बिहिबार , चैत्र १५, २०८०

दोलखा ।

दोलखा जिल्लाको उत्तरी सीमा र चीनको नाका जोड्ने राजमार्ग (१२ किमी) निर्माण सुरु हुने भएको छ । लामाबगरबाट ९ किलोमिटर टाढा पर्ने लप्चीसम्म सुरुङमार्गको डिजाइनसमेत तयार भएको छ ।

सडक विभागले उत्तर–दक्षिण करिडोरअन्तर्गत दोलखाको लामाबगरदेखि बन्ने सुरुङमार्गको डिजाइन तयार गरेकोे हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सुरुङ मार्ग निर्माणका लागि यसै वर्षमा ठेक्का लाग्ने बताएका छन् ।

सुरुङमार्ग निर्माण गर्नका लागि बहुवर्षीय ठेक्का गर्न अर्थ मन्त्रालयसँग बजेटको सहमति पनि माग गरिएको छ ।

विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार सुरुङमार्गको निर्माणपछि चीनसँग जोडिने छोटो सडकमार्ग बन्नेछ ।

जैसीका अनुसार आगामी दिनमा नाका खुलाउने योजना अनुसार चीनसँग जोड्ने निकै छोटो दूरीमा पर्ने उक्त नाका खुलाउन लागिएको छ ।

दोलखाबाट भारत र चीनसँग जोड्ने यो नै उत्तम नाका हुने मन्त्री गुरुङले बताउँदै आएका छन् ।

माथिल्लो तामाकोशीको मुखबाट सुरु हुने उक्त मार्ग निर्माणपछि चीनबाट आयात हुने सामान ढुवानी गर्न र दोलखामा उत्पादित तरकारी तथा अन्य बालीको निकासी गर्न सहज हुने स्थानीयवासीले बताए ।

उक्त मार्ग निर्माण गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको हेडवक्र्समाथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ ।

सो सुरुङसँगै थप ९ किमी सडक निर्माण भएछि मात्रै चीनसँग नाका जोडिने छ । उक्त मार्गलाई चीन र भारतसँग जोड्ने नेपालकै छोटो दूरीको सडक बन्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय