बुधबार , बैसाख १२, २०८१

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरण निर्माणमा तयार देखिएका छैनन् ।

प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि उनी मौन छन् । आफै अगाडि सर्न देउवा तयार छैनन् भने अन्य कसैलाई समर्थन गर्नेमा पनि तयार छैनन् ।

देउवाको यो मौनतालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सार्वजनिक रुपमा उल्लेख गरेका छन् ।

देउवा आफै पनि अगाडि नबढ्ने र अरुलाई समर्थन गर्न पनि नसर्ने गरी मौन छन् । उनको यौ मौनताको कारण काँग्रेसको १४ औं महाधिवेशन पनि कारण बनेको छ ।

२०७८ सालको भाद्रभित्र काँग्रेसको महाधिवेशन गर्नैपर्छ । कि त राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर महाधिवेशन सार्नुपर्छ होइन भने महाधिवेशनको विकल्प छैन । तर, देउवा महाधिवेशनमा जानै परे आफू पार्टीभित्र सर्वशक्तिमान बनेर मान जान तयार छन् ।

प्रधानमन्त्री बनेर महाधिवेशनमा जाँदा सानदार जीत हासिल गर्न सकिने देउवाको बुझाई रहेको देखिन्छ । होइन भने २०७८ साल मंसिरमा चुनाव घोषणा भए महाधिवेशन टार्न सकिनेमा समेत देउवा पक्ष विचार गरिरहेको छ ।

त्यसैले तत्काल सत्तामा कसैलाई लान साथ दिनेभन्दा आफै प्रधानमन्त्री बन्ने वा चुनावी सरकार निर्माणको वातावरण तयार गर्नेमा देउवा लागेको बुझिन्छ ।

देउवाले प्रधानमन्त्रीको दाबी गरेमा जनता समाजवादी पार्टी ओलीसँग मिलेर जानसक्ने सम्भावना नभएको होइन । जसपाभित्र सरकारको नेतृत्वको दाबी गर्नुपर्ने माग बढ्दो छ ।

यसकारण पनि देउवा हच्किएका छन् । आफै प्रधानमन्त्रीको दाबी गर्दा झड्का खानुपर्ने बुझाईका आधारमा पनि देउवा शतर्क छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय