शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले र आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केमेष्ट्री मिलेको बताएका छन् । आफूले व्यवहारिक रुपमा नै नेपाल र भारतबीच समस्यारहित सुमधुर सम्बन्ध बनाउने प्रयास गरेको पनि प्रधानमन्त्री ओलीको भनाई छ ।

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले भारतीय समकक्षी मोदीसँग कुराकानी भैरहेको पनि जनाएका छन् ।

उनले भारतसँग सुमधुर सम्बन्ध हुनुमा कुनै जादुको छडी नभएको भन्दै यसको लागि आफूले सार्थक प्रयास र पहल गरेको पनि स्पष्ट पारे ।

नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सुमधुरको लागि दुवै तर्फबाट ईमानदार राजनीतिक प्रयासहरु भैरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

भारतसँग पछिल्लो समय तपाईंको सम्बन्ध एकदम राम्रो भयो, सुमधुर भयो, प्रगाढ भयो ? कसरी भन्नुहोस त ? यसको जादुको छडी बताउनुहोस त, तपाईंले एकदम चमत्कारिक काम गर्नुभयो भनेर बाहिर चर्चा छ ? भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले भने-“यसमा कुनै जादु छैन् ।

यसमा ईमानदार राजनीतिका प्रयासहरु छन् । मैले कहिल्यैपनि आवेश, आवेगको राजनीति गरिनँ । मैले गम्भीरतापूर्वक राष्ट्रका समस्याहरु उठाएँ । प्रस्तुत गरें । र, ती दृष्टिकोण र अडानहरुमा म कायम छु ।

र, मैले यी प्रश्नहरु उठाएको नेपालको हित, नेपालको हकको स्थापना गरेर प्रशन्नचित्तका साथ नेपाल-भारत सम्बन्धलाई मित्रताको नयाँ उचाईँमा, समस्यारहित उचाईँमा पुर्याउने, यस ढंगले लागेपछि स्वभाविक रुपमा भारतसँगको हाम्रो सम्बन्ध कहिले कहिले उतारचढावजस्तो देखिएपनि अब केही समस्या छन् भने वार्ताद्धारा हामी समाधान गर्छौं भनेका छौं । सम्वादमा बसिराखेका छौं ।

र, सम्बन्ध भारत छिमेकी मित्रराष्ट्र हो । त्यसमा भारततिर ढल्किने, नढल्किने (अँ..) यस्तो कुरा होईन। नेपालको सार्वभौमसत्ता, स्वाधिनता, मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय हितको यथोचित, न्यायोचित ढंगले रक्षा र सम्र्वद्धन गर्दै भारतसँगको मित्रतालाई पारस्परिक लाभको आधारमा, सम्मानको आधारमा अगाडि बढाउनुपर्छ । हाम्रो यो नीति हो । छैन कोही शत्रु, सबै छन् मित्र ।”

पत्रकार धमलाले त्यसो भए मोदीसँग तपाईको केमेष्ट्री मिलेको छ ? भनेर सोधेको अर्को प्रश्नमा प्रधानमन्त्री ओलीले भने-“मिल्या छ ।” धमलाले तपाईँहरुबीच टेलिफोनमा सम्वाद पनि भैरहेको छ भनेर राखेको अर्को जिज्ञासामा प्रधानमन्त्री ओलीले अहिले नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले थपे-“अहिले भएको छैन् । तर, भैराखेको छ भन्नुहोस न । दिनैपिच्छे प्रधानमन्त्रीहरुका बीचमा, दुई/चार दिन, दुई/चार दिनमा कुरा हुने कुरा हुँदैन्, आवश्यक पर्दाखेरि कुरा हुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय