शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ ।

शनिबार पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको एक नेताल जानकारी दिए ।

बैठकमा सहभागी एक माओवादी नेताले भने, ‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’,

तर जसपा नेताहरूले यो विषयमा कुनै प्रतिबद्धता भने नजाएको ती भनाई छ । बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादीसँग सकारात्मक कुरा भएको तर निष्कर्षमा पुग्न नसकेको बताएका थिए । उनले माओवादीसँग पुनः छलफल हुने जानकारी दिए ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, जसपा अध्यक्षत्रय ठाकुर, उपेन्द्र यादव, डा। बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो लगायतका नेताहरू उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय