बिहिबार , बैसाख १३, २०८१

प्रकाशित: २०७९ माघ १७ गते, मंगलवार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

 

राष्ट्रपति र गृह कांग्रेसलाई दिएर नयाँ गठबन्धन बनाउने दाउमा प्रचण्ड

 

राष्ट्रपतिकाे बिषयलाई लियर प्रमुख सत्तारूढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच बनेकाे गठबन्धन बिभाजनकाे डिलमा पुगेकाे छ । शनिबार साझ प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका एमाले अध्यक्ष ओली र प्रचण्डबिच भनाभन भएको छ ।

 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता भएको थियो । हिजाे राती बालुवाटारमा भएको करिब ३ घण्टा लामो भेटवार्तामा दुई नेताबीच गरमागरम वातचित भएको बुझिएको छ ।

 

प्रधानमन्त्री दाहालले गृहमन्त्रालय सत्ता गठबन्धनमा रहेको रास्वपालाई नदिने अडान लिएका छन् । ओलीले भने सहमतिअनुसार रास्वपालाई नै गृहमन्त्रालय दिनुपर्ने दबाब दिएका थिए ।

प्रधानमन्त्री दाहालका स्वकिय सचिव रमेश मल्लकाअनुसार गृहमन्त्रालय रास्वपालाई नदिने र आफ्नै दलबाट नियुक्त गर्ने प्रचण्डको तयारी छ । आजको भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे पनि छलफल भएको थियो ।

 

दाहालले राष्ट्रपतिमा पनि एमालेलाई सहयोग गर्न नसकिने आशयको अभिव्यक्ति राखेका थिए । दाहालले २६ पुषमा संसद्मा अभुतपूर्व विश्वासको मत पाएसँगै राष्ट्रपतिमा समझदारी कायम गरिने बताउँदै आएका छन् ।

 

उनी राष्ट्रपतिमा कांग्रेसलाई पनि स्विकार्य हुने पात्रको खोजीमा छन् । गठबन्धन टुटने स्थितिमा गृह कांग्रेसलाई दिएर नयाँ गठबन्धन बनाउने दाउ प्रचण्डको छ । कांग्रेस र माओवादीका कतिपय नेताहरुले राष्ट्रपति कुनैपनि हालतमा एमालेलाई दिन नहुने पक्षमा छन् ।

 

उनीहरुले सोहीअनुसार प्रधानमन्त्री दाहाललाई दबाब दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा समस्या उत्पन्न भएको छ। दाहाल भने अब एमालेसँगको सहकार्य विस्तारै तोडेर कांग्रेससँग सहकार्य गर्ने मुडमा पुगेका छन् ।

 

यसैगरी निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरेको छ र, अहिलेकै संसदीय समीकरण कायम रहे सत्तारुढ गठबन्धनकै उम्मेदवारले जित्ने निश्चित छ ।

 

तर नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार बन्न रस्साकस्सी चर्को छ । आकांक्षीहरु आफू उम्मेदवार भए जित्ने दाबी समेत गर्छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले शुक्रबार स्थायी कमिटी बैठकबाटै राष्ट्रपतिमा सहमतिको पहल गर्ने निर्णय गपछि त कांग्रेसभित्र राष्ट्रपति पद पाउने आशा बढेको देखिन्छ ।

 

जबकी पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने १० पुसमा निर्णय भइरहँदा राष्ट्रपति पद एमालेले लिने सहमति भएको थियो ।

 

२६ पुसमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै माओवादी नेताहरुले राष्ट्रिय सहमति भन्न थालेका थिए । प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचन अघि कांग्रेससहित दलहरुको बैठक राखे भने शुक्रबार पार्टी कमिटीबाटै निर्णय गरेपछि कांग्रेस नेताहरु उत्साहित भएका छन् ।

 

कांग्रेसमा राष्ट्रपतिको सम्भावित उम्मेदवारकै रुपमा भने ४ मंसिरको आमचुनाव अगाडि वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम सवैभन्दा बढी चर्चामा थियो । त्यसबेला माओवादी केन्द्र सहितका पाँच दल कांग्रेस नेतृत्वको गठबन्धनमा रहेकाले पौडेललाई संभावित राष्ट्रपतिकै रुपमा समेत हेरिएको थियो ।

 

 

तर शेरबहादुर देउवा र प्रचण्डबीच को पहिला प्रधानमन्त्री बन्ने भन्ने सहमति जुट्न सकेन । प्रचण्डले अप्रत्यासित निर्णय गर्दा कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो । कांग्रेस सबै पदबाट बाहिरिएर कांग्रेस विपक्षी कित्तामा धकेलियो ।

 

संसदको सबभन्दा ठूलो दल भएरपनि सत्ताबाट बाहिरिनु परेको कांग्रेसले २६ पुसमा विपक्षी दलको भूमिकामा रहने, तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्‍यो । त्यससँगै कांग्रेसमा राष्ट्रपतिको उम्मेदवारमा पौडेल एक्लै रहेनन् ।

 

९ माघको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले पौडेलसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम लिए । आकांक्षी नेताहरु भनेर देउवाले पौडेलसँगै आफ्नो नाम लिएपछि सिटौलाले पनि लबिइङ तीव्र बनाएका छन् ।

 

तर अहिले पनि देउवाको रोजाइमा पौडेलकै नाम रहेको एक शीर्ष नेता बताउँछन् । किनकी संसदीय दलका चुनावकै क्रममा देउवाले पौडललाई राष्ट्रपतिको उम्मेदवार बनाउने बचन दिएको स्रोतको दाबी छ ।

 

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र महामन्त्री गगनकुमार थापा भिडेका थिए । ५ पुसमा उम्मेदवारी दर्ताका क्रममा पौडेल, देउवाको प्रस्तावक बसे ।

 

संस्थापन समूहका एक नेताका अनुसार त्यो दिन विहान भएको एउटा छलफलमा पौडेलले देउवाको प्रस्ताव बस्न आनाकानी गरेका गिए उपसभापति पूर्णबहादुर खड्का, बालकृष्ण खाँण लगायतका नेताहरुले पौडेललाई मनाएका थिए । ‘संसदीय दलको दलको चुनावमा देउवाको प्रस्तावक बनाउने क्रममा उहालाई राष्ट्रपति बनाउने बचन दिइएको हो’ एक नेता भन्छन् ।

 

राष्ट्रपति पदको प्रतिवद्धता पाएपछि पौडेल, देउवाको प्रस्तावक मात्रै बसेनन्, संस्थापन इतर समूह भनेर निचिनिएका आफू निकट रहेका सांसदहरुलाई मत मागेका थिए । उनले गगनले पाउने केही भोट देउवातिर खसाएको नेताहरु बताउँछन् ।

 

देउवासँग पौडेलको साम्प्यिता भने २०७८ मंसिरमा भएको १४औं महाधिवेशनपछि बढेको हो । त्यो महाधिवेशनमा सभापतिकै आकांक्षी भएपनि संस्थापन इतर समूहमा साझा सहमति जुट्न नसकेको भन्दै पौडेल प्रतिस्पर्धामा आएनन् । उनी डा. शेखर कोइराला समूहमा पनि खुलेनन् । दोस्रो चरणको चुनावका क्रममा त उनले देउवालाई जिताउन भूमिका समेत खेलेका थिए ।

 

त्यसयता देउवासँग नजिक भएका पौडेलले तत्कालीन गठबन्धन जोगाउन सक्रियता देखाएका थिए । पौडेल, गठबन्धनका शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय समन्वय समितिको संयोजक नै बनेका थिए । निरन्तर सहयोगको बदला देउवाले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन गुन तिर्न खोजेको कतिपय कांग्रेस नेता बताउँछन् ।

 

‘प्रधानमन्त्री र पार्टी सभापति बन्न उहाँले बल गरे पनि सक्नुभएन,’ संस्थापन पक्षका नेता भन्छन्, ‘रामचन्द्र दाइ राष्ट्रपति भइदिए हुने थियो भन्ने सहानुभूति उहाँप्रति छ । सभापति सकरात्मक देखिनुहुन्छ ।’

 

राष्ट्रपति पदकै आकांक्षामा पौडेलले माओवादी सहितको गठबन्धन जोगाउन हरसम्भव प्रयास गरेका थिए । चुनावपछि पनि पौडेलले प्रचण्डलाई पटकपटक संवाद गरे । स्रोतका अनुसार, अहिलेपनि पौडेल प्रधानमन्त्री प्रचण्डसँग संवाद छन् । ५ माघमा पनि उनी प्रचण्डलाई भेट्न बालुवाटार नै पुगेका थिए ।

 

राष्ट्रपतिको उम्मेदवार बन्न पौडेल जत्तिकै सक्रियता सिटौलाले पनि देखाएका छन् । आफू उम्मेदवार हुने अवस्था बने प्रचण्डलाई ‘कन्भिन्स’ गराउन सक्ने उनको दाबी छ । साथै माओवादीको समर्थन जुट्ने अवस्थामा राष्ट्रपतिको उम्मेदवार चयनबारे देउवाको निर्णयले मात्रै हुने परिस्थिति छैन ।

 

‘प्रचण्डले पौडेल हुन्न, सिटौला उठाउनुस् भने देउवाले त्यही गर्ने हुन्’ सिटौला निकट एक नेता भन्छन्, ‘सिटौला हुन्न, पौडेल उठाउनुस् भने उही उम्मेदवार हुने हो ।’

 

कांग्रेसका कतिपय नेता भने सभापति देउवाले अहिले नै कुनै व्यक्तिलाई अघि सार्ने अवस्था नरहेको र अन्तिम समयमा उम्मेवारको निर्णय लिँदा प्रतिस्पर्धीले तयारी गर्न नपाउने चिन्ता व्यक्त गर्छन् । ‘कांग्रेसको उम्मेदवार तपाई हो भनेर कसैलाई भनिदिए तयारी गर्ने अवस्था बन्ने थियो’ संस्थापन इतरका नेता भन्छन्, ‘मनोनयन गर्ने बेला पुगेर उम्मेदवार बनाउँदा तयारी गर्न समय हुँदैन ।’

 

राष्ट्रपति निर्वाचित हुन कूल मतभार ५२ हजार ६२८ को बहुमत २६ हजार ३५४ पाउनुपर्छ । कांग्रेससँग १६ हजार २२१ र एमालेसँग १५ हजार २३३ मत छ । माओवादी केन्द्रसँग सात हजार ७४५ मत छ । त्यसैले माओवादी केन्द्र, कांग्रेस वा एमालेतिर जता ढल्किन्छ, त्यही दलको राष्ट्रपति पाउने संभावना बढी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय