प्रचण्डको एकान्तबास सुरु, यहाँ जाँदैछन

काठमाडौं।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् ।

उनी विशेषगरी पूर्वतिरको शान्त ठाउँमा पुगेर महत्वपूर्ण निर्णय लिने तयारी गर्छन् । देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।

यसपटक प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् ।

त्यहाँ उनी रिफ्रेश हुन पुगेका हुन् । यसपटक प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेका हुन् ।

सत्ता समिकरणको गृहकार्य चलिरहँदा प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।

उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कठोर निर्णय लिन लागेको बुझिएको छ ।

प्रचण्डले ओलीको बर्हिगमनका लागि काँग्रेस या जनता समाजवादी पार्टीबाट निर्णय भई आउने नेतालाई सघाउने वचन दिइसकेको बुझिएको छ ।

२०७७ चैत्र ४, बुधबार १२:२२ गते 0 Minutes 358 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार