शुक्रबार , बैसाख ७, २०८१

रेमिट्यान्सले निर्माण गरेको यस्तो समाजको दिगोपन कति हुन्छ, त्यो बहसको अर्थशास्त्रीय पाटो हुन सक्छ । तर, त्यसले निर्माण गर्न खोजेको वैचारिक दिशा नेपाली राजनीतिमा कम अध्ययन गरिएको पाटो हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यस्तो मध्यमवर्गीय शक्ति आर्थिक हिसाबले आत्मनिर्भर हुने हुँदा राजनीतिक निर्णय कसैको करकाप वा जोरजबर्जस्तीभन्दा आफ्नो रुचि, चाहना वा स्वविवेकले लिन्छ । २०७४ को चुनावमा रवीन्द्र मिश्रको पक्षमा यस्तो समूहको मनग्य मत खसेको थियो । यस पटक रवि लामिछानेले त्यो चिट्ठा आफ्नो पक्षमा पारेका छन् । तर, निर्माण हुँदै गरेको मध्यम वर्गको मत माओवादीले प्राप्त गर्न सकेको देखिँदैन । क्रान्तिकारी जार्गनको अति सहारा लिनुपर्ने उसको बाध्यतालाई जनताले एकपछि

अर्को गर्दै बेवास्ता गरिरहेका छन् । यसबारे उसको मूल नेतृत्व बेखबर छ भन्ने चुनावी मतपरिणामले दिन खोजेको अर्को सन्देश हो । गठबन्धनमा माओवादी र समाजवादी (वामपन्थी) लाई चित्त नपार्ने कट्टर कांग्रेसीहरूले उस्तै रङका लामिछानेलाई मत दिएर आफ्नो चित्त बुझाउने कोसिस त गरे, तर उनीहरूलाई नै त्यस्तो निर्णयले घण्टी बजाइदियो । यस्तो मध्यम वर्ग मतपरिणाममा एकदम विध्वंसकारी हुन्छ । यो वर्गले सिर्जना गर्ने अनपेक्षित मतपरिणामले सिङ्गो राजनीतिक प्रणालीको जग भत्काउन हमेसा प्रयत्न गर्छ । मुख्य शक्तिको पूजा गर्नु र त्यो शक्तिले आफ्नो पक्षमा काम

गरेन भने वैकल्पिक शक्ति निर्माणका लागि वातावरण बनाउने यसको वर्गगत स्वार्थप्रेरित चरित्र हुन्छ । स्वभावैले यसको चरित्र श्रमिक, मजदुर, किसान, पिछडा वर्गभन्दा विकसित र विश्व भू-राजनीति र आपूर्ति शृङ्खलासँग जोडिएको हुन्छ । हुन त माओवादीले अँगाल्ने अर्थ, कूटनीति, सुरक्षा र राजनीतिक मामिला कांग्रेसको भन्दा पृथक् छ । त्यसैलाई मूल आधार मानेर गगन समूह रणनीतिक योजनाका साथ अगाडि बढेको देखिन्छ । सामाजिक

सञ्जाल मुख्यतः ट्विटरतिर कांग्रेसनिकट बुद्धिजीवीहरूका मतलाई नियाल्ने हो भने पनि त्यसको छनक मिल्छ । गठबन्धन भए पनि यो तप्काले माओवादी र यसको मुख्य नेतृत्वलाई निसाना साँधेर दिएका अभिव्यक्तिलाई कम आकलन गर्न सकिँदैन । चुनाव प्रचारको समयमा पनि त्यो तप्का थापालगायत विश्वप्रकाश शर्माहरूको प्रचारमा निकै क्रियाशील देखिन्थ्यो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय