शुक्रबार , चैत्र १६, २०८०

काठमाडौ ।

हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनको माग राखेर आन्दोलनरत संयुक्त राष्ट्रिय नागरिक आन्दोलनले जनप्रदर्शन र राष्ट्रिय झण्डा -याली गर्ने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त राष्ट्रिय नागरिक आन्दोलन समितिले २०४७ सालको संबिधान लागु गर्न माग गर्दै चैत्र ७ गते विहान साँढे ११ बजे माइतिघर मण्डलामा बिशाल जनप्रदर्शन र झण्डा -याली गर्ने जानकारी दिएको हो ।

संयुक्त राष्ट्रिय नागरिक आन्दोलनका संयोजक शेखरजंग रायमाझीले सबै नेपाली जनता राष्ट्रिय झण्डामा गोलबद्व हुन आवश्यक भएको भन्दै २०४७ सालको संविधान नै मुलुकको लागि हितकर भएको बताए ।

उनले अहिलेको संविधानले राष्ट्रिय आम्दानीले धान्न नसक्ने फजुल खर्च बढाउँदै गएकोमा चिन्ता व्यक्त गरे । रायमाझीले नेपाली जनतालाई अत्यधिक करको चाप र भयानक बैदेशिक ऋणको भार थोपार्दै मुलुक असफलता तर्फ डोर्याएको आरोप लगाए ।

कार्यक्रममा बोल्दै माछा–मासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले गणतन्त्रमा लज्जास्पद गतिविधिहरु भएको टिप्प्णी गरे । उनले भने,‘गणतन्त्र लाजमर्दो भयो ।

अब हामी जनताले बुझ्नुपर्छ भन्दै टोल टोलबाट उठ्नु पर्छ, नत्र हाम्रो देशलाई बेचेर खान्छन् ।’ उनले अब सबै नेपाली एक ढिक्का भएर उठ्नुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रिय आन्दोलनकी निरा रञ्जितले देश संकटमा पुगिसकेको बताइन् । ‘धेरै मान्छे आयो गयो तर यहाँ शक्ति प्रदर्शन मात्र भइरहेको छ ।’

उनले भनिन्, ‘राष्ट्रवादी र राजसंस्था जोगउनका निम्ती मैले विभिन्न संघसंस्थामा मान्छेहरु खोजिरहेको छु ।’ शक्तिशाली आन्दोलन कसैले गर्न नसकेको जिकीर गरिन् ।

संयुक्त राष्ट्रिय आन्दोलनका सोमराम थापाले देश अन्यौलग्रस्त अवस्था रहेको बताए । उनले भने,‘कसैलाई पनि देश कता तिर गइरहेको विषय थाहाँ छैन ।

देशको भविष्य कता तिर गइरहेको विषय समेत थाहा नभएको अवस्था छ ।’ उनले संविधानलाई खारेज गरेर २०४७ को संविधानलाई ल्याउनु पर्नेमा जोड दिए । २०४७ को संविधान ल्याउन आन्दोलनको घोषणा गर्न लागेको बताए । आन्दोलन सत्ता लक्षित हुने बताए ।

तारानाथ लुइँटेलले राष्ट्रवादी शक्तिहरु देश भर रहेको बताए । उनले भने,‘मुलुकलाई निकास दिने संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र नै हो ।’ चैत ७ गते माइतीघर मण्डेलाबाट आन्दोलनको सुरुवात हुने बताए । राजसंस्था पुनः स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

तराई युवा प्रमुख सुरन्द्र यादवले देशमा नेताहरु टेस्ट भइसकेको बताए । देशले गलत व्यक्तिहरुलाई मौका दिनाले समस्या आइरहेको बताए । अहिलेको अवस्थामा राजसंस्था अपरिहार्य रहेको उनको भनाई थियो । देशमा भ्रष्टाचार बढेको बताए ।

कार्यक्रममा शिवसेनाका सह अध्यक्ष दिनेश कडेल, श्रीराम कडेल, तारानाथ लुइटेल, रमेश ख्डकी, निरा रञ्जीत, सुरेन्द्र यादव, मनिराज सत्याल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय