बिहिबार , चैत्र १५, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो नाम परिवर्तन गर्ने तयारी गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव पेश गरेका छन् ।

माओवादी केन्द्रमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा यसअघिदेखि नै छलफल हुँदै आएका छन् । छलफलका क्रममा यसअघि नेपाली कम्युनिष्ट पार्टी नाम राख्ने विषयमा प्रस्ताव अघि सारिएको छ । त्यस्तै, नेकपा (समाजवादी) नामका विषयमा पनि छलफल भएका छन् ।

माओवादी केन्द्रका कतिपय केन्द्रीय सदस्यहरुले भने माओवादी नाम हटाएर जान नहुने तर्क गर्दै आएका छन् ।

त्यसैगरी, माओवादी केन्द्रको बैठकमा अन्य छ एजेण्डा पेस भएका छन् ।

एजेण्डाहरुमा सहिदहरुप्रति श्रद्धाञ्जली, वर्तमान राजनीतिक अवस्थाबारे केन्द्र र प्रदेशको रिपोर्ट पेश, रिपोर्टहरुमाथि छलफल र सुझाव लिने, राष्ट्रिय कार्यकर्ता भेला र विधि एजेण्डा छन् ।

विविध एजेण्डामा भने पार्टीको नाम परिवर्तन र कम्युनिस्ट पार्टीहरुबीचको एकताबारे छलफल रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय