

काठमाडौं,

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित पाँच नेताहरुसँग स्पष्टिकरण माग्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपालसहित उनको समूहका नेताहरुसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

स्पष्टिकरण मागिएकाहरुमा नेपालका अलावा, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्री छन् । उनीहरु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका छन् ।

नेकपाभित्र विवाद चुलीमा पुग्दै गर्दा आज केन्द्रीय कमिटी बैठक डाकिएको हो । तर, नेपाल खनाल समूहले बैठक बहिष्कार गरेको छ ।

साथै, बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचिमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्यायोजन गरेको एक नेताले जानकारी दिए ।

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय