मंगलबार , बैसाख ११, २०८१

रबि लामिछाने र बालेन शाहबारे धर्ती माताको ड’रलाग्दो भबिस्यवाणी, दुबैको ज्या’न ख’तरामा, जुनसुकै बेला जे नि हुन सक्ने (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)

प्रकाशित मिति । २८ मंसिर, २०७९ ।

काठमाडौं । केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

अहिले फेरी विभिन्न जिल्लामा तीन महिना कठिन तपस्या गरेपछि ज्ञान पाएँ। अहिले सफल भएकी छु। दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन् । बाँकी तलकाे

यो पनि: सप्तरीमा हात्तीले पाँचवटा घर भत्कायो, सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए ।

कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए ।

एउटा जङ्गली हात्ती वडा नं १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पु¥याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन् ।

हात्तीगाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन् । यस भेगमा सालैपिच्छे हात्तीले आतङ्क मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ । हात्तीको आतङ्कलाई न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरूले आक्रोश व्यक्त गरेको छन् ।

नागढुंगा-मुग्लिङ सडकको तीन खण्डमै ठेक्का लाग्यो

सडक बन्द नगरी काम गरिने

काठमाडौँ — नागढुंगा–मुग्लिङ सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको छ । मुलुककै ‘लाइफलाइन’ सडकका रूपमा रहेको यो खण्डमा पर्ने बजार क्षेत्रमा चार र अन्य खण्डमा दुई लेन सडक बनाइने छ । विभागका प्रवक्ता एवम् उपमहानिर्देशक भिमार्जुन अधिकारीका अनुसार ठेक्का सम्झौता गरेर दुई खण्डको काम भइरहेको छ ।

एउटा खण्ड मलेखु–मुग्लिङको भने साताअघि मात्रै ठेक्का सम्झौता भएकाले काम सुरु हुन केही दिन लाग्ने छ । विश्व बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति थालिएको सडक विभागले जनाएको छ । पहिलो प्याकेजका रुपमा नागढुंगा–नौबिसे खण्ड रहेको छ । जसको दूरी १२.२६ किलोमिटर छ । यो खण्डको ठेक्का रकम १ अर्ब ३० करोड ८४ लाख रुपैयाँ हो ।

यसको ठेक्का सम्झौता २०७८ चैत २९ भएपनि काम २०७९ जेठ २६ गतेबाट सुरु भएको हो । निर्माणको काम २०८१ जेठ २७ भित्र सकिसक्नु पर्ने छ । ठेक्का जाङ्सू–सगुन जेभीले लिएका हुन् । जाङ्सू चिनियाँ कम्पनी हो । ‘सवारी आवागमन प्रभावित नहुनेगरी काम थालिएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले पर्खाल लगाउने काम भइरहेको छ ।’

दोस्रो प्याकेज नौबिसे–मलेखु खण्ड हो । जसको दूरी ४८.५ किलोमिटर छ । यो खण्डमा सर्भेको काम सकेर निर्माणको काम सुरु गर्न लागिएको छ । जुन खण्डको ठेक्का रकम ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ । ठेक्का जेटआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । जेटआईसीजी चिनियाँ कम्पनी हो । ठेक्का सम्झौता २०७९ वैशाख १४ मा भएको र कार्यादेश जेठ २६ गते दिइएको विभागले जनाएको छ । काम २०८२ जेठ २७ भित्र सकिसक्नु पर्ने छ ।

तेस्रो प्याकेज हो, मलेखुदेखि मुग्लिङसम्म । जुन खण्डको ठेक्का शर्मा–जेटआईसीजीले लिएको हो । यो खण्डमा भने काम सुरु भएको छैन । यसको ठेक्का रकम ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ हो । जसको दुरी ३४.१४ किलोमिटर छ । निर्माण अवधि तीन वर्षको रहेको छ । विभागका अनुसार दुई लेनको सडक ४८ किलोमिटर, क्लाइम्बिङ लेन ३७.५ किलोमिटर र चार लेन सडक ९.४ किलोमिटर सहित मुग्लिनसम्म ९४.९ किलोमिटर सडक स्तरोन्नति हुने छ । यो खण्डमा २१ वटा नयाँ पुल निर्माण गरिने छ । अहिले चालु रहेका पुराना पुल दुई लेनका छन् । तिनै पुलका छेउमा थप दुई लेनकै नयाँ पुल निर्माण गरिने प्रवक्ता अधिकारीले बताए ।

यो सडकको ठेक्का गर्न दुई वर्ष अघिबाट तयारी थालिएको थियो । ‘सुरुमा सडक बन्द गरेर काम गर्ने र सवारी साधनका लागि वैकल्पिक मार्ग बनाई त्यतै डाइभर्ट गर्ने योजना थियो,’ उनले भने, ‘तर यो सम्भव भएन, नारायणगढ–मुग्लिन सडक बन्द गरेर काम गर्दा यात्रुले खेप्नु परेको सास्ती थाहा पाएरै अहिलेसम्म यो सडक बन्द गरेर काम गर्ने भन्ने सोचमा छैनौं ।’ उनका अनुसार सबै सडक एकैपटक भत्काइने छैन । तीन खण्डमा सवारी साधन अबरुद्ध नहुनेगरी काम गरिने छ ।

मुग्लिनबाट काठमाडौंतर्फ आउने मालबाहक सवारीका लागि छुट्टै क्लाइम्बिङ लेन बनाइने छ । विभागका महानिर्देशक अर्जुनजंग थापा ३० वर्षपछि यो सडकको स्तरोन्नति गर्न लागिएको बताउँछन् । ‘सन् १९७४ मा चीनले नागढुंगादेखि पोखरासम्म १८५ किलोमिटर सडक बनायो, त्यही अन्तर्गत यो सडक पनि पर्‍यो, पछि १९९३ मा सडक सुधारको काम भयो,’ महानिर्देशक थापाले भने, ‘त्यसपछि अहिले आएर स्तरोन्नतिको काम सुरु गरिएको हो ।’ सडक स्तरोन्नतिको काम सकिएपछि ५ वर्षसम्म जसले ठेक्का लिएको हो, उसैले मर्मत सम्भार गर्नुपर्ने छ । पहिरो जाने खतरा भएको ठाउँमा सडक चौडा गरिने छैन । यो सडक भएर दैनिक १० हजार बढी ठूला साना सवारी ओहोरदोहोर गर्छन् ।

‘असल नियतले गरेका काममा कानुनका काला अक्षर बाधक बन्नुहुन्न’
‘दलसम्बन्धी कानुन पनि नयाँ शिराबाट व्याख्या हुनुपर्छ’

काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा निर्वाचन कानुनमा नभएका विषयलाई पनि सुझाव र अभ्यासलाई आधार मानेर काम गरेको बताएका छन् । आयोगले कानुनी क्षेत्राधिकार नाघेको भन्दै आलोचना भएको विषयलाई उनले बुधबार अन्तिम मतपरिणाम घोषणा गर्नेक्रममा स्पष्ट पारेका हुन् ।

‘केही कुराहरु हामीले निर्वाचन कानुनमा नहुँदा हुँदै सुझाव र अभ्यासहरुलाई आधार मानेर गर्‍यौं। यसले गर्दा कहीँकतै आयोगले क्षेत्राधिकार नाघ्यो कि भन्ने देखियो तर समग्रमा नतिजा सकारात्मक भएकाले कहिलेकाहीँ असल मनशायले गरेका काममा कानुनका काला अक्षर बाधा बन्नुहुन्न स्वर्णिम व्याख्या जरुरी छ’ आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

उनले निर्वाचन कानुनमा संशोधन गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै अब बन्ने संसद्को पहिलो अधिवशेनमै पेश गर्ने गरी आयोगले काम गर्ने जानकारी दिए । ‘नयाँ कानुन तर्जुमा गर्ने चरणामा छौं । यो निर्वाचनमा देखिएका इस्यूसमेत सम्बोधन गरी संसद्को पहिलो अधिवेशनमै हुने गरी कानुन लैजान्छौं,’ उनले भने ।

उनले नेपालको संविधानले हाम्रो संविधानले दल दर्तापछि खारेज हुने कल्पना नगरेको तर कस्ता दल आवश्यक पर्ने भन्नेबारे भने बहस गर्नुपर्ने बेला भएको बताए । ‘देशभरमा ५ हजार मत पनि नल्याउने पार्टी कसरी कसरी ‘एक्जिस्ट’ गर्छ भन्ने हो, मलाई के लाग्दछ भने

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय