बिहिबार , बैसाख १३, २०८१

सत्य के हो ?
साक्षात शिव नै आएर तपाइलाइ ग्यान दिए नि सत्य त्यही हुदैन ।
१) देखेको सत्य हुदैन – आकाशमा हेर्दा चन्द्र र सुर्य समान आकार र दुरिमा देखिएपनि ती समान आकार र दुरिमा छैनन । त्यसैले देखेको सबै सत्य हुदैन ।

२) सुनेको सत्य हुदैन – कसैको बारेमा राम्रो र नराम्रो चर्चा हुदा त्यही व्यक्तीसङ्ग सङ्गत नगरुन्जेल त्यो व्यक्तीको प्रकृति थाहा हुदैन । त्यसैले सुनेको सत्य हुदैन ।

३) चाखेको सत्य हुदैन – समय नै नपुगी खाएको काचो आँप अमिलो भयो भन्दैमा सबै आँप नै अमिलो हुन्छ भन्ने सोच्दा थाहा हुन्छ कि चाखेको नि सत्य हुदैन ।
त्यसोभए सत्य के हो त ?

बुद्धले भनेका थिए कि “जबसम्म तपाइको जिवनमा लागू हुदैन वा तपाईं स्वयमले अनुभव गर्नुहुदैन मेरो वचन सत्य नमान्नु”
फरक फरक मानिसको लागि विषयको सत्य फरक हुन सक्ला । कसैले अमिलो आँप चाखेर सबै आँप नै अमिलो सोच्नु र कोहि मान्छे सुनेको भरमा नराम्रो लाग्नु क्षणिक सत्य हुन ।

जिवनको अर्थ नै क्षणिक सत्यबाट मुक्ती पाउनु अर्थात वास्तविक सत्य खोज्नु हो । जसरी भौतिक दुनियाको आफ्नै प्राकृतिक नियम छ (Gravity, Aerodynamics etc.) त्यस्तै आध्यात्मिक दुनियाको पनि आफ्नै नियमहरु छन । यो तपाईं जन्मिनु अघि पनि लागू थियो तपाइको मृत्यु पश्चात् नि लागू हुनेछ ।

तपाईं नहुदा Gravity ले काम गर्दैन भन्ने हुदैन । भौतिक दुनियाको अन्वेषकहरु वैग्यानिक कहलिए भने आध्यात्मिक दुनियाको अन्वेषक वा खोजकर्ताहरु ” ऋषि मुनि” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय