आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

नेपाली राजनीति

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले केपी ओलीको प्रवृत्तिको विरूद्धमा उभिन कार्यकर्तालाई निर्देशन दिएका छन्।

दुई दिने कार्यकर्ता भेलाको समापनमा बोल्दै वरिष्ठ नेता नेपालले ओली प्रवृत्तिसँग नडराउन र नझुक्न समेत निर्देशन दिए।

‘पार्टीमा धेरै भ्रम सिर्जना गरिएको छ। कार्यकर्ता लडाउन भिडाउने काम हुनसक्छ त्यसैले तपाईँहरू सबै हिसाबले तयार रहनूहोला,’ उनले भने, ‘आन्दोलनमा लागेका नेताहरू जो कम्युनिस्ट आन्दोलनप्रति कटिबद्ध हुनुहुन्छ ती नेताहरू आज एकताको पक्षमा छन्।

केपी ओलिको गलत प्रवृत्तिविरुद्ध हामी सबै साथमा छौं भनेर समेत साथीहरुले भन्नुभएको छ।’

उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीसँग गुटको मानसिकता रहेको दोहोर्‍याए।

‘उहाँमा वैचारिक विचलन र संगठन ध्वस्त गर्ने र आन्दोलन नै सखाप पार्ने मनस्थिति देखिएको छ। अब हामीमाझ वैचारिक रूपमा नै अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको छ,’ उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी र पोलिट्ब्युरोमा हामी ओली भन्दा बहुमतमा छौं।

केन्द्रीय कमिटीमा पनि हामी बहुमतमै पुग्छौ होला केही तलमाथि होला। उहाँसित कमिटीको सामना गर्ने आँट नै छैन।’

आफूहरू कमजोर नरहेको भन्दै उनले हामीले ओलीसामू नवौं महाधिवेशनको दस्तावेजमा आउन शर्त मात्रै राखेको बताए।

२०७१ देखि २०७५ को वैशाख र पार्टी एकीकरण हुँदाको अवस्थामा ओलीले के-के गरेको कामको समिक्षा गरेर अगाडि बढ्ने उनको भनाई छ।

‘एकता गर्दा मनपरी मानिस नियुक्त गर्नुभयो। प्रधानमन्त्री भएको दिनदेखि उहाँले राज्यका निकायलाई आफ्नो मातहतमा ल्याउने काम गर्नुभयो। एकल रूपमा शासन गर्ने काम भयो,’ उनले भने, ‘ओलीले आफ्नो निवासमा धाउने अवस्था ल्याउनुभयो।

मन फुकाएर म कहिले गएको होइन। केपी ओलीलाई दुनियाँ घुम्न हुने तर बालुवाटार भन्दा बाहिर गएर पार्टीको बैठक कार्यक्रममा सहभागी हुन नखोज्ने प्रवृत्ति देखियो।’

नेपालले आफ्नो पक्षले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने र फागुन २८ को निर्णय फिर्ता हुनुपर्ने बटमलाइन प्रस्तुत गरे।

उनले फागुन २८ गते ओलीले आफू पक्षका केन्द्रीय कमिटी सदस्यहरूको भेला गरी थप गरिएका केन्द्रीय सदस्य र फेरिएका इन्चार्ज मान्न तयार नभएको उनले स्पष्ट पारे।

उनले ओलीलाई सम्झाउन र सुधार्न धेरै काम गरिएकोसमेत दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय