शनिबार , बैसाख ८, २०८१

२ रविले सबै मिडियाको पोल खोलिदिएपछी पत्रकार महासंघले भर्खरै जारि गर्यो यस्तो बिज्ञप्ति –
३ रास्वपाका मन्त्रीहरुले बुझाए प्रधानमन्त्री प्रचण्डलाई राजीनामा

म जेल परे पनि रास्वपा अघि बढ्छ, अब प्रधानमन्त्री हुने गरी अभियान चलाउछौँ : रवि लामिछाने
५ म बाकसमा फर्किएको हैन केहि गर्छु भनेर मेरी आमाको काखमा फर्किएको हु:

रबि लामिछाने
६ कान्तिपुर, अनलाइनखबर, सेतोपाटि, अन्नपूर्णपोस्टलाई रविको च्यालेन्ज
७ मैले कहिल्यै गृहमन्त्रालय चाहिन्छ भनेको थिएन: रबि लामिछाने
८ रास्वपाका मन्त्रिहरुले आज नै प्रधानमन्त्री सामु सामुहिक राजीनामाको पत्र बुझाउने

९ Breaking: सरकारबाट बाहिरिने रास्वपाको निर्णय
१ रवि लामिछानेले ऐय्या भन्दा जसलाई पर्‍यो चोट ! (भाषणसहित)
Home रविले सबै मिडियाको पोल खोलिदिएपछी पत्रकार महासंघले भर्खरै जारि गर्यो यस्तो बिज्ञप्ति –

साझा खबर
रविले सबै मिडियाको पोल खोलिदिएपछी पत्रकार महासंघले भर्खरै जारि गर्यो यस्तो बिज्ञप्ति –
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले

आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिएका छन्।रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले यस्तो चेतावनी दिएका हुन्।

तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले गलत समाचार लेखे आफ्ना समर्थक लिएर कान्तिपुर घर्न पुग्ने बताएका हुन्।गलत समाचार लेख्ने मिडियालाई आफूले आफ्नो तरिकाले कारबाही गर्ने लामिछानेको चेतावनी थियो। आफ्ना समर्थक लिएर मिडियाका कार्यालयमा गएर धर्ना दिने उनले बताए।

पत्रकार सम्मेलनका क्रममा उनले मिडियाले आफूलाई बदनाम गर्न निरन्तर प्रहार गरेको बताएका थिए। त्यसक्रममा उनले उकेरा डटकमलाई भने उनले धन्यवाद दिएका थिए। आफ्नोबारेमा तथ्यका आधारमा समाचार लेखेको भन्दै उनले उकेरालाई धन्यवाद दिएका हुन्।

उनले नामै तोकेर पत्रकारहरुलाई आफूसँग चितवन २ मा चुनाव लड्न आउन चेतावनी पनि दिएका थिए। यसैबीच यता नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यमबारे दिएको अभिव्यक्तिको कडा आलोचना गरेको छ ।

आइतबार साँझ एक विज्ञप्तिमार्फत महासंघले रविले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको निष्कर्ष निकालेको छ ।“सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति

चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ । लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ । साथै, आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्दछ,” महासंघका महासचिव रोसन पुरीले भनेका छन् ।

संसद्को चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको भनाइ छ ।“सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार

प्रतिष्ठन र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ,” महासंघले भनेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने महासंघले जनाएको छ ।यसो छ बिज्ञप्ति – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार हो ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठन र सञ्चारकमी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लमिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्नेमा महासंघ प्रष्ट पार्न चाहन्छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित हुने छैन ।सञ्चारमाध्यममा

प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ ।

लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासंघ कडा शब्दमा निन्दा गर्दछ । साथै आफ्नो अभिव्यक्ति फिर्ता लिइ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग महासंघ जोडदार माग गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय