बिहिबार , चैत्र १५, २०८०

प्रमोद खरेलको कन्सर्टमा डरलाग्दो झ’डप, भागदौडमा च्यापिएर सयौँ घाईते, कार्यक्रम स्थगित Dhankuta

र यो पनि
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन घोषणा भइसकेको छैन । तर, निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिने लहरचाहिँ अहिलेदेखि नै चलिसकेको छ । यही मेसोमा नेपालका चर्चित लामिछाने दाजुभाइबीचको हाेडबाजी सतहमा आएको छ ।

सञ्चारकर्मी हरिशरण लामिछाने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनाव लड्ने योजनामा छन् भने उनका भाइ रवि लामिछाने पनि राष्ट्रिय स्वतन्त्र पार्टी खाेलेर राजनीतिक वृत्तमा ओर्लिएका छन् । तर, यी दाजुभाइ मिलेर राजनीतिमा सक्रिय भएका भने हाेइनन् । हरlशरण ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल’ नामक अभियानमा संलग्न भएर दलबाट दिक्क बनेका मानिसलाई त्यसमा संगठित गरिरहेका छन् ।

यही बेला सञ्चारकर्म छाेडेर राजनीतिमा हाेमिएका उनका सहोदर भाइ रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोलेका छन् । उनी पनि प्रतिनिधिसभा चुनावका लागि काठमाडौं- ३ नै ताकिरहेका छन् । हिजो राष्ट्रिय सभागृहमा पार्टी घोषणा गर्दा निर्वाचन क्षेत्रबारे केही नबोले पनि आफूनिकटहरूसित रविले काठमाडौं ३ बाटै उठ्न चाहेको बताउने गरेका छन् ।

दाजुभाइको टकरावलाई कतिपयले ‘रणनीति’ ठानेका थिए । हरिशरणले भाइ रविका लागि ‘ठाउँ ओगटिदिएको’ चर्चा थियाे । तर, रविले पार्टी घाेषणा गरेपछि दाजुभाइबीचको मनमुटाव सतहमा आएको छ । रविकाे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा उजुरी त्यही समूहले गरेकाे छ, जसमा हरिशरण पनि आबद्ध छन् ।

‘स्वतन्त्र’ शब्दको मर्ममाथि प्रहार गर्दै पार्टीको नाम राखेकाले दर्ता नगरिदिन मागसहित सञ्जालले निर्वाचन आयोगमा निवेदन दिएको छ । यसबारे प्रश्न गर्दा हरिशरणले भने, ‘हाम्रा साथीहरूले आयोगमा उजुरी दिनुभएकाे छ, जुन जायज हाे । पार्टी पनि कतै स्वतन्त्र हुन्छ त ?’

हरिशरणले आफू रविकाे पार्टीमा आबद्ध नहुने बताए । भाइले पार्टीमा स्थान नदिएकाले उनी असन्तुष्ट बनेकाे चर्चा पनि छ । उनले रवि हतारिएको, आफूसँग सरसल्लाह नै नगरी अघि बढेकोजस्ता असन्तुष्टि ओकलेका छन् ।

रविले पार्टी घोषणा गर्नुभन्दा ठीक एक दिनअघि हरिशणले रविका लागि आफूले ठाउँ छोडिदिने कुरा मिडियामा बताएका थिए ।रवि संगठन नै बनाएर अघि बढ्न लागेकाले आवश्यक परे आफूले सहयोगी भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । तर, रविले बेवास्ता गरेपछि उनले भाइ हतारिएको, कच्चापन देखाएकाे सम्म भन्न भ्याएका छन् । ‘पार्टी भन्ने कुराे त्यसरी रातारात, हतासमा ल्याइन्छ ? त्यसकाे विचार के हाे, मुद्दा के हाे ?’, उनले प्रश्न गरे ।

रवि पछि नहटे काठमाडाैं ३ मा उनैसित प्रतिस्पर्धा हुन सक्ने हरिशरणले बताए । ‘अहिले चुनाव घाेषणा भएकाे छैन । तर, म आफ्नो बसोबास रहेको क्षेत्रमा खटिरहेको छु’, उनले भने, ‘मेरो सञ्जालले पनि मलाई काठमाडौं ३ मै चुनाव लड्न सुझाएको छ । रविलाई मैले भनेको छु, तिमी लोकप्रिय छाै, नेपालको जुनसुकै क्षेत्रबाट उठे पनि जित्न सक्छाै ।’

हरिशरण अहिले रेडियाे नेपालमा मुख्य समाचार सम्पादक पदमा कार्यरत छन् । चुनाव लड्ने निश्चित भएपछि रेडियाे नेपालबाट राजीनामा दिने उनकाे तयारी छ । २०७२ काे भूकम्पताका दिनरात रेडियाेमा लाइभ गरेर उनी थप चर्चामा आएका थिए भने रेडियाे नेपालकाे लाेकप्रियतालाई थप बढाइदिएका थिए । उनी प्रसारण पत्रकारितामा बेलायतबाट स्नातकाेत्तर हुन् ।

भाइसँग आफ्नो व्यक्तिगत रिसइबी केही नभएको उनी बताउँछन् । रवि अमेरिकामा हुँदा हरिशरण हप्तौँसम्म भाइसँगै बसेका थिए । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ पर्दा हरिशरणले रविलाई भरपूर साथ दिएका थिए । तर, चुनावी माथापच्चीमाझ उनले राजनीतिमा रविसँग थुप्रै विमतिहरू रहेको बताए । ‘यसलाई व्यक्तिगत नभनौँ तर, उसका पछिल्ला निर्णय र गतिविधि मलाई मन परेको छैन । उसले जे गर्दैछ, हतारमा गर्दैछ । कुनै योजना छैन, कुनै कन्टेन्ट छैन’, हरिशरणले शिलापत्रसँगभने ।

रविले चाहिँ आफ्नो आलोचना गरिरहेका दाइबारे केही टिप्पणी गरेका छैनन् । तर, अरुले आफूलाई नातावादी भन्लान् भनेर दाइलाई पार्टीमा ल्याउन बल नगरेको कुरा उनले आफूनिकटहरूसित गरेका छन् ।

सञ्चारकर्ममा रवि र हरिशरण

लामिछाने दाजुभाइकाे मूलघर काभ्रेकाे तत्कालीन माल्दुङ गाविस- ९ (हालकाे मण्डनदेउपुर नगरपालिका- २) हाे । तीन दाजुभाइमध्ये हरिशरण जेठा र रवि कान्छा हुन् । हरिशरणका माइला भाइ पनि काठमाडौंमै बस्छन् ।सन् १९९४ मा हरिशरणले रेडियाेबाटै छात्रवृत्तिमा बेलायत पढ्न जाने माैका पाए । रेडियाे नेपालसँगै हरिशरण म्युजिक नेपालमा पार्ट टाइम काम गर्थे । आफू बेलायत जानुअघि क्याम्पस पढ्दै गरेका भाइ रविलाई नै म्युजिक नेपालको काम सुम्पिएकाे हरिशरणले बताए । त्यहाँ प्रमाेसनल रेडियाे कार्यक्रमहरू चलाइन्थ्याे ।

रवि र हरिशरण सञ्चारकर्ममा यसरी नै जाेडिएका थिए । बेलायतमा पढेर हरिशरण रेडियाे नेपालमै आएर काम गर्न थाले । रेडियो पृष्ठभूमिका रवि टीभीतिर लागे । टीभी हाेस्टका रुपमा काम गर्दागर्दै उनी अमेरिका गए ।

अमेरिकाबाट फर्केपछि फेरि टीभीमै जाेडिए । नेपाल फर्किएपछि सुरुमा ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ चलाउने रवि पछि न्युज २४ टीभीमा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम चलाउन थाले । त्यसपछि ग्यालेक्सी टीभीबाट हालै उनी बिदा भएका हुन् । टीभीमा निरन्तर ६२ घण्टा कार्यक्रम चलाएर रविले विश्व कीर्तिमान पनि राखेका छन् ।

अनि प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको क्रेज देखेर दुवै लोभिए । रविले टीभी अनि हरिशरणले रेडियो छोडेर चुनाव लड्ने सोच बनाए । हरिशरणले दुई हप्ताअघि नै काठमाडौं ३ बाट चुनाव लड्ने मनसाय व्यक्त गरेका थिए ।

सार्वजनिक पदमा आसीन व्यक्तिले चुनाव लड्न पाउँदैन । सरकारले चुनाव घोषणा गरेपछि रेडियो नेपालबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिने तयारीमा हरिशरण छन् । यसका लागि उनी स्वतन्त्र राष्ट्रिय सञ्जाल नामको अभियानमा जोडिएका छन् । तर, भाइ रविले दाजुभन्दा एक कदम अगाडि गएर पार्टी नै घोषणा गरे ।

उनी पनि काठमाडौं ३ मै उठ्ने सुरमा छन् । उनीहरूले काठमाडौं ३ नै राेज्नुको पछाडि अन्य निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार आइसकेकाले हो । पुकार बम, सुमन सायमी, रञ्जु दर्शनालगायतले अन्य क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिन लागेकाले काठमाडौं- ३ लामिछाने दाजुभाइको हारालुछमा परेको हो ।
कान्तिपुर अभिलेखालय

कांग्रेसले धमिलो पानीमा माछा मार्न खोज्दैछ : ज्ञवाली

पाल्पा — पूर्वमन्त्री तथा एमाले उपमहाविच प्रदीप ज्ञवालीले कांग्रेसले राष्ट्रपति निर्वाचनमा धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाएका छन् । उनले सत्ता गठबन्धनको सहमति अनुसार एमालेबाटै राष्ट्रपतिमा आफू ढुक्क रहेको बताउँदै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको आधारमा राष्ट्रपति पदमा सम्झौता नगरेको बताए ।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले शनिबार तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्ञवालीले माओवादीको बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने भन्ने विषय उठेको चर्चा चलेपनि कांग्रेसबाट राष्ट्रपति हुन नसक्ने बताए । ‘राष्ट्रपति निर्वाचनका विषयमा छलफलहरु हुन सक्छन्,’ उनले भने, ‘प्रतिपक्षीको हैसियतले कांग्रेेसले कोसिस गर्नु एउटा कुरा होला तर त्यो कोसिस सार्थक हुनेवाला छैन ।’

नेता ज्ञवालीले अहिलेको यो गठबन्धनलाई कमजोरगराउने कुनै पनि प्रयास सफल नहुने उनले दाबी गरे । सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने दाबी गर्दै उनले भने, ‘सत्तालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा नै कांग्रेसले सबै पद गुमाएको हो । अझै पनि धमिलो पानीमा माछा मार्ने दाउमा लागेको छ । त्यसैले राष्ट्रपतिको दाउ ताकेको हुन सक्छ ।’

सत्ता गठबन्धनको सहमति अनुसार कांग्रेसले कुनै पनि हालतमा राष्ट्रपति पद नपाउने दाबी उनको छ । कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुको अर्थ राष्ट्रपति पाउने आशा गरेको हुनसक्ने बताउँदै उनले भने, ‘कांग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन ।

पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्नेमा कुनै शंका छैन ।’ सत्तागठबन्धका दलप्रति एमाले सशंकित नरहेको बताए । ‘कांग्रेस सत्ता पक्ष बन्न त सकेन नै,’ उनले भने, ‘मुलुकको विडम्बना प्रतिपक्ष बन्न पाउँ भन्दै संसद् सचिवालयमा निवेदन दिनु इतिहासमै अचम्मको घटना भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय