बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनीति

अनेरास्ववियु त्रिभुवन बिश्वविधालय कमिटीकि चर्चित नेतृ शोभा बमको नेतृत्वमा उपकुलपति कार्यालयमा हालै सेवा आयोग बाट नाम निकालेका उप-प्राध्यापकहरु लाई त्रिभुवन बिश्वविधालयमै नियुक्ति दिलाउनु पर्छ भनी गरिएको आन्दोलनमा हाम्रो गौरवशाली संगठनका नेताहरुलाई प्रहरीले हिरासतमा राखेको हुदा तत्काल रिहाई गर्न माग गरिएको छ|

सेवा आयोग बाट आएका प्राध्यापकहरु अब्बल रहेको र उनिहरु त्रिभुवन बिश्वविधालयमै नियुक्त हुनुपर्छ भन्ने अनेरास्ववियुको स्पष्ट मान्यता रहेको भन्दै अनेरास्ववियु त्रिवि कमिटी पुर्व अध्यक्ष एवम् सचिवालय सदस्य मदन बिष्टले बताए|

त्यहाँ त नेवि संघको पनि सहभागिता छ नि भन्ने पत्रकारको प्रश्नमा नेता बिष्टले को कहाँ पुग्यो त्यो त थाह छैन तर हाम्रो संगठनको नेतृ शोभा बमको नेतृत्वमा हाम्रो पुर्व निर्धारित कार्यक्रम थियो त्यसमा को को ले साथ दिए त्यो हाम्रो सरोकारको बिषय भएन| कसैले साथ दिनुभएको छ भनेपनी हाम्रो संगठन अनेरास्ववियु को तर्फबाट धन्यवाद छ|

नेता बिष्टले त्रिवि प्रशासनले नेतृ शोभा बम लगाएतको रिहाई नभए अनेरास्ववियु आन्दोलनमा उत्रने भन्दै छिटो भन्दा छिटो रिहाई गर्न माग गरेका छन् | उनले भने सेवा आयोग बाट यो पटक नाम निकालेका सबै बिश्वविधालयको गुणस्तर सुधार्नको लागि यहि नियुक्त गरिनु पर्छ|

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय