बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको अर्को फैसलाले टाउकोमा ड्याम्मै हानेको टिप्पणी गरेका छन् ।

आज सिन्धुलीमा नेता तथा कार्यकर्ताहरुसँग संक्षिप्त कुरा गर्दै दाहालले यस्तो बताएका हुन् ।

उनले भने,‘केपी ओली छट्पट्राई रहेको बेला, हामी त ठूलो लडाई जितियो भनेझै गरि रिल्याक्स गरेको बेलामा फेरि सर्वोच्चले पार्टी फुटाई दिएर हामीलाई फेरि टाउकामा ड्याम्म हानेको जस्तो भाछ ।’ उनले आफूहरु राजनीतिक लडाईमा रहेको सुनाए ।

यसरी आउनसक्छ प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्धको घेराबन्दी केही दिनभित्र तोड्न नसके सत्ताबाट हट्नुपर्ने निश्चितप्रायः भएको छ । अविश्वासको प्रस्ताव अबको १० दिनभित्र आउने सार्वजनिक रुपमा नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले बोलिसकेका छन् । अब ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी अन्तिम चरणमा पुगेको बु्झिएको छ । योसँगै ओली अब घेराबन्दी तोड्ने अन्तिम अस्त्र फाल्न सक्रिय भएका छन् ।

सिन्धुली पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहानै ओलीलाई जुनसुकै हालतमा हटाउने बताए । उनको यो भनाईले अब कुनै हालतमा ओलीसँग सहकार्य नहुने सन्देश प्रवाह गरेको छ । प्रचण्डले ओलीको ‘असंवैधानिक कदम’ विरुद्ध संघर्ष गरेका शक्तिबीच समिकरण बन्ने समेत बताए । काठमाडौंमा पुगेपछि ओली हटाउन लाग्ने प्रचण्डको भनाईले पनि अविश्वासको प्रस्तावको संकेत गरेको छ ।

ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदा नेकपा एमालेबाहेकका दलहरुको समिकरणबाट सम्भावना देखिएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको आन्तरिक एकता समेतको अवस्थामा अविश्वासको प्रस्ताव आउनसक्छ । तर, तीन दलमध्ये प्रधानमन्त्रीको प्रस्तावित उम्मेदवार को हुने यकिन छैन ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरी अविश्वासको प्रस्ताव आउनसक्छ । तर, प्रवक्ता विश्वप्रकाश शर्माले गणितीय रुपमा सिंगोसिंगो दलहरु रहेर सुनिश्चित ढंगले काँग्रेस पार्टीलाई नै प्रस्ताव गरेको अवस्था बन्नुपर्ने बताएका छन् । यसबाट काँग्रेस अझै ढुक्क बन्न नसकेको देखिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको दौडमा नरहेको बताइसकेका छन् । उनी जसरी पनि ओलीको बर्हिगमन चाहन्छन् । प्रचण्ड देउवा या जसपा नेतामध्येबाट प्रधानमन्त्री समर्थन गर्न तयार छन् ।

जसपाबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्रीको दौडमा छन् । उनीहरु दुईमध्ये एक नाममा सहमति बनेर पनि अविश्वासको प्रस्ताव आउन सक्छ । त्यसका लागि देउवाको समर्थन जरुरी हुनसक्छ ।

प्रतिनिधि सभामा काँग्रेस, माओवादी केन्द्र र जसपाको गणित अविश्वासको प्रस्ताव पारित गर्न पर्याप्त छ । तर, ती दल सग्लै हुनुपर्ने र फ्लोर क्रस नहुने अवस्था हुनुपर्छ ।

प्रतिनिधिसभामा काँग्रेसले प्रयोग गर्न सक्ने ६३ मत मध्ये ६२ मत छ । माओवादी केन्द्रको ५१ मतमध्ये ३ मत एमालेमा पुगेको छ । जसपाको ३४ मध्ये ३३ मत प्रयोग हुनसक्छ । प्रयोग गर्न पाउने मत यताउता नभए १४४ मत पुग्छ । जुन प्रतिनिधिसभाको २६५ सांसद संख्याको बहुमत संख्या हो । गणित यथास्थितिमा रहेर तीन दलको समिकरण बनेमा अविश्वासको प्रस्ताव आउन सक्छ ।

तीन दलमध्ये कुनै एक दलमात्र विभाजित भएमा भने अविश्वासको प्रस्ताव असफल हुन्छ या अविश्वासको प्रस्ताव नै रोकिन्छ । अविश्वासको प्रस्ताव असफल भएमा ओली अर्को एक वर्ष सत्तामा ढुक्कले रहन्छन् ।

तीन दलमध्ये कुनै एक दल फुटेको अवस्थाबीच एमालेको मत यताउता भएपनि अविश्वासको प्रस्ताव पारित हुनसक्छ । तर, ह्वीप लगाइसकेको अवस्थामा त्यस्तो कदम चालेमा सांसद पद स्वतः जाने व्यवस्था छ ।

प्रतिनिधि सभाको अंकगणितले अविश्वासको प्रस्ताव ल्याउन आफैमा जोखिम छ । कुनै एक दलको बहुमत नपुग्दा अर्को दलको साथ लिनुपर्ने अवस्था छ । तर, सत्ता समिकरणले दलहरुको एकता नै धरापमा पर्ने जोखिम पनि छ । यसकारण पनि दलहरु निकै संयमित भएर सुस्तरी बढिहरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय