बुधबार , बैसाख १२, २०८१

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारमा जान हत्तार नगर्ने बताएका छन् । कांग्रेस महिला बिभागले आयोजना गरेको महिला भेलामा सभापति देउवाले जनताले प्रतिपक्षीमा बस्ने म्याण्डेड दिएकाले सरकारमा जान हतार नगर्ने स्पष्ट पारेका हुन् । देउवाले अहिले लोकतन्त्रलाई बचाउनका लागि अन्य दलहरुसंग छलफल भइरहेको पनि जानकारी दिएका छन् ।

उनले संसदमा कांग्रेसको संख्या कम भएकै कारण आफुहरुको एजेण्डा स्थापीत हुन नसकेको बताएका छन् । देउवाले स्थायी प्रजातन्त्र स्थापीत गर्नका लागि सवै दलहरु एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

देउवाले नेपालको परिवर्तनमा महिलाहरुको सहभागीता निकै महत्वपूर्ण रहेको भन्दै कांग्रेसले महिलाका अधिकारको मुद्धाका लागि सदैव लड्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा कांग्रेसका अन्य नेताहरुले मुलुकमा लोकतन्त्र जोगाउन र मुलुकलाई निकास दिन कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बेला आएको धारणा राखेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले पनि आफुलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको स्पष्ट पारेका छन् । प्रकाश बिकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक बिमोचन गर्दै दाहालले आफुलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको र अहिलेको लडाई आफु प्रधानमन्त्री बन्न नभएको स्पष्ट पारेका हुन् । सवैको हक अधिकार स्थापीत गर्न र राष्ट्रिय एकता कायम गर्नकै लागि अहिलेको लडाई भएको जिकिर गरे ।

उनले यसअघि पनि पटक पटक आफुलाई राक्षस प्रवृतिको भन्दै चित्रण गर्न खोजेको भन्दै प्रत्यक्ष देखेपछि मात्र जनताले माया गर्न थालेको बताए । आफुलाई पटक पटक मार्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउदै दाहालले अवको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको बताएका छन् ।

त्यस्तै दाहालले जनताको बिचार सहि भए सहि नेता चुनिने र बिचार गलत भए गलत नेता नै चयन हुने भएकाले यसप्रति गम्भीर हुनुपर्ने धारणा राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय