शुक्रबार , चैत्र १६, २०८०

प्रदेश-१ को प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

आइतवार प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी चैत २ गतेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका प्रदेश सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख ।

गएकाे फागुन १९ गते प्रकाशित सूचनाअनुसार चैत २ गते दिउँसो साढे १२ बजेका लागि बैठक बोलाएकोमा त्यस बैठकलाई विशेष कारण देखाउँदै प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे । मुख्यमन्त्री राईविरुद्ध गएकाे पुस १२ गते अविश्वास प्रस्ताव दर्ता भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय