बिहिबार , चैत्र १५, २०८०

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गरेको आरोप लगाएका छन् ।

बुधबार झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि विधान र नवौं महाधिवेशनको निर्णय अनुसार अगाडि बढ्नुपर्नेमा जथाभावी निर्णय गरेको बताए ।

‘केपी ओलीले जुन ढ्रगले त्यो काम गर्नुभएको छ । पार्टीलाई विभाजन र विसर्जनतर्फ लैजाने दुष्प्रयास गर्नुभएको छ । यसले पार्टीमा रोष पैदा भएको छ’ उनले भने ।

गत फागुन २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरुको उपस्थितिमा एमालेको पदाधिकारी खारेज गर्ने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र विधान संशोधन गर्ने निर्णय गरेका थिए ।

वरिष्ठ नेता खनालले अध्यक्ष ओलीले चालेको कदम र आगामी दिनमा पार्टीले चाल्नुपर्ने कदमबारे राष्ट्रिय भेलाले दिने निश्कर्ष अनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय