
कस्तो देशमा जन्म लिएछू भन्दै एकान्त ठाउँमा रोएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल रबिको पार्टीमा तारा बरालको दमदार घोषणा
रबि गृहमन्त्री आजै बन्ने ४ प्रमाण, हेर्नुसमैले यस्तो कदम चाल्न खोज्दा मेरो बिरोध गरियको हो । ढुक्क हुनुस जनताले मलाइ गरेको बिस्वास टुट्न दिने छैन
-रबि लामिछाने bमैले यस्तो कदम चाल्न खोज्दा मेरो बिरोध गरियको हो । ढुक्क हुनुस जनताले मलाइ गरेको बिस्वास टुट्न दिने छैन -रबि लामिछानेरवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले फैसला सुनाएपछि सामाजिक सन्जालमा उनको पक्ष/विपक्षमा प्रतिक्रियाहरु आउने क्रम जारी छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा रहेका लामिछाने नागरिकताकै विषयमा पदबाट बाहिरिनुपर्यो । साथै सांसद, राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष र संसदीय दलको नेताबाट पनि लामिछाने बाहिरिनुपर्यो ।
लामिछाने चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार लामिछानेको सांसद
पद खारेज गरिदिएपछि लामिछानेले छोटो समयमा प्राप्त गरेको राजनीतिक उचाइमा धक्का लागेको छ । उनीमाथि नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सांसद बन्न अयोग्य ठहर गर्दै सर्वोच्चले फैसला सुनाएको हो ।
हेरौं सामाजिक सन्जालमा कसले के भने-
सामाजिक सन्जालमा लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्यालले अदालतको फैसलापछि सबै शुभचिन्तकहरुलाई पार्टीका तर्फबाट संयम रहन अनुरोध गरेका छन् ।
उसो त शुक्रबार साँझै अर्याल पार्टीको कार्यवाहक सभापतिसँगै संसदीय दलको नेतासमेत बनेका छन् । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शुक्रबार नै विज्ञप्ति जारी गर्दै अर्याललाई संसदीय दलको नेता र कार्यवाहक सभापति चयन गरिएको जनाएका थिए ।
डीपी अर्याल
हामी यो देशलाई समृद्धितिर लग्न र जनतालाई नेपाली हुँ भनेर गर्बको साथ भन्न सक्ने बनाउन मैदान मा उत्रेका हौं त्यो तपाईं हामीले नै गर्नुपर्नेछ । स्वदेश तथा विदेशमा रहनुहुने सबै सदस्य र शुभचिन्तकहरुलाई सम्यम भैदिन अनुरोध गर्दछौं ।
चन्द्रकिशोर
एक अनागरिक देशको गृहमन्त्री बन्छ, राष्ट्रिय सुरक्षा संवेदनशीलताका सबै विषयसँग अवगत हुन्छ र हामी आपसमा केवल पहाड-मधेसको कोणबाट विवेचना गर्नमा व्यस्त हुन्छौं ।
सबको सन्मति दें भगवान !
नेपाली क्रान्तिको इतिहासमा चितवनबासीको योगदान स्तूत्य छ । रवि लामिछाने जो अनागरिक नेपाली भाषी थिए तिनलाई मत दिएर जिताउने चितवन २ का मतदाता यतिखेर नैतिकताको कठघरामा उभिएका छन् । मतदान गर्दा निकै सुझबुझ र संयम न देखाए ,केवल बतासे तालमा भोट दिँदा यस्तै अप्रतिनिधित्वको अवस्था आइपुग्छ ।
रामेश कोइराला
बीसका बीस सांसद रविको छविले बनाएको जगका कारण चुनिएका हुन् । तर अब जग नै अनैतिक भइसकेपछि ती १९ ले के गर्लान् ? कमसेकम एकजनाले पनि ग्लानिबोध गरेर सांसद पदबाट राजीनामा देलान् त ? कि पदमा लिसो झैँ टाँसिइरहलान् ? कि दुई-चारदिन लुक्लान् ? के गर्लान् त ? हेर्दै गर्नूस्, जनतासँग सीधा कुरा !
रामेशले ट्विटरमा लेखेको यो स्टाटसमा ४० जनाले कमेन्ट गरेका छन् । ५७ जनाले रिट्विट गरेका छन् भने ४७९ जनाले रियाक्सन जनाएका छन् । रामेशको ट्विटमा विभिन्न व्यक्तिले कमेन्ट पनि गरेका छन् । जसमध्ये रामेशलाई डा. आनन्द गिरीले ‘नेपाली राजनीतिमा नैतिकता त दिउँसै टुकी बालेर खोज्नुपर्ला, रविको मात्र के कुरा गराइ भो र… ’ लेखेका छन् ।
गिरीको प्रतिक्रियास्वरुप रामेशले त्यो त हो तर सुशासन ल्याउने भनेर आएकासँग अलिक बढी खोज्ने कि ?
विशाल भण्डारी
न्यायालयको फौसला स्वीकार्छु भन्नु भनेको रवि लामिछानेको राजनीतिमा लामो छलाङ मार्ने लक्षण हो ।
बाटो खुल्लै छ।
आइतबार नागरिकता लिने
अनि फेरि निर्वाचनमानिर्वाचनमा भिडेर जितेर रबि लामिछानेलले अझै पनि राजनीति गर्ने हो भने नेपाली जनतासग माफी मागेर गैरनागरिकका रुपमा साम्सद तथा गृहमन्त्रीका रुपमा लिएको सेवा सुबिधाका लागी भएको खर्च राज्यकोषमा दाखिला गर्नपर्छ । अनि नागरिकता पुन प्राप्तिको प्रक्रिया पूरा गर्नपर्छ । नत्र भने भ्रम नपालौं ! देशको कानुन नमान्ने अनि उल्टै अरुलाई गाली गर्ने र अर्ती उपदेश दिनेले केही लछारपाटो लाउँदैनन् ।
भीम उपाध्याय
सर्बोच्चमा कसैले रिट नहालेको भए त नेपाली नागरिक भईनसकेकाहरू पनि सांसद, मन्त्री वा उस्तै साईत परे प्रम पनि भइरहने रहेछन्। कसैले रिट हाल्यो, संविधान ऐन नियमको अन्तिम ब्याख्या भयो, अन्यौल विवाद हट्यो।
अब कानुनले तोकेको प्रकृयाबाट पुनः नागरिकता लिने र लयमा हिड्नुपर्ने भयो।
अदालतले बिदेशी नागरिक बनेका पूर्वनेपाली नागरिकहरूले विधिवत नेपालको नागरिकता पुनः लिनुपर्छ। नागरिकता नलिएसम्म सांसद, मन्त्री हुन राजनीतिक उम्मेदवार बन्न पाईदैन मात्र भनेको हो।
अब कस्तो कानुन नियम चाहिन्छ त्यो बनाउन लाग्नुपर्छ। नियमावलीको नियम ११ मा सामान्य एक वाक्य थपे चाहेको कानुन बन्न सक्छ ।
केशव साउद
भक्तहरु अरुलाई झोले भन्दै रे छ्न् । पीडा बुझ्छम् के गाइच ।
भगवान् फेरि अर्को झमेला खेप्दै छन् है ।
हरि रोका
एक ‘अमेरिकी नागरिकले’ नेपालको गृहमनन्त्री भएर हामी नेपालीमाथि एक महिना शासन गर्न भ्याए । यस्कालागि कोही कतइ जिम्मेवार हुन पर्ने वा नपर्ने? पासपोर्ट अड्डा, जस्तो निर्वाचन आयोग, सत्तारूढ राजनैतिक दलहरू, गरिमामय संसद आदि, इत्यादि ?
मोद ढकाल
रवि लामिछानेको स्थिति ‘The Terminal’ को Victor Navorski को जस्तै भो त ऐले आएर नहेरेकस्तो देशमा जन्म लिएछू भन्दै एकान्त ठाउँमा रोएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल काले हेर्नू है यो सिनेमा गजब छ ।
कृष्ण कुसुमआउने ।
नागरिकतामाथिको राम्रो नजिर बस्यो, त्यो राम्रो हो ।