शुक्रबार , चैत्र १६, २०८०

किन गरे गृहमन्त्री रविले लडाइको कुरा: सीमा बारे सशस्त्र प्रहरीलाई यस्तो कडा निर्देशन, कसैसामु नझुकुन।

र यो पनि
गृहमन्त्री रबीलाई चर्चित डाक्टरले नै पठाए ५ पेज लामो खुल्ला पत्र, मिनेटमै भयो भाइरल !

रवि लामिछानेलाई खुलापत्र : गृह मन्त्रालयको काम टेलिभिजन कार्यक्रमजस्तो होइन

प्रकाशित मिति । १४ माघ २०७९ ।

गृहमन्त्री विरुद्धको अनुसन्धान प्रहरीले मात्र गर्दा विश्वासको संकट आउन सक्छ। यो विषयमा सत्य–तथ्य अनुसन्धान गर्न कुनै न्यायाधीशको अध्यक्षताको समितिलाई दिंदा उचित हुन्छ। तपाईं आफैं सक्रिय भई समिति गठन गर्न लगाउनुहोस्।

गृहमन्त्री रवि लामिछाने

यस पटक स्वतन्त्र उम्मेदवारहरू जनताका प्राथमिकतामा परे। थोत्रा नेतातर्फको वितृष्णाको कारण धेरै ‘रवि लामिछानेहरू’ को उदय भयो। यसैले पार्टी स्थापना गरेको करिब ६ महिनामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ जना गरी २० जना प्रतिनिधिसभाका सदस्य चुनिए।

जनमत पार्टीका सिके राउत अरुलाई सरकारमा पठाएर आफू गएनन्। सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले पनि यो लेख्ने बेलासम्म कसैलाई सरकारमा पठाएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पनि दोस्रो चरणमा पद लिए। तर, तपाईं रवि लामिछाने ‘जबर्जस्त बार्गेनिङ’ का साथ सुरुमै ‘उपप्रधानमन्त्री तथा गृहमन्त्री’ हुनुभयो। यो कदम ‘जनसेवाको जिम्मेवारी लिने’ सक्रियता हो वा ‘पदको आसक्ति’ हेर्न बाँकी छ ।

देशमा शान्तिसुरक्षा, अपराध अनुसन्धान र गृह प्रशासनको ‘सर्भिस डेलिभरी’ चित्तबुझ्दो हुन बाँकी छ। राज्य संयन्त्र कमजोर छ। कार्यान्वयनमा प्रशस्त कमजोरी छन्। तर, तपाईंमा भने कमजोरी नहोस्। तपाईं असफल हुनुभो भने ‘नयाँ र युवा नेता’ खोजेका नागरिकमा तुषारापात हुनेछ। तपाईंको पार्टी अर्को चुनावमा ‘शून्य’ मा झर्नेछ। मानौं, नाला फुटेर एक पटकको लागि मात्र बगेको खहरे। ‘राज्यशक्तिको मात चढ्यो’ वा ‘शक्तिको झिलीमिलीमा रमाउनुभयो’ भने यो निश्चित छ।

७७ जिल्लाका प्रशासन, दुईवटा प्रहरी संगठनहरू र राष्ट्रिय अनुसन्धान विभाग हेर्ने गृहमन्त्रीले देशमा केही परिवर्तन ल्याउन अवश्य सक्छ। आफ्नो राजनीतिक दलका भरौटे र चुनावमा ‘लगानी गरेका व्यापारी/ठेकेदार’ लाई भागबिलो दिन नपर्ने तपाईंलाई काम गर्न सहज छ। तर, यो काम मीठो र आकर्षक स्वरमा टेलिभिजनमा फलाके जस्तो हुँदैन। यसै सिलसिलामा प्रहरी सेवाबाट निवृत्त पंक्तिकारका केही सुझाव छन्।

पहिलो हो, ‘मिसन’ स्पष्ट बनाउने र आत्मविश्वास राख्ने। तपाईंले निश्चित गर्नुपर्ने ‘मिसन र स्ट्राटेजी’ गृह मन्त्रालय र प्रहरी प्रशासनसँग प्रशस्त छन्। समस्या छताछुल्ल छन्, तर सीमित र व्यावहारिक प्राथमिकता छान्नुहोस्। त्यसको लागि चुस्त प्रशासन र व्यावसायिक प्रहरी चाहिन्छ। त्यो बनाउने आत्मविश्वास राख्नुस्। फौजी अपरेशनको सार हो, ‘बाँच्नलायक त्यो छ जो तयार छ मर्नलाई।’

डा. गणेश रेग्मी

तपाईं आफूले निश्चित गरेको ‘मिसन र स्ट्राटेजी’ मा शतप्रतिशत लाग्दा कसैले तपाईंको सत्कार्यमा बाधा पुर्‍याउँछ भने त्यसलाई जनताका सामु धज्जी उडाइदिनुस्। खराब काम बिल्कुल नगर्नुस्। नगरी नहुने अवस्था आएमा घोषणा गरेरै पद छोड्न श्रेयस्कर हुन्छ। तपाईं अब पद र पैसाको लालच गर्नुपर्ने अवस्थामा हुनुहुन्न। समयले दिएको कुरामापूर्ण सन्तुष्ट हुनुस्।

दोस्रो, जनतालाई विश्वास दिलाउने। गृह प्रशासनको मूल जिम्मेवारी ‘सुरक्षा’ हो जुन जनताको मनोविज्ञानमा आधारित हुन्छ। राप्रपाका राजेन्द्र लिङ्देनले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह’ भनेर एक हिसाबको विश्वास दिलाए जस्तो गरी जनतालाई साथमा लिनुस्।

एकातिर प्रहरीको बढुवामा पैसा खान्नँ, खरिद र प्रबन्धमा कमिसन लिन्नँ, प्रहरीका माथिल्ला पद थपेर पैसा सोहोर्दिनँ, सरुवामा लालच राख्दिनँ, कुनै प्रहरी कर्मचारीलाई अन्याय परेमा सुनुवाइ हुन्छ भनेर प्रहरीको विश्वास जित्नुस्। अर्कोतिर प्रहरीलाई थप व्यावसायिक बनाउन र गलत काम गरे ठाउँका ठाउँ कारबाही हुन्छ, नेता र पार्टीको छत्रछायाँमा सात खुन माफ हुने अवस्था अब बन्द भयो भन्ने त्रास सृजना गर्नुपर्छ।

तेस्रो, नागरिकता अनुसन्धानको सन्दर्भ। तपाईंको विगतमा केही शंका हुने सन्दर्भ छन्। एउटा नागरिकताको विषय पनि हो। पाँच वर्षभन्दा बढी समय अमेरिकी नागरिक रहेको नागरिकको विषय अहिले प्रहरीले अनुसन्धान गरेको छ। गृहमन्त्री विरुद्धको अनुसन्धान प्रहरीले मात्र गर्दा विश्वासको संकट आउन सक्छ।

यो विषयमा सत्यतथ्य अनुसन्धान गर्न कुनै न्यायाधीशको अध्यक्षताको समितिलाई दिंदा उचित हुन्छ। तपाई आफैं सक्रिय भई समिति गठन गर्न लगाउनुहोस्। गल्ती नगरेको तपाईं डराउनुपर्दैन। भएको रहेछ भने कार्यविधिको त्रुटि मात्र हो। सामान्य मानवीय त्रुटि मानव जीवनको एउटा पाटो नै हो। करिब २० सिट जित्ने राजनीतिक पार्टीको अध्यक्षलाई न्यायका मान्य सिद्धान्तले ‘अनागरिक’ बनाउँदैन, पद खोस्दैन।

चौथो, सचिव र आईजीपीलाई काम गर्न स्वतन्त्र छोडिदिनुस्। तपाईंको काम ‘मिसन र भिजन’ दिने हो। प्रक्रियागत कुरामा नअल्झनुस्। मूल्यांकन र करेक्सन भने जरुरी छ। सम्भव भएसम्म काममा मापदण्ड र नीति बनाएर मात्र गर्नुस्। नीति र मापदण्ड भन्दा बाहिरको काम रोक्नुस्। उदाहरणको लागि सरुवा–बढुवाको नीति र मापदण्ड बनाउन लगाउनुस्, गरेको सरुवा–बढुवामा सो मापदण्ड पूर्णरूपमा पालना भए–नभएको मात्र हेर्नुहोस्।

काम गर्न स्वतन्त्र छोड्दा पनि उनीहरूले गरेको कामले रिजल्ट दिन नसकेमा तिनैलाई जिम्मेवार बनाउनुस्। यदि सचिवले गर्न सकेनन् भने तत्काल फेर्नुस्। महानिरीक्षकलाई भने सरुवा गर्न नमिल्ने भएकोले अरु कुरामा मूल्यांकन गर्नुस्।

महत्वपूर्ण पदमा आसीन भएकोले नातागोता, टुटेफुटेका सम्बन्ध, साथीभाइ र मौकामा चौका हान्ने मानिसहरूले अब तपाईंलाई घेर्ने छन्। लोभलालचका जालहरू सृजना हुनेछन्। नहुने काम नगर्नुस्। हुने काम पनि सीधै आफूले गर्ने होइन, सचिव, महानिरीक्षकमार्फत र नीति र मापदण्डभित्र रहेर गर्न लगाउनुस्।

गुणस्तर विकास र रोजगारमूलक शिक्षा प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री गिरी

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले शैक्षिक गुणस्तर विकास र रोजगारमूले शिक्षाको विकास प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् । रुपन्देहीको सियारीमा रहेको पब्लिक माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले विद्यालय तहबाट नै गुणस्तरीय र रोजगारमूलक शिक्षा दिन आवश्यक पहल थाल्ने बताए ।

उनले शैक्षिक बेरोजगार हटाउन र देशभित्रैस्वरोजगार बनाउन प्रदेशले आफ्नै प्राविधिक विश्वविद्यालय खोलेको समेत जानकारी दिए । ‘अबको शिक्षा स्वदेशमै रोजगार बन्ने र समृद्धि हासिल गर्ने खालको हुनुपर्छ । यसमा सचेत छौं,’ उनले भने ।

मुख्यमन्त्री गिरीले शैक्षिक क्षेत्रलाई समुन्नत बनाउन शैक्षिक गुणस्तर विकास र पूर्वाधार विकासलाई एकसाथ अगाडि बढाउने आफ्नो योजना रहेको बताए । प्रदेश सरकार शैक्षिक गुणस्तर विकासका लागि अग्रसर रहने बताउँदै दक्ष जनशक्ति र स्थानीयस्तरमा खपत हुने जनशक्ति उत्पादनका लागि स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने योजना बनाएको जानकारी दिए ।

मुख्यमन्त्री गिरीले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउँदै शिक्षकहरुलाई समेत विद्यालयको शैक्षिक गुणस्तर विकासमा ध्यान दिन आग्रह गरे । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मुख्यमन्त्री गिरीले स्वर्ण स्तम्भ, प्राविधिक भवन उद्घाटन गरेका थिए । विद्यालयले माघ १२ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव मनाउँदै छ ।

अमलटारी हुँदै गैंडाखासा, देवीताल, टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति

नवलपरासी पूर्व — चितवन राष्ट्रिय निकुञ्जले अब पूर्वी नवलपरासीको अमलटारीबाट पनि निकुञ्ज प्रवेश खुलाएको छ । होटल र पर्यटन व्यवसायीको आग्रहमा निकुञ्जभित्र पर्यटक प्रवेश गर्न जिप सफारीका लागि अनुमति दिइएको हो । यसअघि यहाँका दुई होटलले मात्र यस्तो सुविधा लिइरहेका थिए ।

होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र आफ्नोमा आएका पर्यटक लैजाने अनुमति पाएका थिए । अब सबै होटल र पर्यटन व्यवसायीले त्यस्तो सुविधा पाएका हुन् । यसले साना होटल र पर्यटन व्यवसायीलाई राहत मिलेको बताइएको छ । निकुञ्जले यही माघ ११ मा निर्णय गरेर सबै होटल र व्यवसायीले पर्यटकका लागि अमलटारी पोस्टबाट समेत निकुञ्ज प्रवेशको अनुमति दिएको हो ।

निकुञ्जको निर्णयले पर्यटन व्यवसायी उत्साही बनेको अमलटारीस्थित थारू कम्युनिटी लजका सञ्चालक बुद्धिसेन थारूले बताए । अमलटारीबाट गैंडाखासा, अमलटारी हुँदै देवीताल, अमलटारी हुँदै टाइगर टप्सको रुट र गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्ने अनुमति दिइएको हो । यस रुटमा पर्यटक आवगमन गर्न कुनै समस्या नरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

सबै पर्यटन व्यवसायीबाट संयुक्त रूपमा निवेदन आएकाले सबैलाई हुने गरी अनुमति दिइएको चितवन निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जनाए । अब प्रतिदिन ५ जिप निकुञ्ज प्रवेश गर्न पाउनेछन् । सबै होटल र पर्यटन व्यवसायीलाई फस्ट कम फस्ट सर्भिसका आधारमा अनुमति पाउनेछन् । एउटा जिपमा १० जना एकै पटक आउजाउ गर्न सक्छन् । हात्ती सफारी मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र प्रवेशको अनुमति छ ।

निकुञ्ज प्रवेशका लागि नेपालीले एक सय ५० रुपैयाँ, सार्क क्षेत्रका पर्यटकले एक हजार र अन्य देशका हरेकले दुई हजार रुपैयाँ तिर्नुपर्छ । हरेक जिपले एकपल्ट निकुञ्ज क्षेत्र प्रवेश गर्दा ५ हजार शुल्क दिनुपर्छ । व्यक्तिले शुल्क तिरेपछि हरेक जिपले थप शुल्क तिर्नुपर्छ । डुंगा सयरको पनि छुट्टै शुल्क लाग्छ । डुंगा सयर गर्दा प्रत्येक नेपालीको ३ सय, सार्क क्षेत्रका पर्यटकले ३ हजार र अन्य विदेशीले जनही ४ हजार शुल्क बुझाउनुपर्ने सूचना अघिकारी तिवारीले जनाए । जंगल पैदल जाने पर्यटकले कम्तीमा दुई जना नेचर गाइड लैजानुपर्ने पनि उनको भनाइ छ ।

चितवन निकुञ्जसँग जोडिएको सौराहा क्षेत्रमा कोलाहल बढेका कारण गैंडा र अन्य वन्यजन्तु अवलोकन गर्न आउने पर्यटक अमलटारी आउने गरेका छन् । निकुञ्जका वन्यजन्तु हेर्ने हो भने अमलटारी आउनैपर्ने अमलटारी होमस्टेका परिकल्पनाकार प्रेम शंकर मर्दनिया थारू सुनाउँछन् ।

चितवन क्षेत्रमा मान्छे बाक्लिएका कारण वन्यजन्तुको चाप यता बढेको उनको भनाइ छ । घाँसे मैदान र आहाल खेल्ने स्थान अमलटारी क्षेत्रमा धेरै रहेकाले वन्यजन्तुको ओहोरदोहोर यतै बढी हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय