मंगलबार , बैसाख ४, २०८१

काठमाडौं। राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको हुलाकी राजमार्गको राप्ती नदीमा बन्ने पुलको ठेक्का लागेको छ। हुलाकी राजमार्ग आयोजनाका अनुसार नेपालगञ्जमा राप्ती नदीमाथि पुल निर्माण गर्न लगाएको हो।

यसमा लुम्बिनी- रतुवा- बन्दन भगवती जेभीले लगभग १ अर्ब ५० करोड लागतमा डिजाइन तथा निर्माण गर्ने गरी ठेक्का पाएको छ। यसको ठेक्का ४ महिना अगाडि आह्वान गरिएको थियो।

यसमा ४ वटा निर्माण कम्पनीहरुले आवेदन दिएका थिए। जसमा कुमार श्रेष्ठ, कालिका कन्स्ट्रक्सन, रतुवा र लुम्बिनी-रतुवा- बन्दन भगवती जेभी रहेका छन्।

यो पुलको निर्माण र डिजाइन दुबै निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ। यो पुल नेपालगञ्जको बाँकेमा निर्माण हुने आयोजनाले जनाएको छ।

यो पुल ७०० मिटर लामो रहेको छ। यसको डिजाइन निर्माण कम्पनीले ६ महिनामा सम्पन्न गर्नुपर्छ। यसमा निर्माण र डिजाइन गर्न ३ वर्षको समय दिइएको छ। डिजाइन सम्पन्न भएको ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने आयोजनाले जनाएको छ। यहाँ भएको पुरानो पुल जोखिम अवस्थामा रहेको छ।

आयोजनाका अनुसार हालसम्म ११५ वटा पुलको निर्माण कार्य सम्पन्न भएको छ। यस आयोजनामा साना ठुला गरी कुल २५० वटा पुल निर्माण गर्ने योजना छ। जसमा ४५ वटा पुल निर्माणाधिन रहेका छन् भने ५० वटा पुलको ठेक्का लगाउनै बाँकी रहेको आयोजनाले जनाएको छ।

धेरै लागतमा पनि ढिलासुस्ती भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिशेश पहल गरेका थिए ।

आयोजनामा अझै २०५ किमि सडक ठेक्का लाग्न बाँकी

यस राजमार्गमा २०५ किलोमिटर सडकको ठेक्का लाग्न बाँकी रहेको छ। सडक विभागले निकालेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति प्रतिवेदन अनुसार यस आयोजनामा अझै २०५ किलोमिटर सडकको ठेक्का लाग्नै बाँकी रहेको उल्लेख छ।

यस आयोजनामा हालसम्म १८७९ किलोमिटर मध्ये १३५६ किलोमिटर सडक कालोपत्रे भएको छ।पछिल्लो पटक थपिएको अवधि ६ महिना बाँकी हुँदा हुलाकी राजमार्गमा २०५ किलोमिटर सडकको ठेक्का लाग्नै बाँकी रहेको छ। यस्तै ४१५ किलोमिटर सडक निर्माणाधिन अवस्थामा रहेको आयोजनाले जनाएको छ।

अधिकांश आयोजनाहरु निर्माण व्यवसायीले काम नगर्दा लामो समय लाग्ने हुन्छ। थपिएको अवधि असार मसान्तसम्म भने सडक र पुल दुबैका लागि पर्याप्त नभएको आयोजनाको भनाइ छ।

यस राजमार्गको निर्माण सुरु भएको लगभग डेढ दशक वितिसक्न लागेको छ। तर यस राजमार्गको भौतिक प्रगति भने हालसम्म ७२ प्रतिशत मात्र छ। साथै यस आयोजनाले १४ वर्षमा ५३ अर्ब १२ करोड रुपैयाँ खर्च गरिसकेको छ। सरकारले आव २०६४/६५ देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेको छ।

यस आयोजनामा चालू आवको पहिलो त्रैमासिकमा ४ किलोमिटर सडक कालोपत्रे भएको छ। तर यो समयमा एउटा पुलको पनि निर्माण हुन सकेन। तर यस अवधिमा २४ करोड ५७ लाख रुपैयाँ खर्च गरेको आयोजनाले जनाएको छ।

थप भएको अवधि चालू आवको अन्तिमसम्म भए पनि त्यो अवधिसम्म ठेक्का भइसक्नसमेत कठिन देखिएको छ।

अमेरिकी उपमन्त्री नुल्यान्डको सुझाव- ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्नुहोस्, सार्वभौमसत्ता रक्षामा ध्यान दिनुहोस्’

काठमाडौँ — नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सुझाव दिएकी छन् । उनले नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा महत्त्वपूर्ण पक्षको रुपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने बताएकी हुन् ।

नेपालको दुईदिने भ्रमणमा आएकी उपमन्त्री नुल्यान्डले सोमबार पाटनमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुराहरू पारदर्शी होऊन् । नेपालले सबै आफ्ना छिमेकीहरूसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्दछौं ।’

उनले अमेरिकाको भारतसँग साँच्चै बलियो सम्बन्ध रहेको बताउँदै नेपालको अर्को छिमेकी राष्ट्र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रुपमा अघि बढिरहेको उनले उल्लेख गरिन् । ‘चीनको कुरा गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले नोभेम्बरमा भेटवार्ता गरेका थिए । आगामी साता चीनसँग अमेरिकाको अझ बढी संलग्नताहरू हुँदै छन्,’ उनले भनिन् ।

उपमन्त्री नुल्यान्डले अमेरिकाले एउटा वा अर्को (देश रोज्ने) भन्नेबारे धारणा नराख्ने बताइन् । ‘त्यसैले एउटा वा अर्कोबारे भन्ने होइन, यो भनेको नेपालको आफ्नो लोकतन्त्र र समृद्धिका लागि हो,’ उनले भनिन्, ‘धेरै मौकाहरू छन् ।

तर‚ हामी जहाँ जे गरिरहेका छौं, तपाईं (नेपाल) का जनता र अमेरिकी जनतालाई फाइदा होस् तथा दुवै मुलुकको लोकतान्त्रिक सम्बन्ध बलियो बनोस् भन्ने उद्देश्य हो ।’ उपमन्त्री नुल्यान्डले अमेरिकाले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय