शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

नेकपा एमालेको नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा नेता माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र पार्टीमा कार्यवाहक नेतृत्वको तयारीलाई आगामी कामको रुपमा सारेका छन् ।

प्रतिवेदनमा नेकपा एमाले र कम्युनिस्ट एकताको रक्षाका लागि कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने प्रस्ताव अगाडि सारिएको हो ।

नेकपा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आगामी काम भन्दै २०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनस्र्थापना गर्नुपने भनिएको छ ।

उक्त दिनसम्म एमाले पार्टी थियो र ३ जेठमा माओवादीसँग एकता गरी नेकपा गठन भएको थियो । तर, २३ फागुनको अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतियो ।

प्रस्तावमा विधिविधानको पुनस्र्थापना र विकास र गुटका निर्णयहरु खारेज गर्नुपर्ने विषय उल्लेख छ ।

२८ फागुनका अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको पद खारेज गर्ने निर्णय गरेका थिए । यो निर्णयको खारेजी प्रस्तावमा राखिएको छ ।

निष्कर्षमा पार्टी अध्यक्ष ओलीको कदमलाई तानाशाही र स्वेच्छाचारी भन्दै त्यसको विरोध गर्न र एमाले एकताको रक्षा गर्दै कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आव्हान गरिएको छ ।

यसैगरी, प्रस्तावमा दुईवटा मुख्य चुनौती उल्लेख छ । जसमध्ये संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामथ्र्यमा खतरा र कम्युनिस्ट पार्टी तथा समाजवाद विरोधी शक्तिको खतराको विषय समेत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय