बुधबार , बैसाख १२, २०८१

म यो देशको ढुकुटी को पाले हु, कसैलाइ एक रुपैया चोर्न दिन् कसैलाई भ्रष्टाचार गर्न दिन्न । यो देश सबै घुस खोरी दलालले सबै देश खाई सके देश बेच्न लागिसके भन्दै कडा रुपमा बोलेका छन् । उनको यो बोली सबैले रुचाएका छन ।।।।

भाषण गर्दा जब यो कुरा आयो अनि गडड तालीको आवाज आएको थियो । रविलामिछाने कांग्रेसमै पुग्लान् ? रवीन्द्र मिश्रपछि फेरि रवि लामिछाने पत्रकारिता क्षेत्रको जगबाट राजनीतिमा निर्णायक हस्तक्षेप गर्न सफल भएका छन् । समकालीन नेपाली राजनीति, अर्थतन्त्र, कूटनीति, संस्कृतिजस्ता क्षेत्रभित्र रहेका बेथिति, विसंगतिलाई


जनमानसमा आक्रामक ढङ्गले प्रस्तुति दिएर छवि निर्माण गरेका दुई पात्रमध्ये रवीन्द्र मिश्र लगभग असफलताको साङ्लोलेबाँधिइसकेका छन् । उनको यात्रा पश्चगमन र मरिसकेको राजतन्त्रलाई कहीँ कतै फिर्ता ल्याउन सकिन्छ कि भन्ने कुत्सित मनसायबाट प्रेरित घोर दक्षिणपन्थी रहेको सर्वविदितै छ
।।
। यता रविको लक्ष्य, नीति, योजना, कार्यक्रम, रणनीति, कार्यनीति के हो भन्ने अझै स्पष्ट छैन । कुनै राजनीतिक आकार नै नभएको दललाई नेपाली जनताले ठूलो अभिमत दिएर संसद्‌मा पठाएका

छन् । हुन त लामिछानेसम्बद्ध केही नेताहरू मध्यपन्थी पार्टीको वैचारिक दिशामा अगाडि बढने पनि भनिरहेका छन् । मध्यपन्थ रवीन्द्र मिश्रको जस्तो घोर दक्षिणपन्थी नभए पनि नेपाली कांग्रेसजस्तै दक्षिणपन्थी लाइनको एउटा हाँगा नै हो ।।। भर्खर सम्पन्न निर्वाचनमा प्रदेश तहमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी खडा नगर्ने जुन धृष्टता गर्‍यो, त्यसले मोटामोटी उनको अगामी दिशाबारे अनुमान गर्न कठिन

छैन । १० वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन र मधेस आन्दोलनले स्थापित गरेको संघीयताको मूल मर्ममाथि उनले प्रश्न खडा गरेका छन् । त्यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रदेशको प्रत्यक्ष र समानुपातिक दुवै मतदान प्रक्रियालाई अस्वीकार गर्दै प्रदेश खारेजीको पक्षमा आफ्नो स्पष्ट अभिमत जाहेर गरे । यसले भर्खर उदाउँदै गरेको युवापुस्ताको नेतृत्वले पछिल्लो राजनीतिक परिवर्तनको उपलब्धिलाई

अस्वीकार गर्न खोजेको भान हुँदैछ । अब केही समयपश्चात् लामिछानेको वास्तविक पहिचान हुनेछ । उनले कि त संघीय संरचना स्वीकार गरेर मूलधारमा अडिन प्रयत्न गर्नेछन्, कि त उक्त संरचनाविरुद्ध जनमत खडा गरेर विद्रोही शक्तिको

रूपमा संगठन विस्तारको जग हाल्न कोसिस गर्नेछन् ।गत हप्ता सम्पन्न चुनावको सबै परिणाम घोषणा भइसकेको छ । यो चुनावले समानुपातिक प्रणालीमा नेकपा एमालेलाई ठूलो दलको रूपमा स्थापित गरे पनि नेपालमा दक्षिणपन्थी शक्तिका लागि उत्साहजनक माहौल सिर्जना गरिदिएको

छ । २०७४ को चुनावमा साढे २ प्रतिशतवरिपरि मत प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक ५.५८ प्रतिशत मत प्राप्त गर्नु र वामपन्थी भनिएका शक्तिहरूको मत भारी ओरालो लाग्नुले त्यसको छनक दिएको छ । गणतन्त्र, संघीयता र धर्म निरपेक्षताविरुद्ध आवाज बुलन्द गरेको राप्रपाले उत्साहजानक मत प्राप्त गर्नुले पछिल्ला राजनीतिक उपलब्धिहरू जोखिममा पर्दै

गएको विषयलाई नजरअन्दाज गर्न सकिँदैन । उदाउँदै गरेको मध्यम वर्ग एक दशकअगाडि यस लेखकको गाउँमा एक वा दुई जना मात्र करोडपतिको लाइनमा मानिसहरू थिए । तर, आज झण्डै १०० सय जना मानिस गरिबबाट मध्यम वर्गमा रूपान्तरण भएका छन् । सापेक्षमा सायद आज देशभरिको अवस्था यही हो । रेमिट्यान्सले निर्माण गरेको यस्तो समाजको दिगोपन कति हुन्छ, त्यो बहसको अर्थशास्त्रीय पाटो हुन सक्छ

। तर, त्यसले निर्माण गर्न खोजेको वैचारिक दिशा नेपाली राजनीतिमा कम अध्ययन गरिएको पाटो हो । यस्तो मध्यमवर्गीय शक्ति आर्थिक हिसाबले आत्मनिर्भर हुने हुँदा राजनीतिक निर्णय कसैको करकाप वा जोरजबर्जस्तीभन्दा आफ्नो रुचि, चाहना वा स्वविवेकले लिन्छ । २०७४ को चुनावमा रवीन्द्र मिश्रको पक्षमा यस्तो समूहको मनग्य मत खसेको थियो । यस पटक रवि लामिछानेले त्यो चिट्ठा आफ्नो पक्षमा पारेका छन् । तर, निर्माण हुँदै गरेको मध्यम वर्गको मत माओवादीले प्राप्त गर्न सकेको देखिँदैन । क्रान्तिकारी जार्गनको अति सहारा लिनुपर्ने उसको बाध्यतालाई जनताले एकपछि

अर्को गर्दै बेवास्ता गरिरहेका छन् । यसबारे उसको मूल नेतृत्व बेखबर छ भन्ने चुनावी मतपरिणामले दिन खोजेको अर्को सन्देश हो । गठबन्धनमा माओवादी र समाजवादी (वामपन्थी) लाई चित्त नपार्ने कट्टर कांग्रेसीहरूले उस्तै रङका लामिछानेलाई मत दिएर आफ्नो चित्त बुझाउने कोसिस त गरे, तर उनीहरूलाई नै त्यस्तो निर्णयले घण्टी बजाइदियो । यस्तो मध्यम वर्ग मतपरिणाममा एकदम विध्वंसकारी हुन्छ । यो वर्गले सिर्जना गर्ने अनपेक्षित मतपरिणामले सिङ्गो राजनीतिक प्रणालीको जग भत्काउन हमेसा प्रयत्न गर्छ । मुख्य शक्तिको पूजा गर्नु र त्यो शक्तिले आफ्नो पक्षमा काम

गरेन भने वैकल्पिक शक्ति निर्माणका लागि वातावरण बनाउने यसको वर्गगत स्वार्थप्रेरित चरित्र हुन्छ । स्वभावैले यसको चरित्र श्रमिक, मजदुर, किसान, पिछडा वर्गभन्दा विकसित र विश्व भू-राजनीति र आपूर्ति शृङ्खलासँग जोडिएको हुन्छ । हुन त माओवादीले अँगाल्ने अर्थ, कूटनीति, सुरक्षा र राजनीतिक मामिला कांग्रेसको भन्दा पृथक् छ । त्यसैलाई मूल आधार मानेर गगन समूह रणनीतिक योजनाका साथ अगाडि बढेको देखिन्छ । सामाजिक

सञ्जाल मुख्यतः ट्विटरतिर कांग्रेसनिकट बुद्धिजीवीहरूका मतलाई नियाल्ने हो भने पनि त्यसको छनक मिल्छ । गठबन्धन भए पनि यो तप्काले माओवादी र यसको मुख्य नेतृत्वलाई निसाना साँधेर दिएका अभिव्यक्तिलाई कम आकलन गर्न सकिँदैन । चुनाव प्रचारको समयमा पनि त्यो तप्का थापालगायत विश्वप्रकाश शर्माहरूको प्रचारमा निकै क्रियाशील देखिन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय