बुधबार , बैसाख १२, २०८१

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष पटक पटक बामदेव गौतमलाई अप्ठ्यारो पार्ने कदम चाले । उनलाई राष्ट्रिय सभा सदस्य बनाउन पनि अलमल गरे ।

गौतमकै भूमिकाले ओलीले दुई पटक सत्ता संकट टार्न सके ।

तर, पटक पटक आफूलाई असजिलोमा पार्ने कदम ओलीबाट भएको बुझाई गौतमको रह्यो ।

ओलीको कदमले कतिपय अवस्थामा बामदेव पद लोलुप पनि देखिए ।

उनलाई भैंसेपाटीमा भेट्न जाने ओली पक्षीय प्रभावशाली नेताहरुलाई सिधै तथ्यांकसहित ओलीलाई पटक पटक साथ दिएको तर आफूलाई धोका मात्र मिलेको प्रस्तुत हुन्थे ।

प्रतिनिधि सभा विघटन अगावै ओलीको बामदेवलाई बेवास्ता गरी कदम चालेपछि उनले निकटस्थमाझ भनेका थिए, ‘ओलीलाई २०७८ सालको सूर्योदय बालुवाटारबाट हेर्न दिन्नँ ।’

प्रतिनिधि सभा विघटनपछि गौतम झन् आक्रोशित भएर ओलीविरुद्ध प्रस्तुत भए ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि गौतम एकता अभियानमा लागिरहे ।

तर, उनले ओलीलाई सत्ताबाट हटेर कम्युनिस्ट एकताको मार्ग खोल्न भनिरहे । तर, ओलीले मानेनन् ।

उल्टै बामदेवसहित निर्वाचित पदाधिकारीलाई घुमाउरो तरिकाले कारबाही गरे ।

आफू र महासचिव इश्वर पोखरेलबाहेकको पदाधिकारी नरहने निर्णय गरे ।

त्यसपछि गौतमले ओलीसँगको एकता समाप्त भएको घोषणा गरेका थिए ।

कम्युनिस्ट एकतामा लागिरहेपनि बामदेवले ओली कुनै हालतमा प्रधानमन्त्री पद छाड्नुपर्ने शर्त सारेका छन् ।

उनले केही समय अघि ओलीलाई यस वर्षभित्र सत्ताबाट हटाइछाड्ने अठोट लिएका थिए ।

अबको २८ दिनभित्र गौतमले बोलेको पूरा हुन्छ या हुँदैन ? प्रतिक्षाको विषय बनेको छ । ओली सत्ता संकट टार्न अझै प्रयासरत छन् । तर, उनी घेराबन्दीमा पर्दै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय