शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं।

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । आज (मंगलबार) अपरान्ह ४ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं । निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए ।

यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो ।

बैठकमा सहभागी जनतामा समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रपति भण्डारीको भूमिका तटस्थ हुन नसकेको भनेर उनकै सामू आलोचना गरेका थिए ।

र, नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणको सफतालको शुभकामना दिएका थिए । आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नबोलेको बुझिएको छ ।

देउवाको दाउः कि आफू प्रधानमन्त्री कि मंसिरमा चुनाव गराउने सरकार

काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको समिकरण निर्माणमा तयार देखिएका छैनन् । प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि उनी मौन छन् । आफै अगाडि सर्न देउवा तयार छैनन् भने अन्य कसैलाई समर्थन गर्नेमा पनि तयार छैनन् ।

देउवाको यो मौनतालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सार्वजनिक रुपमा उल्लेख गरेका छन् । देउवा आफै पनि अगाडि नबढ्ने र अरुलाई समर्थन गर्न पनि नसर्ने गरी मौन छन् । उनको यौ मौनताको कारण काँग्रेसको १४ औं महाधिवेशन पनि कारण बनेको छ ।

२०७८ सालको भाद्रभित्र काँग्रेसको महाधिवेशन गर्नैपर्छ । कि त राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर महाधिवेशन सार्नुपर्छ होइन भने महाधिवेशनको विकल्प छैन । तर, देउवा महाधिवेशनमा जानै परे आफू पार्टीभित्र सर्वशक्तिमान बनेर मान जान तयार छन् ।

प्रधानमन्त्री बनेर महाधिवेशनमा जाँदा सानदार जीत हासिल गर्न सकिने देउवाको बुझाई रहेको देखिन्छ । होइन भने २०७८ साल मंसिरमा चुनाव घोषणा भए महाधिवेशन टार्न सकिनेमा समेत देउवा पक्ष विचार गरिरहेको छ । त्यसैले तत्काल सत्तामा कसैलाई लान साथ दिनेभन्दा आफै प्रधानमन्त्री बन्ने वा चुनावी सरकार निर्माणको वातावरण तयार गर्नेमा देउवा लागेको बुझिन्छ ।

देउवाले प्रधानमन्त्रीको दाबी गरेमा जनता समाजवादी पार्टी ओलीसँग मिलेर जानसक्ने सम्भावना नभएको होइन । जसपाभित्र सरकारको नेतृत्वको दाबी गर्नुपर्ने माग बढ्दो छ । यसकारण पनि देउवा हच्किएका छन् । आफै प्रधानमन्त्रीको दाबी गर्दा झड्का खानुपर्ने बुझाईका आधारमा पनि देउवा शतर्क छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय