बुधबार , बैसाख १२, २०८१

म्रो ज्योतिषीय भाषामा साढेसाती दशा!पूर्वीय ज्योतिष सिद्धान्त गते, बार, महिना, अयन, वर्ष, राशि, ग्रह, नक्षत्र, पञ्चांग, दशा र तिनमा आउने परिवर्तनमा आधारित छ । यसलाई सिद्धान्त, संहिता र होरा गरी तीन भागमा र अरु विभिन्न उपभागहरुमा वर्गीकरण गरेको पाइन्छ । जसले गणित, फलित र उपचारका बारेमा विस्तृत चर्चा गर्छ ।

ती शास्त्रका अनुसार समस्त आकाशमण्डललाई ३६० डिग्रीमा बाँडिएको छ र ती ३६० डिग्रीले एक वर्षका दिनलाई प्रतिनिधित्व गर्छन् । त्यो ३६० डिग्रीलाई १२ भागमा बाँडेर बाह्र वटा महिनामा वर्गीकरण गरिएको छ र हरेक महिनाको प्रतिनिधित्व मेषदेखि मीनसम्मका एकएक राशिले गर्छन् ।

तारामण्डलको समूहलाई नक्षत्र भनिन्छ जुन अश्विनीदेखि रेवतीसम्म २७ वटा हुन्छन् । सूर्यदेखि शनिसम्मका सातवटा बारले सातवटा ग्रहलाई प्रतिनिधित्व गर्छन् । बाँकी दुई ग्रह राहु र केतु छायाँ ग्रह भएकाले तिनीहरुको आफ्नो बार भने छैन । राहुलाई शनिजस्तै र केतुलाई मंगलजस्तै फल दिने आधार मानेर हेर्ने चलन छ ।

खगोल शास्त्रीय यथार्थमा सबै ग्रहहरुले सूर्यको परिक्रमा गर्ने भए पनि ज्योतिर्विज्ञानले हामी बसेको पृथ्वीलाई स्थिर मानेर अरु ग्रहहरु आकाशमा परिक्रमा गरेको मान्दछ । यस अर्थमा सबै नौ ग्रह आफ्नो आफ्नो बाटोमा माथि भनिएको ३६० डिग्रीको वृत्तमा आफ्नो आफ्नो गतिमा सदैव भ्रमण गरिरहेका हुन्छन् ।

जसलाई ग्रहको गोचर भनिन्छ । खगोल शास्त्रका अनुसार त्यो ३६० डिग्री वा सबै राशिमा एक पटक भ्रमण गर्न विभिन्न ग्रहहरुलाई फरकफरक समय लाग्छ । यस्को मूख्य कारण ग्रहहरुको पृथ्वीबाट फरक दूरी र उस्को आफ्नो फरक फरक गति हो ।

सूर्यले करिब एक वर्षमा त्यो वृत्त भ्रमण पूरा गर्छ भने चन्द्रमाले करिब २७ दिनमा त्यो वृत्त पुरा गर्छ । मंगलले यो वृत्त एक वर्ष ६ महिनामा, बुधले लगभग १२ महिनामा, बृहस्पतिले करिब १२ वर्षमा, शुक्रले एक वर्षमा त्यो वृत्त पूरा गर्छन् ।

शनिलाई त्यो वृत्त पूरा गर्न तीस वर्ष लाग्छ । शनि एउटा राशिमा झन्डै लगभग साढे दुई वर्षसम्म रहन्छ । यस अर्थमा शनिलाई यो वृत्त पूरा गर्न अरु ग्रहको तुलनामा सबैभन्दा बढी समय लाग्छ । तसर्थ यसलाई ढिलो ग्रह पनि भनिन्छ ।

माथिको वृत्त पूरा गर्न लाग्ने समय हेर्दा, चन्द्रमा करिब सवा दुई दिन एउटा राशिमा बस्छ भने सूर्य, बुध र शुक्र एक एक महिना, बृहस्पति करिब एक बर्ष र मंगल करिब ४५ दिन एउटा राशिमा बस्छन् । तसर्थ ज्योतिषीरुले

दैनिक र साप्ताहिक राशिफल चन्द्रमाको गोचर र त्यसको प्रभावबाट, पाक्षिक, मासिक र त्रैमासिक सूर्यलगायत बुध, शुक्र र मंगलको गोचरबाट, अद्र्धवार्षिक र वार्षिक बृहस्पति र शनिको गोचरबाट निकाल्ने गर्छन् । तसर्थ ती पूर्ण र सधैं सबै विषयमा मान्य नहुन सक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय