मंगलबार , चैत्र ६, २०८०

काठमाण्डौ

माओवादी केन्द्रले माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाहीको तयारी गरेको छ ।

हिजो बसेको केन्द्रको स्थायी कमिटी बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो ।

केन्द्रले निर्देशन दिए पनि गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालगायत मन्त्रीहरु फिर्ता हुनुभएको छैन ।

बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेर अहिलेसम्म फिर्ता नभएकाहरुलाई कारबाही गर्ने तयारी भएको केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

तर माओवादीले फिर्ताका लागि निर्देशन दिएका मन्त्री र केही सांसदहरुलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाइसक्नुभएको छ ।

माओवादी नफर्कने निर्णय गरेकाहरुलाई केही महत्त्वपूर्ण जिम्मेवारीसमेत दिइएको छ । माओवादी केन्द्रले कारबाहीको तयारी गरे पनि उनीहरु फिर्ता नहुने मनस्थितिमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय