
काठमाडौँ । सत्ता साझेदार दलबीच नै असन्तुष्टि बढ्दै गएका बेला रास्वपाले सरकारबाट मन्त्री फिर्ता बोलाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल थप दबाबमा परेका छन् ।
रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ नआएसम्म उनलाई सरकारमा फिर्ता नल्याउने अडानमा प्रधानमन्त्री दाहाल बसे ।
लामिछानेलाई पुरानै जिम्मेवारीसहित सरकारमा सहभागी गराउन सत्ता साझेदार रास्वपाले मात्र होइन, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूले समेत निरन्तर दबाब दिए ।
दाहाल आफ्नो निर्णयमा कायम रहँदा लामिछाने नेतृत्वको रास्वपा सरकारबाट अलग भएको छ ।
प्रधानमन्त्री दाहालले आज प्रमुख दलका सचेतकहरु सँग छलफल गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विभिन्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएको छन् ।
वालुवाटार स्रोतका अनुसार प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलका प्रमुख सचेतकहरुसँग अहिले बिहान ९ बजे सामुहिक छलफल गर्ने भएका हुन् ।
‘प्रधानमन्त्रीले संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने बिजेनसका बारेमा राय लिने विषयमा छलफल गर्न लाग्नुभएको छ,’ वालुवाटार स्रोतले भन्यो ।
प्रधानमन्त्री प्रचण्डले संसदलाई अझ प्रभावकारी रुपमा लैजानका लागि यो बैठकको आयोजना गरेका हुन् ।