बिहिबार , बैसाख १३, २०८१

Punya Gautam ले भने “प्रेम आचार्यले आत्मदाह गर्नुको कारण रबि लामिछाने” |

र यो पनि
काठमाडौ । रवि लामिछानेले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।”

सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म कुनै देशको नागरिक रहेन । मसँग कुनै जवाफ छैन,” उनले भने ।

रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नारावाजी गर्ने प्रदर्शनकारीहरु पक्राउ परेका छन् । शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले अदालतको फैसला गरे लगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरेपनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ । अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरिदिएको छ ।फैसला आएसँगै लामिछानेका समर्थकहरु आक्रोशित भएका थिए ।

उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नारावाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको आइतबार नै नागरिकताको प्रतिलिपि लिने भएका छन् ।सर्वोच्च अदालतले लामिछानेले प्रयोग गरेको नागरिकता बदर गरेपछि नयाँ प्रतिलिपि नागरिकता लिन लागेका हुन् ।

‘आइतबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट उहाँ (रवि लामिछाने)ले नागरिकताको प्रतिलिपि लिनुहुनेछ, हामी तयारीमै छौं’–लामिछानको स्वकिय सचिव प्रकाश सिग्देलले भने ।उनका अनुसार नागरिकताको प्रतिलिपि लिने बित्तिकै लामिछाने चितवन आउने छन् ।

उनी गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट निर्वाचित भएका थिए । लामिछानको सांसद पद खारेज भएसंगै यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । उपनिर्वाचनमा पनि लामिछाने नै चितवन २ बाट उम्मेदवार बन्ने बताइएको छ ।

यसैगरी निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन हुने जनाएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो ।

आयोगका एक पदाधिकारीले सर्वोच्चको फैसला आइसकेपछि आयोगले सरकारसँग परामर्श गरेर कानुनबमोजिम उपनिर्वाचन गर्ने बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै पनि कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पदका लागि उपनिर्वाचन हुने व्यवस्था छ । आयोगले ऐनको त्यही व्यवस्थाबमोजिम उपनिर्वाचन गर्ने जनाएको छ ।

‘अहिले अदालतको फैसला आएको छ, हामीलाई त्यसको औपचारिक जानकारी आइसकेको छैन, अदालतले गरेको निर्णय हामीले मान्ने हो,’ आयोगका ती अधिकारीले भने, ‘अदालतको निर्देशनबमोजिम हामी अघि बढ्छौँ ।’

चितवन–२ बाट निर्वाचित भएका लामिछाने उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका थिए । सर्वोच्च अदालतले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिइसकेको, तर स्वदेश फिर्ता भएपछि नागरिकता कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै हाल उनी नेपाली नागरिक नरहेको ठहर गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेर छोटो समयमै निर्वाचन लडेका लामिछानेले चितवन–२ मा नेपाली कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री उमेश श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।

यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकताका विषयमा परेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले सांसद पद खारेज गरेको छ । उक्त फैसला कार्यान्वयन गर्न रास्वपा बाध्य भएको रास्वपाका महामन्त्रीसमेत रहेका पार्टी प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई सांसद पदबाट मुक्त गरेको हो । अब के गर्ने भन्ने विषयमा प्रवक्ता ढकालले भने, ‘फैसलामा के-के कुरा लेखेको छ भन्ने अध्ययन गरिरहेका छौं ।

पहिला पार्टी सभापतिको रूपमा कायम रहेको वा नरहेको कुरा पनि स्पष्ट गर्नुपर्ने हुन्छ । आइतबार निर्वाचन आयोगसँग बुझेर यसको प्रक्रिया के छ भन्ने बुझ्नेबारे कुरा भइरहेको ।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रिया आइतबार नै अगाडि बढाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको ढकालले बताए । ‘अदालतले गरेको फैसलालाई पनि मान्नैपर्ने बाध्यात्मक परिस्थिति हो । कहाँ-कहाँ करेक्सन गर्नुपर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ,’ ढकालले भने ।

लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरेर पार्टी गठन, अचल सम्पत्तिको खरिद, सांसदको उम्मेदवारीदेखि मोबाइलको सीमकार्डसम्म निकालेका छन् । सरकार र पार्टीका विषयमा पनि छलफल भइरहेको ढकालले बताए ।

‘पार्टी उहाँकै नेतृत्वमा चल्ने हो । त्यसमा कुनै शंका छैन । यसको प्राविधिक कुरा कसरी सच्याउने भनेर हेरिरहेका छौं,’ ढकालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय