बिहिबार , बैसाख १३, २०८१

आखिर किन आयो होला त धमलालाई १०३ डिग्रीको ज्वरो ? जनता जान्न चाहान्छन ॥

र यो पनि
रबि लामिछाने सरकारबाट बाहिरिए लगत्तै गर्जिए बाघ झै,एकाएक नामै ताेकेर गरे पर्दाफास (भिडियो सहित)

https://nepalirajneeti.com/archives/45358राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार डेढ घन्टा लगाएर मनको भँडास पोखे। नागरिकता पुन: कायम नगरेकै कारण माघ १३ गते सर्वोच्च अदालतको एकै आदेशले चार पद चट भएपछि रन्थनिएका रविले यो भँडास नपोखाउन कसरत नगरेका होइनन्। उनले गृहको हत्ते गरे।

तर सत्ताको लगाम समातेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँगैको यात्रामा रविलाई राख्नै नचाहेपछि रास्वपा ४१ दिनमै सरकारबाट आउट भयो। यही झोकमा सीधा कुरा गरे। यो सरकारमा रवि ३२ दिन बस्न पाए भने रास्वपाका अरु मन्त्रीले २० दिनमात्र मन्त्रालयमा हाजिर हुन पाए।

मंसिर पुस ११ को पहिलो मन्त्रिपरिषद्मा रवि उपप्रधान तथा गृह बने पनि माघ ३ मामात्र मन्त्रिपरिषद विस्तार भयो। रास्वपाबाट रविसहित शिशिर खनाल, डोलप्रसाद अर्याल मन्त्री बन्दा डा तोसिमा कार्की राज्यमन्त्री बनेकी थिइन्।

पब्लिक खपतका कुरा, राजनीतिक दलका नेताबारे मौन: रवि टेलिभिजनका कार्यक्रममा नेताहरुको भण्डाफोर गर्न उत्रन्थे। उनै नेतासँग अहिले रविको उठबस हुन थालेको छ। यसैले पनि होला रविले आइतबार नेताहरुबारे चुइक्क बोलेनन्। बरु उनले पत्रकारितामा सक्रिय रहेका ऋषि धमलालाई सर्कसको जोकर भन्न भ्याए भने पत्रकारिता छाडेर राजनीतिमा जोडिएका रविन्द्र मिश्रलाई विवेकशील साझा सक्काउने पात्रको रुपमा लञ्छना लगाए।

त्यस्तै ट्वीटरमा सक्रिय रहेका डा रामेश कोइरालालाई पनि रिस साँध्न भ्याए। आफ्नै कारण पद गुमाएका रविले मिडियाका १२ भाइमाथि नामै किटेर पटकपटक आक्रोश पोखे। तर राजनीतिमा आफ्नो भविष्य खोज्न अब नेताहरुलाई छुन नहुने रहेछ भन्ने ‘माइन्ड वास’ सायद कसैले गरेकै होला रविको। त्यसैले उनी नेतामाथि पोखिएनन्। किन भने सत्ता साझेदारीका लागि ‘हबनब’ को स्पेस त बाँकी राख्नैपर्‍यो। अर्को सर्वोच्चको पूर्णपाठले सेक्ने डर उत्तिकै छ।

उनले विशेष पत्रकार सम्मेलन गर्नुअघि कांग्रेस उपसभापति धनराज गुरुङले ड्याङमा मिसिन आएका उही ड्याङका मुला भएको तुलना गरेका थिए रविको। नभन्दै नेतामाथि चुईक्क नबोलेर उनले गुरुङको भनाईलाई पुष्टि गरिदिए। गुरुङले रवि पनि कानै चिरेको जोगी रहेछ भन्दै अभिव्यक्ति दिएका थिए प्रतिनिधि सभामा।

‘मन्त्री प्रधानमन्त्रीकै लागि झिनाझम्टी गरिरहेका छौ। नयाँ साथीहरु आउनुभयो। केही परिवर्तन हुन्छ कि भन्ने थियो। तर बडो गजब भयो,’ गुरुङले भनेका थिए, ‘जुन जोगी आए पनि कानै चिरेकै भन्थ्यौं हामी।

हामी त कान चिरेका थियौं। नयाँ पनि कानै चिरेका रहेछन्। अर्को उखान छ -तिमी पनि त उही ड्याङको मुला त हो नि। हैन भन्थे म। तर उही ड्याङकै जस्तै भयो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय