
काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर भेट्नको लागि अनुरोध गरेका छन् ।
आज अपरान्ह माओवादी केन्द्रको बैठक चलिरहँदा प्रधानमन्त्री ओलीले भेट्नको लागि दाहालसँग आग्रह गरेको प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिईन् । तर, दाहालले तत्काल भेट्नको लागि आनाकानी गरेका थिए ।
आजमात्रै, एमाले शीर्ष नेताहरुबीच छलफल भएको थियो । सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग-अलग भएका छन् ।
एमाले फुटाएर माओवादी केन्द्र सँग दाब्ने दाउमा नेपाल?
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास काटेश्वर पुगेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै दाहाल पेसिडाँडाबाट नेपाल निवास पुगेका हुन् ।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् ।
नेताहरु दाहाल र नेपालबीच कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ ।
फेरी पढ्नुहोस
काठमाडौं, १ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास काटेश्वर पुगेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठक सकिएलगत्तै दाहाल पेसिडाँडाबाट नेपाल निवास पुगेका हुन् । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएका छन् । नेताहरु दाहाल र नेपालबीच कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ ।