शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं रवि जि को सन्देश पढेर सारा नेपाली मा सेयर गरि सबै लाई जानकारी दिनु होला ।

 

सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु मैले जनता को सेबा मात्रै हो गरन खोजेको घुस खान खोजेको भए मेरो नागरिकता को कुरा आउदौनथो होला म मरे।पनि मेरो नेपाल मेरा नेपाली को लागि मरछु ।न्यायालय पो बिक्यो त! मैदान बिकेको छैन

 

, जनताको अभिमत बिकेको छैन, इमान बिकेको छैन! चितवन २ फेरि तयार छ घण्टी बजाउन! जे हुन्छ राम्रैको लागि हुन्छ!पटक पटक नागरिकताको तरबार कुर्सिमाथी झुण्ड्याइदिने, केही गर्न खोज्यो कि त्यही तरबार देखाइदिएर खतरा छ ।

 

 

है भन्ने, चारैतिरबाट घेराबन्दिमा पारेर काम गर्न नदिने अनि असक्षम प्रमाणित गरेर नयाजती सबै खराब हुन, हामी पुरानै ठिक छौ भनेर जनता झुक्याएर फेरि पनि दसकौ सम्म सत्ताको तर मार्न खोज्ने लम्पट हरुको सुनको पिन्जडामा बसेर उनिहरुकै भासा बोल्नु भन्दा त त्यहाबाट बाहिर निस्केर जनताको बिचमा गएकै जाती!

 

 

अब बल्ल घण्टीले असली खेल सुरु गर्ने वाला छ ।तसर्थ हतोत्साहित र निरुत्साहित कोहिपनी हुनु पर्दैन! चितवन २ का साथीहरु तयार रहनु होला! अबको उपनिर्वाचन ऐतिहासिक बनाउनुपर्छ !! मान्छेलाइ ज्युदै गाड्ने र निर्मम रेट्नेहरुले सत्ता चलाइरहदा देशको लागि केही गर्छु भनेर लागिपरेको मान्छे

 

 

बिरुद्द एउटा सानो मानबिय त्रुटिलाई हतियार बनाएर सिध्याउन खोज्नेहरुलाई बिबेकी जनताहरुले चिनी सकेका छ्न! कहिले सम्म भ्रमको साम्राज्यको बादसाह भएर बस्दा रहेछ्न , हेरौला नि ।

 

 

रवि लामिछानेले नागरीकता लिउर उप निर्वाचनमा भाग लिने तयारी गर्नुपर्ने भएकोले आफ्नो पार्टीको जिम्ममामा रहेको गृहमन्त्रालयमा गौतमलाई पठाउन सक्ने अट्कल गरीएको छ ।

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले अब गृहमन्त्रीमा नया अनुहार तथा कानुनलाई समेत बुझेकी नेतृ सोभिता गौतमलाई बनाउने तयारी गरेको बुझिएको छ ।यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय स्वत: आफ्नो भागमा पर्ने भएकाले अरू दलले दाबी गर्न नमिल्ने बताएको छ।

 

 

 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गठबन्धन दलहरू राख्ने बताए।

 

 

 

‘यो समस्या रास्वपालाई परेको हो अन्य सत्ता घटकमा परेको होइन। बाँडफाँटका क्रममा हामीले पाएको गृह मन्त्रालय हामीले नै पाउनु पर्ने अडान गठबन्धनमा राख्ने र यसका लागि संवादको जिम्मेवारी सभापतिलाई नै दिने निर्णय भएको छ,’ ढकालले भने।

 

 

 

चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनको लागि सूचना जारी गरिने पनि उनले बताए। पार्टीभित्र कुनै पनि समस्या नरहेको भन्दै ढकालले संयम हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

 

 

 

रास्वपाको बैठकले संगठन विस्तारको कार्यविधिलाई पारित गर्दै संगठन विस्तार कार्यतालिका माघ २१ देखि सुचारू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्।

 

 

 

यसैगरी पुन: नागरिकता लिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति बनेका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन्।

 

 

 

आइतबार साँझ लामिछाने बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेको रास्वपा सचिवालयले जनाएको छ।

 

 

 

रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका अनुसार अदालतको निर्णयपछि उपनिर्वाचनबारे छलफल गर्न र गृह मन्त्रालय नछोड्ने पार्टीको निर्णय जानकारी गराउन सभापति लामिछाने त्यहाँ पुगेका हुन्।

 

 

 

अमेरिकी नागरिकता त्यागे पनि उनले नेपाली नागरिकता पुन: प्राप्ति गर्ने प्रक्रिया पूरा नगर्दा गत शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पदसमेत बदर गरिदिएको थियो।

 

 

 

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लामिछानेले पुनः नागरिकता लिएका हुन्। नागरिकता लिएपछि आइतबारै बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई सभापति चयन गरेको हो।

 

 

 

लामिछाने गृहमन्त्री नरहे पनि रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा पर्ने दाबी गरेको छ। पार्टीले गृहमन्त्रीमा अरू दलले दाबी गर्न नमिल्ने बताएको छ। बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै रास्वपा प्रवक्ता ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राख्ने बताएका थिए।

 

 

 

‘यो समस्या रास्वपालाई परेको हो। अन्य सत्ता घटकमा परेको होइन। बाँडफाँटका क्रममा हामीले पाएको गृह मन्त्रालय हामीले नै पाउनु पर्ने अडान गठबन्धनमा राख्ने र यसका लागि संवादको जिम्मेवारी सभापतिलाई नै दिने निर्णय भएको छ,’ ढकालले भने।

 

 

 

चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनका लागि सूचना जारी गरिने पनि उनले बताए। पार्टीभित्र कुनै पनि समस्या नरहेको भन्दै ढकालले संयम हुन कार्यकर्तालाई आग्रह गरेका छन्।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय