शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

मौनता तोड्दै रबि लामिछाने: म अभिमन्यु होइन भन्दै दिए चेतावनी – देशै भरि मच्चियो तरंग….(भिडियो सहित)

र यो पनि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदच्युत भएकाे एक साता पुग्न लाग्दा पनि मन्त्री क्वाटर नछाेडेकाे पाइएकाे छ।

 

कानुनत: मन्त्रीले पद गुमाएपछि सरकारले दिएकाे सेवा सुविधा त्याग्नुपर्ने भए पनि लामिछानेले पुन: मन्त्री बन्ने आशमा क्वाटर छाेड्न नमानेकाे पाइएकाे छ। लामिछानेलाई सर्वाेच्च अदालतले नेपाली नागरिक नरहेकाे ठहर गर्दै गत शुक्रबार सांसद पदबाट हटाएकाे थियाे। याे सँगै उनकाे उपप्रधान तथा गृहमन्त्री पद स्वत: गुमेकाे थियाे।

 

मन्त्री बनेकाे केही दिनमा नै आफ्नो सुरक्षार्थ खटिने अगुवा-पछुवा सुरक्षाकर्मी सुरक्षा हटाएर र पद गएपछि निजी गाडीमा घर फर्किएर वहा वाही पाएका लामिछाने अन्तत: पद गुमेपछि पनि क्वाटर टाँसिएर नैतिक प्रश्नकाे घेरामा परेका छन्। रविले पद गुमाएकाे एक सात बित्न लाग्दा पनि मन्त्री क्वाटर नछाडेकाे रास्वपा प्रवक्त मुकुल ढकालका स्वकीय सचिव युवराज बानियाँले पुष्टि गरे।

 

‘सभापतिज्यू पद गएपछि शुक्रबार नै घर फर्किनु भएकाे छ। तर, सामान भने क्वाटरमै छन्,’ स्वकीय सचिव बानियाँले भने,‘ती सामान केही दिनमा नै खाली गर्छाैँ।’

 

यता, पुलचाेकस्थित मन्त्री क्वाटर स्राेतकाअनुसार लामिछानेत्यहाँ बस्न नगए पनि आवास भने ओगटेर राखेकाे बताएकाे छ। ‘रवि सर यहाँ बस्न आउनु त भएकाे छैन तर सामान यहीँ छन्। सरकाे पद गएपछि पनि निकिता भाउजू दुई पटक आएर हेरर जानुभयाे,’ मन्त्री क्वाटरका एक कर्मचारीले भने,‘सायद फेरि मन्त्री बन्ने आशाले उहाँले क्वाटर खाली नगरेकाे हाेला।’

 

लामिछानेले सर्वाेच्चकाे आदेशअनुसार नेपाली नागरिकता प्राप्त गरेसँगै आफूलाई पुन: गृह मन्त्रालयमा नियुक्त गर्न प्रधानमन्त्रीसमक्ष माग राख्दै आएका छन्। यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने स्वार्थ बाँझिने भन्दै लामिछानेलाई तत्काल मन्त्री नबनाउने मानसिकतमा छन्।

 

रविकाे राहदानीसम्बन्धी मुद्दा अनुसन्धानकै क्रममा रहेकाले तत्काल मन्त्री बन्ने सम्भावना छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय