बिहिबार , चैत्र १५, २०८०

वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी विज्ञानको हो । जसले आवश्यक ज्ञान प्रदान गर्दछ ।

विज्ञानले सबै ब्रहमण्डको अध्ययन गर्नका साथै आफनो कामको जिम्मेवारी समेत लाई ध्यान दिने काम गर्दछ । विज्ञानले पृथ्वी वा सृष्टिको निकै गहिराईमा पुगेर गहन रुपमा अध्ययन गर्ने गरेको छ ।

यसका साथै यसले चन्द्रमा, मंगलग्रह समेतमा पनि मानिस सहित विभिन्न खालका वायुयान लाई पठाएर विज्ञान वा वैज्ञानिक अध्ययन गरिरहेको छ । आज भोली त अव पृथ्वीमा जीव रहन सक्ने वा नसक्ने के हो ? यो अवका दिनमा अयोग्य हुन्छ कि भन्ने डर समेत हुन थालेकोले त्यो विषयमा पनि अध्ययन लाई अगाडी बढाएको छ ।

विश्वका सवै ॐ कार ध्वनीहरुको लागी भनौं वा नेपाली हिन्दुहरुको लागी चाडपर्वहरुको सुरुवाति सिलान्यास भनेको नै नागपञ्चमी हो । तत्पश्चात रक्षाबन्धन जनै पूर्णीमा अनि मात्र कुसे औसी आउने गर्दछ । कुसे औंसी देखि शुभ चाडपर्व औपचारिक दृटिकोण बाट सुरुवात भएको मानिन्छ ।

यो औंसीमा राखेको कुश ठिक एकवर्ष सम्म घरमा हुने शुभ तथा अशुभ कार्यमा प्रयोग गरिन्छ । यो कुश सृष्टिको संहारकर्ता भगवान विष्णुको कपाल बाट प्राप्त चिजका रुपमा लिने परम्परा छ । विष्णु रुपी कुश, तुलसी पत्र, पिपल, शालिग्राम लाई भगवान मान्ने प्रचलन हिन्दु शास्त्रले पेश गरेका छन् ।

श्रावण महिनाको श्रावण शुक्लपक्ष, सुर्याेदक्षिणायणे, वर्षा ऋतुमा पर्ने पञ्चमी तिथिका दिन पर्ने पर्व लाई नै नागपञ्चमी भनिन्छ । यो वर्ष श्रावण २९ गते विहीवार वा आजको दिन परेको छ । आजका दिन देखि नै हिन्दुहरुका चाडपर्वको सुरुवाति दिन पनि मानिन्छ ।

उक्त दिनमा काठमाण्डौंको नक्साल कान्तिपुर नागपोखरीमा ठुलो मेला समेत लाग्दछ । नागपञ्मीका दिन देखि नै हिन्दुहरुका सबै संस्कार तथा पुजा आजा सुरु हुने गर्दछन् । यसलाई हिन्दुहरुको चाडपर्व सुरु हुने महिनाकाररुपमा पनि लिने गर्दछौं ।

वास्तवमा नागपञ्चमीको निकै महत्व ठानिन्छ । नाग भगवान शिवजीको मालारुपी स्वरुपमा पनि मानिन्छ । सत्य, तेत्रा, द्दापर युगमा भगवान शिवजीले आफनो गलामा नागको माला लगाउने, विषभाङ धतुरो सेवन गर्ने, खरानी घस्ने तथा नाङो भएर आफुलाई आनन्द दिने प्रचलन भएको आधारहरु हिन्दु दर्शनका विभिन्न धार्मीक पुस्तकहरुमा अध्ययन गर्न सकिन्छ ।

नागलाई अर्काे अर्थ सर्प हो । सर्प यो ब्रामाण्डको एक खतरनाक वा डरलाग्दो प्राणी हो । यो घिस्रेर हिड्छ । आफनो सुर तथा तालमा यो चलायमान रहन्छ । यो गर्मी समयमा मात्र यो बाह्य संसारमा देखा पर्दछ । तर जाडो मौसममा भने न्यानोको लागी दुला, खोल्सामा बस्ने गर्दछ । यसलाई नजिस्काए सम्म वा यसमा ठक्कर नलागे सम्म यसले खासै क्षति गर्ने वा डस्ने काम गरेको पाईदैन । यसका पनि विभिन्न प्रजाति रहेका छन् । यहि प्राणी लाई नै भगवान शिवजीको गहना वा माला मानिएको हो ।

यदि जो व्यक्ति संग भगवान शिवजी रिसाउने काम गर्नु हुन्छ । त्यसलाई नै आक्रमण गर्नका लागी आफनो गहनाको माध्याम प्रयोग गर्नु हुन्छ भन्ने किवदन्ति पनि रहेको पाईन्छ । नाग लाई हिन्दुहरुको भगवान शिवजीको माला वा गहना मानेर नै नागदेवताको रुपमा उक्त दिन विशेष रुपमा विधि तथा विधान स्वरुप मान्ने गरिन्छ ।

उक्त दिन गाईको दुध सहित कपासका विभिन्न सर्प आकार चिन्ह् त्यो पनि अविर, सिन्दुर विभिन्न रङ्हरको प्रयोग गर्ने प्रचलन छ । अगरवत्ति, धुप, दियो वा वत्ति, विभिन्न पुजा सामाग्री सहित ब्राह्मण लाई बोलाएर यथामति पूर्वक नागदेवताको विधि सहित पूजा अर्चन गर्ने परम्परा रहेको छ ।

ब्राह्मण लाई यथामति दान तथा दक्षिणा पनि दिने प्रचलन छ । यसो गर्दा उक्त घरमा कहिल्यै पनि नागदेवताको आगमन नहुने , नाग बाट आक्रमण पनि हुदैन भनिएको छ ।

अर्काे तर्फ अकाल वा नराम्रो तरिकाले मृत्य भएकाको लागी यस दिन त झन् नागको पुजा अर्चन अनिवार्य गर्नु पर्ने चर्चा गरुडपुराणमा गरिएको छ । जस्तो कि नदिमा डुब्ने वा बगेर मरेका, नागदेवताले डसेर मरेका, आफैले विषको सेवन गरेर मरेका, झुन्डिएर मरेका, यातायातका साधन वा दर्घटनामा ज्यान गएका, रुख तथा भिर वा अन्ने ठाउंबाट खसेर

मृत्य वरण गरेका आत्महत्या गरेर मरेका त्यस्ता अकालमा मरेका सबै व्यक्तिहरुको लागी त्यो दिनमा विशेष रुपमा नागदेवताको पुजाअर्चन गर्ने गर्नु अनिवार्य मानिन्छ । उनीहरुको नाममा नारायणवली लगाएर विधि तथा विधानले पुजा अर्चनाको आवश्यकता पर्ने कुरा १८ पुराण मध्यको एक महत्वपूर्णमा चर्चा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय