काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लडाइँ प्रधानमन्त्री पदको लागि नभएको स्पष्ट पारेका छन् ।

राजधानीमा शनिबार प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’नामक पुस्ताक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले, ‘मेरो लडाइँ प्रधानमन्त्रीको होइन, मैले उत्पडित जाति क्षेत्र, लिंग, समुदाय सबैको हक अधिकारका लागि लडेको लडाई हो । नयाँ राष्ट्रिय एकता कायम गर्नका निम्ती लडिएको हो।’

अध्यक्ष प्रचण्डले नयाँ राष्ट्रिय एकता कायम गर्नका निम्ती आफू लडेको बताउँदै भने, ‘मेरो जस्तो चित्र बनाउन खोजिएको छ ।

‘एउटा समुदायले एउटा वर्गले एउटा तप्काले यथास्थितिवादी परम्परावादी लामो समय राज्य सञ्चालनको जिम्मा लिएका मान्छेहरुलाई प्रचण्ड त्यति नाम पनि मन पर्दैन कामपनि मन पर्दैन । त्यसैले कही न कही टिप्पणी गरि नै राखेका हुन्छन्’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय