शनिबार , बैसाख ८, २०८१

काठमाडौं ।

पछिल्लो समय नेकपा एमाले भित्र देखिएको तिक्तता दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

सर्बोच्च अदालतको फैसला संगै २ भागमा बाँडिएका नेताहरु बिच पार्टी फुटाएर अलग अलग हुने स्थीतीमा पुगिसकेको बेला नेकपा एमालेका नेता बामदेव गौतम भने पार्टीको एकता अभियानमा जुटेका छन ।

गौतम ‘नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियान’ कै नाममा एमालेलाई एकता गर्ने अभियानमा जुटेका हुन ।

सर्वोच्च अदालतले नेकपा एमाले व्यूँताएपछि एमालेमै फर्किएको बताएका नेता गौतम शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा नेताहरूको जिम्मेवारी हेरफेर गरेपछि असन्तुष्ट बनेका छन् ।

गौतमले शनिबार ‘राष्ट्रिय एकता अभियान’ को आकस्मिक बैठक डाकेर एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी रुपमा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेका छन ।

अभियानका तर्फबाट सचिव बाबुराम थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दछौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय