मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनीति

त्रिभुवन विश्वविधालय पदाधिकारीको निर्देशनमा सुनियोजित ढंगले नेपाल विद्यार्थी संघ,त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावल माथी विद्यार्थी हक-हितका निम्ति आवाज उठाउदै गर्दा षड्यन्त्र पुर्वक फसाई निहित स्वार्थ पूरा गर्न उच्च अदालत पाटनमा मिति २०७७/०४/१६ मा दर्ता न• 077-WO-0083 मा दर्ता भएको मुद्दा सम्मानित उच्च अदालत पाटनले सुनियोजित भन्दै खारेज गरेको छ|

तस्विरमा हेर्नुहोस्

सम्मानित उच्च-अदालत पाटनका माननीय न्यायाधीश भोजराज अधिकारि र माननीय न्यायाधीश जगत बहादुर थापाको संयुक्त ईजलासले विश्वविधालयमा विद्यार्थीका आवाज बुलन्द गर्ने दायित्व विद्यार्थी नेताको हुनु स्वभाविक भन्दै सचीव रावल विरुद्धको रिट खारेज गरेको हो|

नेवि संघ त्रिभुवन विश्वविधालय समितिले विभिन्न शैक्षिक माग राखी बारम्बार ज्ञापनपत्र बुझाउदा समेत उपकुलपतिले ब्यवास्ता गरेपछी सचीव रावलको नेतृत्वमा विश्वविधालय प्रशासनमा अनिश्चितकालिन तालाबन्दी भएको थियो|

उच्च अदालत पाटनको फैसला पछि प्रतिक्रिया दिदै सचिव रावलले भने-शैक्षिक स्थल बिचार,संम्वाद र अन्तरक्रिया बाट तार्किक निष्कर्षमा पुग्ने थलो हो| त्रिवि प्रशासनले ओलि सरकारकै जस्तो अकर्मण्यता र असंबेबेदनशिलता देखाउने दृष्टता नगरोस्|

आजको २१औं सताब्दिमा पनि कसैले बिश्वविधालयका विद्यार्थीको आवाज थुन्छु भन्ने चेष्टा राख्छ भने त्यो मुर्खता हो| तानाशाहहरुले हाम्रा आवाजहरु थुनी हामीलाई जेल पठाउदा समेत त्यही जेल भित्र बसि केन्द्रिय कारागार भित्रै निर्माण भएको कलम-मशाल अङ्कित झण्डा शिरमा बेरेर सत्यको पक्षमा बोल्यौ र देशमा यति ठुलो परिवर्तन ल्यायाैँ |

सत्यको पक्षमा आवाज उठाउदा कसैले हामिलाई थुन्छ भने हामी थुनिन तयार छौँ तर कसैको अघि झुक्दैनौ,निरन्तर आवाज उठाउँछौ| हामी डगमगााउँदैनाैं| अहिले पनि हामी अनशनरत छौँ,४४औं दिनमा अनशन चलिरहेको छ| बिश्वविधालय सुधारका हाम्रा मागहरु पूरा हुनपर्छ| अन्यथा हामी लडिरहन्छौ|

नेवि संघ त्रिभुवन विश्वविधालय समितिले उपकुलपति समक्ष तल उल्लेखित मागहरु राखेको र उपकुलपतिले यी मागहरु पूरा गर्न नसकेको भन्दै नेवि संघले त्रिभुवन विश्वविधालयमा विश्वविधालय पदाधिकारी प्रवेश निषेध गरेको थियो|

१. हालका पदाधिकारी आएको १ वर्ष पुरा भयो, विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक एवं भौतिक सुधारको न कुनै भिजन छ न योजना र कार्यक्रम नै ।

२. आफु नियुक्ति भएदेखि नै प्राज्ञिक मर्यादा र क्षमताको आधारमा होइन दलीय रुपमा भक्त नेकपाका झोले कार्यकर्तालाई नियुक्ति गरी त्रि.वि.लाई दलीयकरणको पराकाष्ठमा पुर्याएको ।

३. त्रि.वि. विभिन्न निकायमा पदाधिकारी नियुक्ति गर्दा त्रि.वि.को नियमलाई लत्याएर मनपरी ढंगले आफ्ना कार्यकर्ता भर्ती गरी त्रि.वि.को ऐन नियमको खिल्ली उडाएको ।

४.लामो समय देखि उच्च शिक्षाका नाममा बिश्व बैंकबाट ऋण लिदै आएता पनि बिद्यार्थीले महगो शुल्क तिर्नु परिरहेको तर पनि शैक्षिक क्षेत्रमा केही सुधार नदेखिदा नदेखिदै आम सरोकारवाला संगको बृहत समिक्षा बिना नै पुनः ऋण लग्ने तयारी भैरहेको|

५. कोभिड १९ को महामारीको समयमा विश्वविद्यालयजस्तो संस्था ६ महिनासम्म कक्षा सञ्चालन, परीक्षा व्यवस्थापन लगायतका नीति र कार्यक्रम तय गर्न असक्षम र असफल देखिएको ।

६. विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको पठनपाठन, परीक्षालगायतका लगायतका विषयमा विद्यार्थीको हकहितमा विभिन्न मुद्दाहरु उठाउने र त्यसका लागि उपयुक्त व्यवस्थाको माग गर्ने विद्यार्थीहरुलाई झुट्ठा मुद्दा लगाई सार्वजनिक मुद्दा लगाउने दुस्साहस गरेको ।

७. त्रि.वि.को शैक्षिक प्राज्ञिक क्रियाकलाप सञ्चालन र प्रशासनिक व्यवस्थापनमा त्रि.वि. को ऐननियम विरुद्धका कार्यहरु तत्काल खारेज गरी यस्ता क्रियाकलाप बन्द गर्न आवाज उठाउने नेवि संघ त्रिवि समिति सचीव योगेन्द्र रावल बिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरि विश्वविद्यालयजस्तो उच्च शैक्षिक संस्थाको इतिहासमा कहिले नभएको दुर्गन्धित हर्कत गरिएको छ ।

८. पदाधिकारीमा हाल देखिएको सर्वसत्तावादी सोचबाट त्रि.वि.लाई मुक्त गरी स्वच्छ प्राज्ञिक शैक्षिक संस्थामा परिणत गर्न ।

९. विश्वविद्यालयको एकाडेमिक क्यालेण्डर कायम गर्ने र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न ।

यी नै माथि उल्लेखित बिषयमा विद्यार्थीको बिचमा बसि आवाज उठाएकै भरमा सचीव रावल माथी विश्वविधालय प्रशासनले षड्यन्त्र पुर्वक दर्जनौं मुद्दा दर्ता गर्दै आएको थियो|

तर पनि नेवि संघ त्रिभुवन विश्वविधालय समिति आफ्ना माथी उल्लेखित मागहरु पूरा गराउन अहिले पनि आन्दोलनरत छ| विश्वविधालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार बिगत ४४ दिन देखि विश्वविधालय हाता भित्र प्रवेश गरेका छैनन् |

उपकुलपति कार्यालयको मुल गेटमै बिगत ४४ दिन देखि नेवि संघको रिले अनशन चलिरहेको छ|

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय