शुक्रबार , चैत्र १६, २०८०

राजनीति
रबि जस्तै गरि राजेन्द्र लिङ्देनपनि फस्ने भए, लिङ्देनको पनि रहेछ यस्तो मुद्दा बाकी,भर्खरै भयो खुलासा, हेर्नुस

प्रकाशित: २०७९ माघ १५ गते, आइतबार काठमाडौ (भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुस)

राप्रपा अध्यक्ष लिङ्देनमाथि करोडौंको जग्गा हडपेको आरोप

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई करोडौं मूल्य पर्ने जग्गा हडपेको आरोप लागेको छ । झापाको अर्जुनधारा नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेको १५ कठ्ठा जग्गा कब्जाको आरोप उनीमाथि लागेको हो । अहिले उक्त जग्गाको चलनचल्ती मूल्य प्रति कठ्ठा ५५ लाख रुपैयाँ छ ।

लिङ्देनले आफ्नै जिल्ला झापाको एक निम्न वर्गीय परिवाको जग्गा कब्जा गरेर विचल्ली बनाएको पीडित परिवारले गुनासो गरेको छ । २०२८ सालदेखि आफ्नो परिवारले जोतभोग गर्दै आएको र आफ्नै नाममा दर्ता कायम रहेको जग्गा जालसाजी गरी भूपू प्रधानपञ्च गोविन्द बस्नेतसँग मिलेर अर्काको नाममा दर्ता गराई जग्गा हडपेको पीडित परिवारका डिल्लीराम कट्टेलले कारोबारलाई बताए ।

बस्नेतले आफू प्रधानपञ्च रहेको समयमा कट्टेल परिवारले भोगाधिकार गरेको जग्गा अर्को गाउँपालिकाबाट दर्ता गराएको र त्यही कीर्ते कागजका आधारमा लिङ्देनलाई बिक्री गरेको कट्टेलले बताए ।

लिङ्देनले जग्गा लिन लागेको सूचना पाएसँगै कट्टेल परिवारले जानकारी गराउँदा उनले समस्या समाधान गर्ने आश्वासन दिएका थिए । तर, त्यसको एक महिना नबित्दै लिङ्देन स्वयंले जग्गा किनेको डिल्लीराम बताउँछन् ।

कसरी आइपुग्यो लिङ्देनको नाममा जग्गा ?

कट्टेल परिवारले २०२८ सालदेखि भोगचलन गरेको जग्गा साविक चारपाने गाविसबाट २०४६ साल असारमा मोरङ मधुमल्लाका टिकानाथ खड्काको नाममा नक्सा निकालेको देखिन्छ ।

खड्काको नामबाट २०५१ सालमा तत्कालिन प्रधानपञ्च गोविन्द बस्नेतकी श्रीमती विष्णुकुमारी बस्नेतको नाममा जग्गा आएको देखिन्छ । उक्त समयसम्म कट्टेल परिवारले यो विषयमा कुनै मेसो पाएन ।

सुकुम्बासी समस्या समाधान आयोगले २०६७ सालमा साविक अर्जुनधारा गाविसबाट डिल्लीरामका बुबा गजाधर कट्टेलको नाममा कित्ता नम्बर ३३५३ नम्बरको १ बिघा ३ कठ्ठा जग्गाको धनीपुर्जा उपलब्ध गराएको छ ।

“सुकुम्बासी समस्या समाधान आयोगले हामीलाई धनीपुर्जा उपलब्ध गराएपछि बस्नेत परिवार यो जग्गा आफ्नो दाबी गर्दै हामीसँग आयो,” कट्टेलले भने, “बस्नेत प्रधानपञ्च भएकै समयमा टिकानाथ खड्का नामको व्यक्ति खडा गरी जग्गा उसको नाममा ल्याएका रहेछन् ।”

उक्त १ बिघा ३ कठ्ठा जग्गा मध्येबाट १५ कठ्ठा जग्गा २०६९ सालमा लिङ्देनको नाममा गएको छ । जग्गा खड्काको नामबाट बस्नेत हुँदै लिङ्देनको नामसम्म आइपुग्न उनको संलग्नता रहेको कट्टेल परिवारको आरोप छ । कट्टेल परिवारको १५ कठ्ठा र अन्य जग्गा गरी लिङ्देनले सो क्षेत्रमा १ बिघा १० कठ्ठा १४ धुर जग्गा किनेका छन् ।

नेता लिङ्देनले आफ्नै संलग्नतामा जग्गा नापजाँच गरी आफूहरुलाई सो स्थानबाट लखेटेको कट्टेल परिवारको दाबी छ । नेता लिङ्देनले जग्गा किन्नुअघि नै आफूले सबै कुराको जानकारी गराई न्याय माग्दासमेत सुनुवाई गर्नुको साटो जीविकोपार्जन गर्दै आएको जग्गा हडपेको कट्टेलले बताएका छन् ।

लिङ्देनको नाममा जग्गा गएपछि कट्टेल परिवारले झापा जिल्ला अदालतमा मुद्दा दायर ग¥यो । “झापा अदालतमा अहिले मुद्दा विचाराधीन छ, लामो समयदेखि फैसला भएको छैन,” कट्टेल भन्छन्, “जग्गा दुईवटा नक्सामा देखिन्छ, हामीले भोगचलन गरेको जग्गा लिङ्देनले मेरो जग्गा हो भन्ने दाबी गर्दै आएका छन् ।”

अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा लिङ्देनले सो जग्गामा घर लगायतका संरचना बनाइसकेका छन् । मुद्दा फैसलामा ढिलाइ हुँदा आफूलाई थप अन्याय भएको कट्टेलले बताए ।

आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गर्न त के भोगचलन गर्नबाट समेत बञ्चित हुनुपरेको पीडित परिवारकी ज्येष्ठ सदस्य डिल्लीरामकी आमा ८० वर्षीया खिनमाया कट्टेलले बताइन् ।

आफ्नो परिवारसँग सो जग्गाको धनीपुर्जा र अन्य कागजात रहेको, जोतभोग पनि गर्दै आएको समयमा नेता लिङ्देनले जग्गा कब्जा गरेर आफ्नो परिवारको उठिबास लगाएको उनको गुनासो छ ।

सुरुमा जग्गा विवाद सल्टाउने आश्वासन दिएका लिङ्देनले पछि आफूहरुलाई लखेटेको खिनमायाले सुनाइन् । “हामीले धान खेती लगाएका थियौं, लिङ्देनले जग्गा आफ्नो नाममा सारेर आफू समर्थित मानिसहरु ल्याएर बल प्रयोग गरी मेरो श्रीमान्लाई खेतबाटै लखट,े” खिनमाया भन्छिन् । उनका श्रीमान् गजाधार कट्टेलको निधन भइसकेको छ ।

लिङ्देन निकट स्रोतले भने सबै कुरा नक्कली रहेको दाबी गरेको छ । “अदालतमा मुद्दा विचारधीन छ । उहाँले नम्बरी जग्गा किन्नु भएको हो,” स्रोतले भन्यो, “उहाँले जग्गा किनेपछि कट्टेल परिवारले जग्गामा दाबी गर्दै आएको हो । अहिले जग्गा रोक्का गरिएको छ ।” लिङ्देन अदालतको फैसलाको पर्खाइमा रहेको स्रोत जनाउँछ ।

यसैगरी रवि लामिछानेलाई भगवान मान्नेहरू पनि छन् । पत्रकारिताको माध्यमबाट दुःखी–पीडितका लागि रविले गरेका काम सराहनीय छन् । तर, उनको अराजक शैलीमा अराजकता चाहनेहरू मात्र खुशी हुन्छन् ।

अमेरिकी नागरिकता लिएसँगै नेपालको कानुनतः रविको नेपाली नागरिकता खारेज भयो । नेपाल फर्केर विभिन्न विवादमा परेपछि रविले अमेरिकी पासपोर्ट र अमेरिकी नागरिक पुष्टि हुने प्रमाणहरू त्यागे तर नेपाली नागरिकता पुनः प्राप्तिका लागि केही कदम नै चालेनन् । शुक्रबार सर्वोच्च अदालतको फैसला त्यसको परिणाम हो ।

सर्वोच्च अदालतले रविले प्रयोग गर्दै आएको नागरिकता अवैध ठहर गर्यो । सर्वोच्चको फैसलासँगै रवि अनागरिक मात्र निभाएनन्, सबथोक गुमाए । सर्वोच्चको फैसला रवि स्वयंले स्वीकार गरेका छन् । तर, उनका समर्थहरू सर्वोच्चको निर्णयविरूद्ध सडक प्रर्दशनमा उत्रनसम्म पछि परेनन् ।

रवि आफैले लामो समयदेखि कानुनी शासनमाथि धावा बोलिरहे, चुनौती दिइरहे । उनी आफैले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा कुनै दिन नागरिकताकै विषयलाई लिएर ‘मलाई अनागरिक बनाइनेछ’ भनेका थिए । तर, नागरिकता पुनः प्राप्तिका लागि कदम नै चालेनन् । बरु, सके कारबाही गरेर देखाउ भन्दै धम्की दिइरहे ।

खारेज भइसकेको नागरिकता बुझाएर रविले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै सभापति बने, सोही पार्टीबाट चुनाव लडेर गृहमन्त्री समेत बने । तर, कानुनी राजमा सधैँ मनपरी चल्दैन भन्ने शुक्रबार मात्र थाहा पाए । कसैलाई नटेर्ने रवि सिंहदरबारको सिंहासनबाट ‘म अनागरिकसँग कुनै प्रश्नको जवाफ छैन’ भन्दै लुसुक्क निवास फर्के ।

रविले राजनीतिक नेतृत्वलाई सामान्य मर्यादा पनि नराखी हजारौं पटक गाली गरेका छन् । न्यायालयलाई कयौँपटक दुत्कारेका छन्, शासक प्रशासकलाई अनेकौं पटक सरापेका छन् । तर, आज परिस्थिति फेरियो ।

पत्रकारिता छोडेर राजनीतिमा होमिएसँगै रविले आफूलाई सम्हाले । संयम र सभ्य भाषामा प्रस्तुत हुन थालेका रविले ‘प्रश्न गर्ने ठाउँबाट जवाफ दिने ठाउँमा पुगेको छु’ भन्ने स्वीकार गरे । तर, रविलाई आदर्श मान्नेहरूको अवस्था उस्तै छ । हिजो रवि जसरी प्रस्तुत हुन्थे आज पनि उनीहरू त्यसरी नै प्रस्तुत भइरहेका छन् । अर्थात, अराजक ।

​​​​​​​शुक्रबार सर्वोच्च अदालतले रविको नागरिकता विवाद मुद्दामा फैसला गर्दैगर्दा सर्वोच्च परिसरमा उनका समर्थक भेला भएका थिए । फैसला लगत्तै सर्वोच्च न्यायालयविरुद्ध नाराबाजी गरे, हुलदङ्गा मच्याए । केहीलाई प्रहरीले नियन्त्रणमा समेत लियो ।

शुक्रबार साँझयता सामाजिक सञ्जाल हेरिसक्नु छैन । रविका समर्थहरू सिधा कुरामा रवि चिच्याए जसरी नै चिच्याइरहेका छन् । गालि गर्न कसैलाई बाँकी राखेका छैनन् । बोल्नु हुने र नहुने, लेख्न हुने र नहुने सबथोक लेखिरहेका छन् । अर्थात उनीहरूको सिमा नै छैन ।

कानुनी राज्यमा न्यायालयको फैसला स्वीकार्य नै हुन्छ । अर्थात कानुनभन्दा कोही माथि हुन सक्दैन । केही दिन कानुनलाई झुक्याउन सकिएला तर कुनै न कुनै दिन कानुनको फन्दामा कसो नपरिएला ?

सायद, रविले पनि कानुनले सबथोक खोस्छ भन्ने कहिले कल्पना गरेका थिएनन् । उनलाई अलिकति मात्र हेक्का भएको भए नागरिकता पुनः प्राप्तिको सामान्य प्रकृया पूरा गर्न किन अटेर गर्थे होला ? तर, आज त त्यसको परिणाम भोग्नुको विकल्प नै रहेन ।

मुद्दा रविसँग मात्र जोडियो । तर, विषय सामान्य थिए । को नागरिक र को अनागरिक ? भन्ने प्रश्नले आज रविसँगै जोडिएको मुद्दा कति संवेदनशील भन्ने त प्रष्ट पारेकै छ । अर्थात, रविसँग जोडिएको मुद्दा रवि एक्लैको मुद्दा होइन, यो आम नेपाली नागरिकको मुद्दा हो । यसले हामीलाई थप संवेदनशील बनाएको छ । बन्नु पर्छ ।

रविलाई भगवान नै मानेर समर्थन गर्नेहरूलाई के कुरा थाहा हुनुपर्छ भने कानुनभन्दा माथि कोही हुँदैन । भगवान मानेका रवि पनि माथि हुन सकेनन् । अर्थात, रविको पक्षमा सञ्जालदेखि सडकसम्म कुर्लनेहरू पनि कानुनभन्दा माथि हुन सक्दैनन् । ख्याल नगरी जथाभावी लेख्ने र बोल्नेहरू पनि फन्दामा पर्न सक्छन् ।

यो कुरा बुझे हुन्छ– रविको मुद्दा यत्तिमा सीमित हुने छैन । रविले प्रयोग गरेको नागरिकता नै अवैध ठहर भएसँगै यो नागरिकता प्रयोग गरेर रविले गरेका सबै कामहरू अवैध (अपराध) ठहरिकाए छन् । यो मुद्दाले रविलाई झनै अप्ठ्यारोमा पार्ने छ ।

भक्तहरूलाई नराम्रो लाग्नसक्छ । तर, नागरिकता दुरुपयोगसम्बन्धी कसुर, राज्यलाई गुम्राहमा पारेर गरेको नक्कली र जालसाजी कसुरमा रवि जेल पनि जान सक्छन् ।

अवैध नागरिकता प्रयोग गरेर रविले नेपाली राहदानी बनाएका छन्, सोही नागरिकताले पार्टी दर्ता गरेका छन्, सोही नागरिकता बुझाएर सांसद हुँदै मन्त्री भएका छन् । मन्त्री भएर उनले अनेक निर्णयहरू गरेका छन् । यी सबै अवैध ठहर भएका छन् ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आइसकेको छैन । पूर्णपाठमा रविले जालसाजी गरेको र कानुनबमोजिम कारबाही गर्नुपर्ने ठहर गरेको उल्लेख भएमा रवि तत्काल जेल जानुपर्ने हुन्छ । यदि, सर्वोच्चको फैसलामा यस विषयमा बोलिएको छैन भने पनि अवैध नागरिकता प्रयोग गर्दै रविले गरेका अनैतिक कदमहरूको बिटा समातेर मुद्दा दायर गर्न तयार भएका धेरै छन् ।

त्यसैले, अहिलेको अवस्थामा रविबाट भएका सम्पूर्ण गल्तिहरूलाई मनन् गर्दै न्यायालयको फैसलालाई सम्मान गर्नु नै उत्तम हुन्छ । किनकी, बिग्रेका बाटा र पाटाहरू सच्याएर अघि बढ्न रविलाई ठूलो अवसर मिलेको छ । यो अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने हो भने राजनीतिमा रविको भविष्य त सबैले उज्यालो देखेकै छन् क्यारे !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय