मंगलबार , चैत्र ७, २०७९

प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ठेगान लगाउने सोच नराख्न पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई चेतावनी दिएका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए ।

उनले अघि भने, ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’

एमालेको महिला संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पार्टीमा काम गर्नका लागि फर्किन नेपाल पक्षलाई भनेका छन् । उनले आगामी केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पनि भनेका छन् ।

‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं । केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं भनेको । खुट्टी देखेरै पत्याइयो । काम गर्न, पार्टी बनाउन आउनुस् । केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ,’ ओलीले भने ।

‘नेकपा’ नामको मुद्दामा सर्वोच्च अदालतले फागुन २३ गते फैसला सुनाउँदै एमाले र माओवादी ब्यूँत्याएको थियो । त्यसपछि ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपाको विवादमा नयाँ मोड आएको थियो ।

उक्त फैसलाले दाहालतिर लागेका माधवकुमार नेपालहरू एमालेमै फर्किनुपर्ने बाध्यता आइलागेको थियो । उक्त फैसलापछि नेपाल पक्षले एमालेमै फर्किने र ओली प्रवृत्तिविरुद्ध लड्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय